News Portal

  • ए डिभिजन लिगः आर्मी र मनाङको प्रतिष्ठाको लडाइँ

    हिमाली संचार संवाददाता
    ६३९ पटक

    काठमाडौं : शहिद स्मारक ए डिभिजन लिग फुटबलमा आज लिग लिडर मनाङ मर्स्याङ्दी क्लब र विभागीय त्रिभुवन आर्मी क्लबबीच प्रतिस्पर्धा गर्दैछ ।

    ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको खेल मैदानमा आज दिउँसो २ बजेर ३० मिनेटमा खेल सुरु हुनेछ । यो खेलले पनि दुबै टिमको उपाधि होडको भविष्य निर्धारण गर्ने छ ।

    विशेषगरी लिगको चौथो स्थानमा रहेको आर्मीलाई मनाङविरुद्धको खेल जित्नै पर्ने दबाब रहेको छ । हुन त अहिलेसम्म दुबै टिम अपराजित टिम हो । लिग लिडर मनाङले सात खेलबाट शतप्रतिशत जित हात पार्दै २१ अंक बनाएको छ । आर्मीले भने सात खेलबाट पाँच खेलमा जित र दुई खेलमा बराबरी खेल्दै १७ अंक बनाएको छ ।

    आर्मी मनाङभन्दा चार अंकले मात्रै पछि रहेको छ । त्यस्तै, आजै ११ बजे हुने पहिलो खेलमा विभागीय टिम नेपाल पुलिस क्लबले फ्रेन्ड्स क्लबसँग प्रतिस्पर्धा गर्ने छ । आफ्नो उपाधि होडलाई कायमै राख्नका लागि पनि पुलिसलाई जित्नै पर्ने दबाब छ । पुलिसको सात खेलबाट ११ अंक रहेको छ भने फ्रेन्ड्सको समान खेलबाट पाँच अंक रहेको छ ।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    जेनजी आन्दोलनका घाइते र प्रधानमन्त्रीबीच बैठक निष्कर्षविहीन

    काठमाडौं, कार्तिक ५ – जेनजी आन्दोलनमा घाइते भएका युवा र प्रधानमन्त्रीबीच हिजो बालुवाटारमा भएको बैठकले...

    तोकिएकै समयमा निर्वाचन हुनुपर्छ : प्रचण्ड

    जनकपुरधाम, कात्तिक ५ – नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले तोकिएको मितिमै आगामी...

    आज २०८२ साल कार्तिक ५ गतेको राशिफल

    आज कार्तिक ५, २०८२ (अक्टोबर २२, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...

    ओली कानुनभन्दा माथि छैनन्, अस्वीकार गरे कानुनले ठाउँमा ल्याउँछ : गृहमन्त्री अर्याल

    काठमाडौं, कार्तिक ४ – गृहमन्त्री ओमप्रकाश अर्यालले नेकपा (एमाले) अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई...

    भ्रष्टाचारीमाथि कारबाही नभए अर्को आन्दोलन गर्ने ‘जेनजी’को चेतावनी

    काठमाडौं, कार्तिक ४ – ‘जेनजी’ आन्दोलनका कार्यकर्ताले भ्रष्टाचारीमाथि कडा कारबाही नभए फेरि सडक आन्दोलन गर्ने...