News Portal

प्रिटोरियामा छात्रावासमा गोलीकाण्ड: तीन वर्षीय बालकसहित ११ जनाको मृत्यु

१८० पटक

काठमाडौं -दक्षिण अफ्रिकाको राजधानी प्रिटोरियास्थित एक छात्रावासमा शनिबार बिहान बन्दुकधारीहरूले अन्धाधुन्ध गोली चलाउँदा तीन वर्षीय बालकसहित ११ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ।

प्रहरी प्रवक्ता एथ्लेन्डा माथेका अनुसार आक्रमणमा २५ जनालाई गोली लागेका छन्, जसमा १४ जनालाई गम्भीर अवस्थामा अस्पताल भर्ना गरिएको छ।

प्रिटोरियाबाट करिब १८ किलोमिटर पश्चिममा पर्ने साउल्सभिल टाउनसिपको छात्रावासमा बिहान ४ः३० बजे तीन जना बन्दुकधारी प्रवेश गरी पुरुषहरूको समूह लक्षित गर्दै अन्धाधुन्ध गोली हानेको बताइएको छ। घटनास्थलमै १० जनाको मृत्यु भएको र एक जनाको उपचारका क्रममा अस्पतालमा मृत्यु भएको प्रहरीको भनाइ छ।

गोलीकाण्डको उद्देश्य पत्ता नलागेको र घटनासम्बन्धी अहिलेसम्म कसैलाई पनि पक्राउ नगरिएको प्रहरी प्रवक्ता माथेले जानकारी दिएका छन्।

दक्षिण अफ्रिका पछिल्ला वर्षहरूमा सङ्गठित अपराध, भ्रष्टाचार र अवैध हतियारको दुरुपयोगसँग जुझिरहेको छ। मुलुकमा व्यक्तिगत सुरक्षाका लागि इजाजतपत्र प्राप्त हतियार राख्नेको संख्या उल्लेख्य भए पनि अवैध बन्दुकहरूको उच्च प्रचलनले अपराधदर थप बढाएको अधिकारीहरूको भनाइ छ।

प्रहरीका अनुसार गत अप्रिलदेखि सेप्टेम्बरसम्मको अवधिमा आक्रमण तथा हिंसात्मक घटनाका कारण दैनिक सरासर ६३ जनाको ज्यान जाने गरेको थियो।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल माघ १० गतेको राशिफल

आज माघ १०, २०८२ (जनवरी २४, २०२६) को राशिफल यस प्रकार रहेको छ मेष (चु,...

ओलीले झापामा नेताहरुलाई मतदातासँग सिधा सम्पर्क बढाउन निर्देशन दिए

झापा, ९ माघ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले झापाका नेताहरुलाई प्रत्यक्ष रुपमा मतदातासँग...

धादिङ–२ बाट आशिका तामाङले उम्मेदवारी फिर्ता लिने

काठमाडौं, ९ माघ – रास्वपा पार्टीबाट धादिङ–२ मा उम्मेदवार बनेकी आशिका तामाङले आफ्नो उम्मेदवारी फिर्ता...

बाबुराम भट्टराईले गोरखा–२ बाट उम्मेदवारी फिर्ता लिए, साझा भूमिकाबाट सहयोग गर्ने घोषणा

गोरखा/काठमाडौं, ९ माघ – पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले गोरखा क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा निर्वाचनका...

आज २०८२ साल माघ ९ गतेको राशिफल

आज माघ ९, २०८२ (जनवरी २३, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...