News Portal

संघीय मन्त्री ठूलो कि मुख्यमन्त्री ? अब मर्यादाक्रम हेरेफेर

हिमाली संचार संवाददाता
५४४ पटक

काठमाडौं : संघ, प्रदेश र स्थानीय सरकारका पदाधिकारीहरुको मर्यादाक्रम समायोजन गरिने भएको छ । प्रदेश र स्थानीय तहका पदाधिकारीलाई अपमानित हुने गरी मर्यादाक्रम राखिएको गुनासो आएपछि यसको समायोजन हुन लागेको हो ।

सोमबार सम्पन्न अन्तरप्रदेश परिषदको बैठकमा पनि मर्यादाक्रमको विषयमा छलफल भएको बैठकका एक सहभागीले बताए ।

प्रदेश र स्थानीय तहका पदाधिकारीको आपत्तिपछि यसअघि नै मर्यादाक्रम समायोजन गर्ने प्रस्ताव मन्त्रिपरिषदमा पुगे पनि संघीय सरकारका मन्त्रीहरुको स्वार्थका कारण पारित हुन नसकेको आरोप लागेको थियो ।

गृहमन्त्रालय मार्फत अघि बढेको मर्यादाक्रम समायोजनको प्रस्ताव चाँडै पारित हुने आश्वासन प्रधानमन्त्रीले अन्तरप्रदेश बैठकमा दिएको स्रोतले जनाएको छ ।

मुख्यमन्त्री ठूलो कि संघीय मन्त्री ?

संघीय सरकारका मन्त्रीहरुले मुख्यमन्त्रीभन्दा आफ्नो बरियता माथि हुनुपर्ने भनेका छन् । तर, प्रधानमन्त्री ओली स्वयंले सबै प्रदेशसभाका बैठकमा सम्बोधन गर्ने क्रममै संघीय सरकारका मन्त्रीभन्दा मुख्यमन्त्रीको बरियता माथि राखेका थिए । अब सोही आधारमा मर्यादाक्रम निर्धारण हुन लागेको बताइएको छ ।

यसलाई मिलाउने क्रममा मुख्यमन्त्री र संघीय सरकारका मन्त्रीहरुको हैसियत बराबर हुने, तर प्रदेशमा जाँदा मुख्यमन्त्री माथि र केन्द्रमा संघीय सरकारका मन्त्री माथि रहने गरी मिलाउन लागिएको स्रोतले बतायो । भारतको समेत मोडल हेरेर यस्तो व्यवस्था गर्न लागिएको उच्च स्रोतको भनाइ छ ।

अहिले प्रदेश सरकारका मन्त्रीलाई संघीय संसदका सांसदहरुभन्दा पनि तल राखिएकाले अब प्रदेश सरकारका मन्त्रीको हैसियत प्रतिनिधिसभा र राष्ट्रियसभाका सदस्य सरह गरिने भएको प्रधानमन्त्री कार्यालय निकट स्रोतले अनलाइनखबरलाई बतायो ।
त्यस्तै प्रदेशसभाका सदस्यहरुको मर्यादाक्रम नेपाल सरकारका विशिष्ठ श्रेणीका कर्मचारीसरह वा सो भन्दा माथि कायम गरिने गृहकार्य थालिएको छ । त्यस्तै प्रदेशसभाका सभामुखलाई संघीय संसदका सांसद सरहको मर्यादाक्रममा राखिने भएको छ ।

एवं रीतले स्थानीय तहका जनप्रतिनिधिहरुको पनि मर्यादाक्रम हेरफेर गर्न लागिएको छ । गाउँपालिका अध्यक्षको मर्यादाक्रम नेपाल सरकारको उपसचिवभन्दा माथि राखेर समायोजन गर्न लागिएको स्रोतले जानकारी दिएको अनलाइनखबरमा समाचार छ।

प्रतिकृया दिनुहोस्

भवन मात्रै होइन, गुणस्तरीय शिक्षा चाहियो !

रबिन्द्र बराल– मोरङको रंगेली नगरपालिका–७ स्थित आदर्श माध्यमिक विद्यालय मा १२ कोठे आधुनिक विद्यालय भवन...

गङ्गाजमुना गाउँपालिकाको प्रथम महाधिवेशन सम्पन्न सचिव भिष्म राज नेपाल निर्विरोध

धादिङ । गङ्गाजमुना गाउँपालिकाको प्रथम महाधिवेशन केन्द्रीय प्रशिक्षण विभाग सदस्य डा. कृष्णमान शाक्यको गरिमामय उपस्थितिमा...

स्थानीय ज्ञान अब किताबमै : रङ्गेली नगरपालिकाको नयाँ शैक्षिक पहल

रबिन्द्र बराल-मोरङको नगरपालिकाले स्थानीय ज्ञान, संस्कृति, भाषा तथा ऐतिहासिक विषयवस्तुलाई समेटेर कक्षा १ देखि ८...

एमाले ललितपुर अध्यक्ष आचार्यमाथि प्रकाशित समाचारको खण्डन

काठमाडौ – मिति: २९ जुलाई २०२५ मा “एनजिओ पलाएका एमाले ललितपुरका अध्यक्ष आचार्य मानव तस्करीसँग...

वृक्षारोपण गरियो, संरक्षण बिर्सियो : समाचारपछि सरसफाई सुरु

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाले वृक्षारोपण गरिएका क्षेत्रमा सञ्चार माध्यममा आलोचनात्मक समाचार सार्वजनिक भएपछि सरसफाइ...