News Portal

खर्च नियन्त्रण र विकासमा जोड, सेवा प्रवाह सुधार महानगरको लक्ष्यः बालेन शाह

२३० पटक

काठमाडौं, मंसिर २९ – काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले कार्यालय सञ्चालन खर्च घटाउँदै पुँजीगत लगानी बढाउने र नागरिक सेवा प्रभावकारी बनाउने नीति अघि बढाइएको बताएका छन्। महानगरपालिकाको ३१औँ स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा उनले कर संकलनको दायरा विस्तार गरी उठेको राजस्व नागरिककै साझा हितमा प्रयोग भइरहेको स्पष्ट पारे।

प्रमुख शाहका अनुसार धुलोरहित सडक कार्यक्रमअन्तर्गत ५५ किलोमिटर सडक सुधार गरिएको छ। ६२ चोकमा हाईमास्ट लाइट जडान गरिएको छ भने पाँच हजारभन्दा बढी पोलमा १३ हजारभन्दा धेरै बत्ती जडान गरी सहरी सौन्दर्य र रात्रीकालीन उज्यालो बढाइएको छ। गत आर्थिक वर्षमा दुई अर्ब ८६ करोड रुपैयाँ बराबरका पूर्वाधार योजना सम्पन्न भएका छन्।

सम्पदा संरक्षणतर्फ करिब ९१ करोड रुपैयाँ खर्च गरी २७६ मूर्त र १२५ अमूर्त सम्पदासम्बन्धी कार्यक्रम सञ्चालन गरिएको उनले जानकारी दिए। सार्वजनिक जग्गा संरक्षण अभियानअन्तर्गत हालसम्म २३ अर्ब रुपैयाँ मूल्य बराबरको २०८ रोपनी जग्गा फिर्ता गरिएको र आगामी दिनमा करिब दुई खर्ब रुपैयाँ मूल्य बराबरको १ हजार ८५९ रोपनी जग्गा अतिक्रमणमुक्त गर्ने लक्ष्य लिइएको छ।

स्थानीय स्रोत, साधन र सीपको उपयोग गर्दै रैथाने सीपलाई आम्दानीसँग जोड्न ‘एक वडा–एक कार्यक्रम’ सञ्चालन भइरहेको प्रमुख शाहले बताए। स्वास्थ्य, शिक्षा, रोजगारी प्रवर्द्धन, वातावरण सुधार र पूर्वाधार विकासलाई महानगरले प्राथमिकतामा राखेको उनले उल्लेख गरे।

स्वास्थ्यतर्फ एक हजारभन्दा बढी विपन्न नागरिकलाई उपचारका लागि सिफारिस गरिएको, २१० जनालाई निःशुल्क उपचार उपलब्ध गराइएको र ३२ वडामा स्वास्थ्य प्रवर्द्धन केन्द्रसहित ३५ स्वास्थ्य संस्था सञ्चालनमा ल्याइएको जानकारी दिइयो। विद्युतीय शासनअन्तर्गत इ–सिफारिस र इ–कार्यालय प्रणाली कार्यान्वयनमा ल्याइएको छ भने आगलागी र जोखिमयुक्त रुख व्यवस्थापनका काम पनि तीव्र पारिएको महानगरले जनाएको छ।

सहरी योजना आयोगमार्फत १६४ योजनाको डीपीआर तयार गरिएको र बोलपत्र प्रक्रियाबाट एक अर्ब २३ करोड रुपैयाँ बचत भएको उल्लेख गर्दै प्रमुख शाहले छोटो, मध्यम र दीर्घकालीन योजनाको प्रभावकारी कार्यान्वयनबाट काठमाडौँलाई बस्न गर्व लाग्ने सहर बनाइने प्रतिबद्धता व्यक्त गरे। उनले यसका लागि संघ, प्रदेश, विकास साझेदार, निजी क्षेत्र र नागरिक समाजसँग सहकार्य आवश्यक रहेको बताए।

प्रतिकृया दिनुहोस्

पासवान परिवारलाई राहत सहयोग

चैत्र १५, मोरङ — मोरङको सुनबर्सी नगरपालिका–६ पटियापाडा स्थित पासवान टोलमा बसोबास गर्दै आइरहेका फुलुवा...

आज २०८२ साल चैत १५ गतेको राशिफल

आज चैत १५, २०८२ ( मार्च २९, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

तत्कालीन प्रधानमन्त्री र गृहमन्त्री मात्र होइन, सुरक्षा निकायलाई पनि पक्राउ गर्न माग

काठमाडौं — जेन्जी आन्दोलनका क्रममा भएको दमनप्रति लक्षित गर्दै जेनजी मुभमेन्ट नेपालले तत्कालीन प्रधानमन्त्री र...

६ परिवार आर्सेनिकयुक्त पानी पिउन बाध्य

 रबिन्द्र बराल मोरङ — मोरङको रङ्गेली नगरपालिका–७ शुक्रबारेस्थित जर्बी टोल जाने सडक छेउमा बसोबास गर्ने...

आज २०८२ साल चैत १४ गतेको राशिफल

आज चैत १४, २०८२ ( मार्च २८, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...