News Portal

यूपीएफलाई नेपालमा प्रतिबन्ध लगाउन कांग्रेसका नेता गगन थापाको माग

हिमाली संचार संवाददाता
५४१ पटक

काठमाडौं : नेपाली कांग्रेसका नेता गगन थापाले युनिभर्सल पिस फेडरेसन (यूपीएफ) ले नेपालबारेको भ्रमात्मक भिडियो प्रचारमा ल्याएको भन्दै आक्रोस पोखेका छन् ।  साथै उनले फेडरेसनलाई नेपालमा प्रतिबन्ध लगाउन समेत माग गरेका छन् ।

फेडेरशनले हालै सार्वजनिक गरेको एक भिडियोमा नोभम्बर २२ ,२००५ मा नेपालमा यूपीएफ उद्घाटन भ्रमण भएको र उक्त दिनलाई नेपालको संसदले राष्ट्रिय शान्ति दिवस घोषणा गरेको उल्लेख छ ।

तर, थापाले संसद् नै नभएको ०६२ मंसिर ७ गते कसरी संसदले शान्ति दिवस घोषणा गर्‍यो भन्दै आक्रोस पोखेका छन् ।  बरु उक्त दिन दिन ऐतिहासिक शान्ति सम्झौता भएको स्मरण थापाले गराएका छन् ।  शान्ति सम्झौता भए पनि शान्ति दिवस भनेर संसदले घोषणा नगरेको भन्दै उनले भिडियोले नेपाल र नेपालीको अपमान गरेको बताएका छन् ।

‘युनिभर्सल पिस फेडरेशन उद्घाटन टूर कहिले, कसले गर्यो, त्यो विषयमा हाम्रो कुनै चासो छैन’, थापाले सामाजिक सञ्जालमा लेखेका छन्, ‘नेपालमा नोबेम्बर २२, २००५ अर्थात वि.सं २०६२ मंसिर ७ गते संसद् नै थिएन । बरु त्यो दिन ऐतिहासिक १२ बुँदे समझदारी भएको थियो । यूपीएफको प्रचार आफैंमा झूटो, कपोलकल्पित र बदनियतपूर्ण छ ।’

एकनाथ ढकालले ‘जिससकी एकमात्र छोरी’ घोषणा गरेकी हक जा हन मुन लाई’ सबैले जिससकी छोरीको रुपमा स्वीकार गरेको दाबीप्रति समेत थापाले आपत्ति जनाउँदै यसले नेपाली जनताको अपमान गरेको बताएका छन् ।

मौलिकता र संस्कृतिमा हस्तक्षेप गर्दै यूनिभर्सल पिस फेडरेसन संविधानविपरीतका गतिविधिमा संलग्न भएकाले  अबिलम्ब यसलाई नेपालमा प्रतिबन्ध लगाउन थापाले माग गरेका छन् ।  अन्य धार्मिक संस्थाहरुले पनि फेडरेसनको सिको गरेर गतिविधि सञ्चालन गर्न सक्ने भएकाले त्यसप्रति अंकुश लगाउनुपर्ने थापाको भनाइ छ ।

प्रतिकृया दिनुहोस्

नुवाकोटमा ‘न्यु इयर ब्लास्ट’ रिङ रेस्लिङ प्रतियोगिता वैशाख १ गते हुने

विदुर – नुवाकोटमा नयाँ वर्ष २०८३ को अवसर पारेर ‘न्यु इयर ब्लास्ट’ रिङ रेस्लिङ प्रतियोगिता...

आज २०८२ साल चैत २८ गतेको राशिफल

आज चैत २८, २०८२ ( अप्रिल ११, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

बिदाइमा भीड घटाउन विमानस्थलको अपिल: एक यात्रुका लागि तीन जना मात्रै

काठमाडौं, चैत २७ — त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले यात्रु बिदाइका क्रममा हुने भीड नियन्त्रण गर्न फेरि...

गोरखा–जितगढी एकीकरण पदयात्रा सुरु, आठ दिनमा २०७ किमि दूरी तय गर्ने लक्ष्य

गोरखा, चैत २७ — ऐतिहासिक गोरखा–जितगढी एकीकरण पदमार्गमा नेपाली सेनाले चौथो संस्करणको पदयात्रा सुरु गरेको छ।...

आज २०८२ साल चैत २७ गतेको राशिफल

आज चैत २७, २०८२ ( अप्रिल १०, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...