News Portal

समानुपातिक सूचिमा हेरफेर? विपिन आचार्य विवादमा

२६७ पटक

काठमाडौँ – समानुपातिक उम्मेदवार छनोट प्रक्रियामा भएको ठूलो ‘ब्लन्डर’ पछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भित्र तीव्र असन्तोष र बबन्डर मच्चिएको छ। प्राइमरी इलेक्सनमा लोकप्रिय मत ल्याएका उम्मेदवारलाई पन्छाउँदै प्रभावशाली नेताहरूले सूची कब्जा गरेको आरोप सार्वजनिक भएपछि पार्टीभित्र नेतृत्वको निष्ठामाथि नै प्रश्न उठ्न थालेको छ।

सहमहामन्त्री विपिन आचार्य र नेतृ प्रतिभा रावलले लोकप्रियताको नाममा जालझेल गरी आफूहरूलाई पहिलो नम्बरमा उभ्याएको आरोप लाग्दै आएको छ। आचार्यमाथि प्राइमरी परिणाम विपरीत समानुपातिक सूची परिवर्तन गराएर आफूलाई शीर्ष स्थानमा राखेको अभियोग समेत छ।

प्राइमरी इलेक्सनमा खस–आर्य समुदायतर्फ सबैभन्दा धेरै मत पाएका रमेश प्रसाईँलाई समानुपातिक सूचीको पाँचौँ नम्बरमा झारिएको छ, जबकि तेस्रो धेरै मत पाएका विपिन आचार्य भने पहिलो नम्बरमा उभिएका छन्। त्यसैगरी, महिला तर्फ सबैभन्दा धेरै मत प्राप्त रञ्जु दरशनालाई दशौँ नम्बरमा राखेर छैटौँ स्थानकी प्रतिभा रावललाई पहिलो नम्बरमा पुर्‍याइएको छ।

यसरी लोकप्रिय मत पाएका उम्मेदवार पछाडि धकेलिँदा प्रसाईँ र दर्शनाको समानुपातिक सांसद बन्ने सम्भावना न्यून भएको उनीहरूको दाबी छ।

आचार्य र रावल सभापति रवि लामिछानेका निकट नेता मानिँदै आएका छन्। लामिछानेले आचार्यलाई उम्मेदवार छनोट समितिको संयोजक बनाएका थिए तर अन्तिम चरणमा आचार्य स्वयं पदबाट राजीनामा दिएर उम्मेदवार बने। तर राजीनामापछि आफूलाई नै पहिलो नम्बर राखेर सुरक्षित स्थान सुनिश्चित गरेको भन्दै उनको कडा आलोचना भइरहेको छ।

विपिनले ‘म्याच फिक्सिङ’ गरेको भन्दै रास्वपाभित्र कारबाहीको माग बढ्दो छ। शीर्ष नेताहरूले आचार्यको नियत खराब देखिएको निष्कर्ष निकाल्दै सभापति लामिछानेले उनलाई अत्यधिक विश्वास गर्नु ठूलो गल्ती भएको टिप्पणी गरिरहेका छन्।

रास्वपाभित्रको यो विवादले पार्टीको आन्तरिक लोकतन्त्र, पारदर्शिता र नेतृत्व क्षमतामाथि गम्भीर प्रश्न उठाएको विश्लेषकहरूको मत छ।

 

प्रतिकृया दिनुहोस्

आज २०८३ साल वैशाख १२ गतेको राशिफल

आज वैशाख १२, २०८३ ( अप्रिल २४, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

कांग्रेस संसदीय दलको नेता चयन रोकियो, सहमतिका लागि थप प्रयास जारी

वैशाख ११, काठमाडौं – नेपाली कांग्रेसले संसदीय दलको नेता चयन प्रक्रिया तत्कालका लागि स्थगित गरेको...

सुकुमवासी बस्ती हटाउने निर्णयविरुद्ध थापाथलीमा प्रदर्शन

काठमाडौं, ११ वैशाख – सरकारले सुकुमवासी बस्ती हटाउने निर्णय गरेपछि थापाथली क्षेत्रमा स्थानीय बासिन्दा र...

आज २०८३ साल वैशाख ११ गतेको राशिफल

आज वैशाख ११, २०८३ ( अप्रिल २३, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

गौतमबुद्ध विमानस्थलमा ४६ लाखको व्यापार, पोखरा विमानस्थल अझै शून्य

काठमाडौं, १० वैशाख – नेपालमा निर्माण भएका दुई नयाँ अन्तर्राष्ट्रिय विमानस्थलबाट अपेक्षाअनुसार वैदेशिक व्यापार हुन...