News Portal

महेश बस्नेतले महावीर पुनको जेनजी सन्देशको समर्थन गरे

३३७ पटक

काठमाडौँ, असोज २६ – नेकपा एमालेका स्थायी समिति सदस्य महेश बस्नेतले शिक्षामन्त्री महावीर पुनले जेनजी युवाहरुलाई दिएको सन्देशप्रति समर्थन जनाएका छन्।

सामाजिक सञ्जालमा टिप्पणी गर्दै बस्नेतले पुनले युवाहरुलाई गुटबन्दी र खुट्टा तानातानबाट टाढा रहि राष्ट्रिय हितमा एकजुट हुन गरेको आग्रह सराहनीय भएको बताए। उनले राष्ट्र निर्माणका लागि सबै नेपाली, विशेषगरी युवापुस्ताले गुटबन्दीभन्दा माथि उठ्नुपर्नेमा जोड दिए।

बस्नेतका अनुसार, “एकता नै शक्ति हो, गुटबन्दी विनाशको बाटो हो।” उनले राजनीतिक दल र सबै उमेर समूहका नागरिकले आत्मसात गर्नुपर्ने विषयमा जोड दिँदै इतिहास दोहोर्याउन नदिन चेतावनी पनि दिए।

उनले थपे, “पञ्चायती व्यवस्था चालबाजी र गुटबन्दीले ढल्यो। २०४६ देखि २०८२ सम्मको इतिहासले स्पष्ट देखाउँछ— जब दलहरू स्वार्थमा फस्छन्, जनता र युवा सडकमा आउँछन्। जेनजी पुस्ताले अब त्यही गल्ती दोहोर्याउन हुँदैन।”

बस्नेतले देशलाई विदेशी रणभूमि बन्न नदिन र विकृति, विसंगति हटाई मुलुक निर्माणको संकल्प गर्न सबैलाई आह्वान गरे।

प्रतिकृया दिनुहोस्

रंगेलीमा रास्वपाको संगठन विस्तार : संघर्षबाट नेतृत्वसम्मको यात्रा

रबिन्द्र बराल- मोरङको रंगेली नगरपालिकामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को संगठन निर्माणको यात्रा सहज थिएन।...

सार्वजनिक शौचालयमा रकम उठ्छ, सुविधा छैन — नगरपालिका मौन

मोरङ रंगेली नगरपालिका–७ स्थित मुख्य बसपार्कमा रहेको सार्वजनिक शौचालय अव्यवस्थित हुँदा दैनिक आवतजावत गर्ने यात्रु, सवारी...

रास्वपा रंगेलीको नेतृत्वमा हरेन्द्र बराल विजयी

रबिन्द्र बराल- (रास्वपा) रंगेली नगरपालिकाको प्रथम ऐतिहासिक नगर अधिवेशन सम्पन्न भएको छ। अधिवेशनअन्तर्गत सम्पन्न निर्वाचनमा...

भवन मात्रै होइन, गुणस्तरीय शिक्षा चाहियो !

रबिन्द्र बराल– मोरङको रंगेली नगरपालिका–७ स्थित आदर्श माध्यमिक विद्यालय मा १२ कोठे आधुनिक विद्यालय भवन...

गङ्गाजमुना गाउँपालिकाको प्रथम महाधिवेशन सम्पन्न सचिव भिष्म राज नेपाल निर्विरोध

धादिङ । गङ्गाजमुना गाउँपालिकाको प्रथम महाधिवेशन केन्द्रीय प्रशिक्षण विभाग सदस्य डा. कृष्णमान शाक्यको गरिमामय उपस्थितिमा...