News Portal

महाप्रसाद वितरण गर्दै मनाइयो मारवाडी युवा दिवस

२७६ पटक

रंगेली (मोरङ)- मारवाडी युवा दिवसको अवसरमा रंगेली–७ स्थित मुख्य बजारमा रहेको श्री काली मन्दिरमा शनिबार महाप्रसाद वितरण कार्यक्रम सम्पन्न गरिएको छ।

पछिल्लो १० वर्षदेखि प्रत्येक शनिबार विभिन्न भक्तजनहरूको सहयोगमा काली मन्दिरमा महाप्रसाद भोग लगाउने परम्परा रहँदै आएको छ। सोही परम्परालाई निरन्तरता दिँदै मारवाडी युवा दिवसका अवसरमा विशेष रूपमा महाप्रसाद वितरण गरिएको हो।

“युवा शक्ति, राष्ट्र शक्ति” भन्ने मूल नाराका साथ नेपाल राष्ट्रिय मारवाडी युवा संगठनले तीन दिने कार्यक्रममार्फत मारवाडी युवा दिवस भव्य रूपमा मनाइरहेको छ। कार्यक्रमअन्तर्गत रंगेलीस्थित गौशालामा वृक्षारोपणसमेत गरिएको संगठनका पूर्व केन्द्रीय महासचिव मनोज अग्रवालले जानकारी दिए।

कार्यक्रममा संगठनका महासचिव अखिलेश बगडिया, मारवाडी युवा मञ्च रंगेलीका अध्यक्ष पुष्पराज अग्रवाल, प्रकाश चिरानिया, राजेश गोल्यान, अमित राजगढिया, प्रकाश मरौँठी, संजय महेश्वरीलगायतको उल्लेखनीय उपस्थिति रहेको थियो।

सामाजिक, धार्मिक तथा वातावरणीय चेतना अभिवृद्धि गर्ने उद्देश्यले आयोजना गरिएको उक्त कार्यक्रमले समुदायमा सकारात्मक सन्देश प्रवाह गरेको सहभागीहरूले बताएका छन्।

 

प्रतिकृया दिनुहोस्

आजको राशिफल: नयाँ अवसर, सकारात्मक ऊर्जा र सावधानीको सन्तुलन

काठमाडौँ। आज २०८३ साल जेठ ८ गते शुक्रबार। जेठ शुक्ल पक्षको षष्ठी तिथि। तदनुसार सन्...

संसदमा प्रधानमन्त्रीको अनुपस्थितिले बढ्यो राजनीतिक तनाव

काठमाडौं । प्रतिनिधिसभामा प्रधानमन्त्रीसँग हुने प्रश्नोत्तर कार्यक्रमलाई लिएर राजनीतिक विवाद चर्किएको छ। सभामुख डीपी अर्यालले...

कुवेतमा श्रमिकमाथि अन्याय बढ्दो, दलाल र तस्करमाथि कारबाहीको माग

कुवेत – लगायत खाडी मुलुकमा कार्यरत नेपाली श्रमिकमाथि हुने अन्याय, शोषण र धम्कीका घटनाप्रति गम्भीर...

खेतभरि मकै, किसानको अनुहारमा चिन्ता

रबिन्द्र बराल- मोरङका सीमावर्ती क्षेत्रका किसानहरू पछिल्लो समय मकै खेतीतर्फ आकर्षित हुन थालेका छन्। रङ्गेली,...

राजनीतिक असन्तुलन, सत्ता मोह र बदलिँदो चरित्रप्रति जनस्तरमा बढ्दो असन्तुष्टि

काठमाडौं– पछिल्लो राजनीतिक घटनाक्रमसँगै सत्ता, शक्ति र नेतृत्वको चरित्रमाथि जनस्तरमा तीव्र प्रश्न उठ्न थालेका छन्।...