News Portal

नेता रिहाइको माग गर्दै तीन विद्यार्थी संगठनले दिए अान्दोलनको चेतावनी (बिज्ञप्तीसहित)

हिमाली संचार संवाददाता
४७८ पटक

काठमाडौं : मध्यपश्चिमाञ्चल विश्वविद्यालयको आन्दोलनका क्रममा बिभिन्न ठाउँबाट पक्राउ परेका विद्यार्थी नेताहरुलाई रिहा गर्न विद्यार्थी संगठनहरुले माग गरेका छन् ।

सत्तारुढ अनेरास्ववियुका कार्यबहाक अध्यक्ष रश्मि आचार्य, अनेरास्ववियु -क्रान्तिकारी अध्यक्ष रञ्जित तामाङ र कांग्रेस निकट नेपाल विद्यार्थी संघका अध्यक्ष नैनसिंह महरले संयुक्त विज्ञप्ति निकाली विद्यार्थीहरुलाई रिहा नगरे कडा आन्दोलन गर्ने चेतावनी दिएका हुन् ।

मप विश्वविद्यालयका रजिष्ट्रार महेन्द्र मल्ललाई निलम्बन गरी नयाँ रजिष्ट्रार नियुक्त गरेपछि विद्यार्थीहरु आन्दोलित भएका छन् । ऐन, कानून मिचेर रजिष्ट्रार निलम्बन गरिएको भन्दै उनीहरु उपकुलपति उपेन्द्र कोइरालाविरुद्ध आन्दोलनमा उत्रिएका हुन् ।

आन्दोलनलाई सहयोग गरेको भन्दै प्रहरीले सोमबार नेविसंघका केन्द्रीय सदस्य विवेक आचार्यलाई नेपालगञ्जबाट, अखिल -क्रान्तिकारी)का केन्द्रीय सदस्य देवीचन्द्र उपाध्यायलाई काठमाडौंबाट र अनेरास्ववियुका नेता तथा मप विश्वविद्यालयका सचिव भरत शाहीलाई सुर्खेतबाट पक्राउ गरेको थियो ।

मंगलबार पनि मप विश्वविद्यालयका स्ववियु सभापति झकबहादुर शाही, कोषाध्यक्ष सुशील भट्टराई र नेविसंघ नेता मोहन राना पक्राउ परेका छन् ।

प्रतिकृया दिनुहोस्

ओलीले भने, ‘देशभक्तिका काम गर्न नदिने हो’

काठमाडौं, फागुन ४ — नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले झापा–५ मा आयोजित चुनावी घरदैलोमा...

झापामा चुनावी संवाद: बालेन र शिक्षकबीच रोचक बहस

झापा, माघ ४ — प्रतिनिधि सभा निर्वाचनको माहोल तातिँदै जाँदा झापा–५ मा एक चुनावी कार्यक्रममा...

प्रहरी कार्यालयबाट लुटिएको पेस्तोलसहित दुई जना पक्राउ

झापा, फागुन ४ — बिर्तामोडस्थित इलाका प्रहरी कार्यालयबाट लुटिएको हतियार प्रकरणमा दुई जनालाई प्रहरीले पक्राउ...

गंगाजमुना–५ मा रमेश धमलाको घरदैलो अभियान, पञ्चेबाजासहित भव्य स्वागत

धादिङ – प्रतिनिधि सभा सदस्य निर्वाचन धादिङ क्षेत्र नं. २ का नेपाली कांग्रेस उम्मेदवार रमेश...

आज २०८२ साल फागुन ४ गतेको राशिफल

आज फागुन ४, २०८२ ( फेब्रुअरी १६, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...