News Portal

६ घण्टादेखि एमाले सचिवालय बैठक गुण्डुमा जारी

१६५ पटक

काठमाडौं, असोज २६ – नेकपा (एमाले) को केन्द्रीय सचिवालय बैठक आइतबार बिहानदेखि भक्तपुरको गुण्डुस्थित अध्यक्ष केपी शर्मा ओलीको निवासमा निरन्तर जारी छ। बिहान साढे १२ बजे सुरु भएको बैठक साँझसम्म पनि रोकिएको छैन।

हिजोका लागि तय गरिएको बैठक ओलीको स्वास्थ्य समस्या (रुघाखोकी) का कारण स्थगित भएको थियो। त्यसपछि शुक्रबारदेखि सचिवालय बैठक नियमित रूपमा चलिरहेको छ, जसको उद्देश्य आगामी केन्द्रीय कमिटी बैठकका एजेन्डा तय गर्नु रहेको छ।

बैठकको पहिलो दिन ९ जना पदाधिकारीले आफ्नो धारणा राखेका थिए। तीमध्ये ६ जनाले अध्यक्ष ओलीलाई अब नेतृत्व नयाँ पुस्तालाई हस्तान्तरण गर्न सुझाव दिएका छन्।

आजको बैठकमा बाँकी पदाधिकारीहरू—उपमहासचिव पृथ्वीसुब्बा गुरुङ, विष्णु रिमाल, सचिवहरू योगेश भट्टराई, गोकर्ण विष्ट, छविलाल विश्वकर्मा, रघुवीर महासेठ, पद्मा अर्याल र लेखराज भट्ट—ले आ–आफ्नो विचार प्रस्तुत गर्दैछन्।

प्रतिकृया दिनुहोस्

पोखरामा १४ औं महोत्सव सुरु, छात्रावास निर्माण र सेती संरक्षण मुख्य लक्ष्य

पोखरा, पुष २९ – युनाइटेड क्लबको आयोजनामा १४ औं संस्करणको पोखरा महोत्सव आजदेखि अमरसिंहचौरमा सुरु...

नीति र बिधी बिर्सिए पछिको संकट

– कमला थापा ०८२ पौष २८ गते। आज बडामहांराजाधिराज पृथ्वीनारायण शाहको ३०४ औं पृथ्वी जयन्ती।...

आज २०८२ साल पुष २९ गतेको राशिफल

आज पुष २९, २०८२ (जनवरी १३, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

पपुलिजम र अराजकतावादप्रति गगनको कडा चेतावनी, रवि–बालेनतर्फ संकेत

काठमाडौं, पुष २८ – नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नेपालमा पनि पपुलिस्ट र अराजकतावादी प्रवृत्तिहरूले...

उनेपाले समानुपातिक सूची दर्ता गराउन अदालत जाने तयारी

काठमाडौं, २८ पुस – उज्यालो नेपाल पार्टी (उनेपा) ले प्रतिनिधिसभा निर्वाचनका लागि आफ्नो समानुपातिक उम्मेदवार सूची...