News Portal

नेकपा कर्णाली प्रदेशको पहिलो बैठकः एक महिने अभियान चलाउने निर्णय

हिमाली संचार संवाददाता
५०७ पटक

सुर्खेत : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) कर्णाली प्रदेशले एक महिने अभियान सञ्चालन गर्ने भएको छ । पार्टी एकतापछि पहिलोपटक प्रदेश राजधानी सुर्खेतमा बसेको बैठकले यस्तो निर्णय गरेको हो । देशभरिका सातवटै प्रदेशमध्ये कर्णाली प्रदेश बैठक गर्ने पहिलो प्रदेशसमेत बनेको छ ।

बैठकले पार्टीका केन्द्रीय सदस्य, प्रदेश सदस्य र प्रदेशसभा सदस्यहरुको संयुक्त टोली बनाएर एक महिने अभियान सञ्चालन गर्ने निर्णय गरेको छ । एकताको सन्देश गाउँ–गाउँमा पु¥याउने उद्देश्यका साथ सञ्चालन गरिने अभियान वडा तहसम्म पुग्ने छ । बैठकले स्थानीय कमिटीको एकीकरण प्रस्ताव तयार पार्ने निर्णय पनि गरेको छ । बैठकले पार्टीका प्रदेश इञ्चार्ज, सहइञ्चार्ज, अध्यक्ष र सचिवसँग समन्वय गरी दुबै पार्टीका प्रदेशसभा संसदीय दलको संयुक्त बैठक गरी दल एकीकरण गर्ने निर्णय गरेको छ ।

बैठकले साविक एमाले र साविक माओवादी केन्द्रका संगठित सदस्यहरुको ब्यवस्थित अभिलेखीकरण गर्ने, चलअचल सम्पत्तिको एकीकृत ब्यवस्थापन गर्ने, प्रदेश कार्यालय स्थापना र ब्यवस्थापन गर्ने तथा बैंक खाता सञ्चालन गर्ने निर्णय गरेको प्रदेश इञ्चार्ज जनार्दन शर्मा ‘प्रभाकर’ले जानकारी दिनुभयो । बैठकमा प्रदेश सदस्यहरुलाई सपथ ग्रहण गराइएको थियो भने उनीहरुलाई बधाइ पनि ज्ञापन गरिएको थियो । सदस्यहरुले परिचय आदानप्रदान पनि गरेका थिए ।

बैठकले बिशेष प्रस्ताव पारित गर्दै जनयुद्ध र जनआन्दोलनका घाइते अपांगको उपचारका लागि ब्यवस्थापन गर्न सरकार र पार्टी केन्द्रलाई अनुरोध गर्ने निर्णय गरेको छ । त्यस्तै प्रदेश स्थापनाका लागि सहादत प्राप्त गर्ने सहिदप्रति पनि बैठकले उच्च सम्मान प्रकट गरेको छ । बैठकले अन्य प्रदेशलाई उछिन्दै प्रदेशको नामाकरण र राजधानी तयलगायतका महत्वपूर्ण निर्णय गर्न सफल बनेकोमा प्रदेश सरकारलाई धन्यवाद दिने निर्णय पनि गरेको छ ।

पार्टीका प्रदेश अध्यक्ष गोरखबहादुर बोगटीको अध्यक्षतामा भएको बैठकलाई सम्वोधन गर्दै इञ्चार्ज प्रभाकरले एकताको भावना पार्टी सदस्यसम्म पु¥याउन प्रदेश सदस्यहरुलाई निर्देशन दिनुभएको थियो । कर्णाली हेर्दा कठिन तर संभावनै संभावनाले भरिएको प्रदेश भएकाले चुनौतिसँग जुध्दै संभावनालाई यथार्थमा बदल्न सम्पूर्ण पार्टी पंक्ति नयाँ कर्णाली निर्माणको अभियानमा लामबद्ध हुनुपर्ने उहाँले बताउनुभयो ।

बैठकमा बोल्दै मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले प्रदेश सरकारले गरेका गतिबिधि प्रस्तुत गर्नुभएको थियो । उहाँले प्रदेशको नाम र राजधानी, योजना आयोग गठन, पर्यटन बर्ष घोषणा, अर्गानिक प्रदेशको आधार तयार पार्नेलगायतका निर्णय गरी प्रदेशलाई नयाँ गतिमा अघि लगिएको बताउनुभयो ।

प्रतिकृया दिनुहोस्

भवन मात्रै होइन, गुणस्तरीय शिक्षा चाहियो !

रबिन्द्र बराल– मोरङको रंगेली नगरपालिका–७ स्थित आदर्श माध्यमिक विद्यालय मा १२ कोठे आधुनिक विद्यालय भवन...

गङ्गाजमुना गाउँपालिकाको प्रथम महाधिवेशन सम्पन्न सचिव भिष्म राज नेपाल निर्विरोध

धादिङ । गङ्गाजमुना गाउँपालिकाको प्रथम महाधिवेशन केन्द्रीय प्रशिक्षण विभाग सदस्य डा. कृष्णमान शाक्यको गरिमामय उपस्थितिमा...

स्थानीय ज्ञान अब किताबमै : रङ्गेली नगरपालिकाको नयाँ शैक्षिक पहल

रबिन्द्र बराल-मोरङको नगरपालिकाले स्थानीय ज्ञान, संस्कृति, भाषा तथा ऐतिहासिक विषयवस्तुलाई समेटेर कक्षा १ देखि ८...

एमाले ललितपुर अध्यक्ष आचार्यमाथि प्रकाशित समाचारको खण्डन

काठमाडौ – मिति: २९ जुलाई २०२५ मा “एनजिओ पलाएका एमाले ललितपुरका अध्यक्ष आचार्य मानव तस्करीसँग...

वृक्षारोपण गरियो, संरक्षण बिर्सियो : समाचारपछि सरसफाई सुरु

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाले वृक्षारोपण गरिएका क्षेत्रमा सञ्चार माध्यममा आलोचनात्मक समाचार सार्वजनिक भएपछि सरसफाइ...