News Portal

  • कुवेतबाट नेपाल पैसा पठाऊन अमन एक्सचेन्ज नै रोज्नुहोस्।

  • नेकपा कर्णाली प्रदेशको पहिलो बैठकः एक महिने अभियान चलाउने निर्णय

    हिमाली संचार संवाददाता
    ३७४ पटक

    सुर्खेत : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) कर्णाली प्रदेशले एक महिने अभियान सञ्चालन गर्ने भएको छ । पार्टी एकतापछि पहिलोपटक प्रदेश राजधानी सुर्खेतमा बसेको बैठकले यस्तो निर्णय गरेको हो । देशभरिका सातवटै प्रदेशमध्ये कर्णाली प्रदेश बैठक गर्ने पहिलो प्रदेशसमेत बनेको छ ।

    बैठकले पार्टीका केन्द्रीय सदस्य, प्रदेश सदस्य र प्रदेशसभा सदस्यहरुको संयुक्त टोली बनाएर एक महिने अभियान सञ्चालन गर्ने निर्णय गरेको छ । एकताको सन्देश गाउँ–गाउँमा पु¥याउने उद्देश्यका साथ सञ्चालन गरिने अभियान वडा तहसम्म पुग्ने छ । बैठकले स्थानीय कमिटीको एकीकरण प्रस्ताव तयार पार्ने निर्णय पनि गरेको छ । बैठकले पार्टीका प्रदेश इञ्चार्ज, सहइञ्चार्ज, अध्यक्ष र सचिवसँग समन्वय गरी दुबै पार्टीका प्रदेशसभा संसदीय दलको संयुक्त बैठक गरी दल एकीकरण गर्ने निर्णय गरेको छ ।

    बैठकले साविक एमाले र साविक माओवादी केन्द्रका संगठित सदस्यहरुको ब्यवस्थित अभिलेखीकरण गर्ने, चलअचल सम्पत्तिको एकीकृत ब्यवस्थापन गर्ने, प्रदेश कार्यालय स्थापना र ब्यवस्थापन गर्ने तथा बैंक खाता सञ्चालन गर्ने निर्णय गरेको प्रदेश इञ्चार्ज जनार्दन शर्मा ‘प्रभाकर’ले जानकारी दिनुभयो । बैठकमा प्रदेश सदस्यहरुलाई सपथ ग्रहण गराइएको थियो भने उनीहरुलाई बधाइ पनि ज्ञापन गरिएको थियो । सदस्यहरुले परिचय आदानप्रदान पनि गरेका थिए ।

    बैठकले बिशेष प्रस्ताव पारित गर्दै जनयुद्ध र जनआन्दोलनका घाइते अपांगको उपचारका लागि ब्यवस्थापन गर्न सरकार र पार्टी केन्द्रलाई अनुरोध गर्ने निर्णय गरेको छ । त्यस्तै प्रदेश स्थापनाका लागि सहादत प्राप्त गर्ने सहिदप्रति पनि बैठकले उच्च सम्मान प्रकट गरेको छ । बैठकले अन्य प्रदेशलाई उछिन्दै प्रदेशको नामाकरण र राजधानी तयलगायतका महत्वपूर्ण निर्णय गर्न सफल बनेकोमा प्रदेश सरकारलाई धन्यवाद दिने निर्णय पनि गरेको छ ।

    पार्टीका प्रदेश अध्यक्ष गोरखबहादुर बोगटीको अध्यक्षतामा भएको बैठकलाई सम्वोधन गर्दै इञ्चार्ज प्रभाकरले एकताको भावना पार्टी सदस्यसम्म पु¥याउन प्रदेश सदस्यहरुलाई निर्देशन दिनुभएको थियो । कर्णाली हेर्दा कठिन तर संभावनै संभावनाले भरिएको प्रदेश भएकाले चुनौतिसँग जुध्दै संभावनालाई यथार्थमा बदल्न सम्पूर्ण पार्टी पंक्ति नयाँ कर्णाली निर्माणको अभियानमा लामबद्ध हुनुपर्ने उहाँले बताउनुभयो ।

    बैठकमा बोल्दै मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले प्रदेश सरकारले गरेका गतिबिधि प्रस्तुत गर्नुभएको थियो । उहाँले प्रदेशको नाम र राजधानी, योजना आयोग गठन, पर्यटन बर्ष घोषणा, अर्गानिक प्रदेशको आधार तयार पार्नेलगायतका निर्णय गरी प्रदेशलाई नयाँ गतिमा अघि लगिएको बताउनुभयो ।

    प्रतिकृया दिनुहोस्

    ओलीको व्याख्या: नेताको मूल्यांकन उमेरले होइन, जिम्मेवारीबाट

    काठमाडौं, जेठ २५ – प्रधानमन्त्री तथा नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पार्टीमा तोकिएको ७०...

    हैदराबादमा नेपाली युवकद्वारा प्रेमिकाको हत्या : ट्राभल ब्यागमा शव फालिएको अवस्थामा भेटियो

    भारत, जेठ २५ – हैदराबादमा एक नेपाली नागरिकद्वारा आफ्नै लिभ–इन सम्बन्धमा रहेकी प्रेमिकाको हत्या गरिएको...

    ९० रुपैयाँभन्दा कम नेटवर्थ भएका कम्पनीलाई आईपीओ निष्कासन रोकिने कि खुला हुने? संसद्का दुई समितिबीच मतभेद, जलविद्युत कम्पनीहरू दबाबमा

    काठमाडौं, जेठ २५ – नेपालमा सार्वजनिक सेयर निष्कासनको नियमलाई लिएर संसद्भित्रै दुई महत्वपूर्ण समितिहरू —...

    संसद अवरोधबीच सत्तापक्षको स्पष्ट सन्देश — “विपक्षीले साथ दिए ठीकै, नदिए पनि संसद अघि बढ्छ”

    काठमाडौं, जेठ २५ – राजनीतिक तापक्रम चुलिंदै गएको यस घडीमा संसदको गतिरोध अन्त्यका लागि आइतबार...

    रंगेली प्रहरीको शान्ति सुरक्षा किन फितलो ? सिसि क्यामराको रेकर्ड हुँदाहुँदै पनि चोर फरार, प्रहरी मौन !

    मोरङ, जेठ २५ – ईलाका प्रहरी कार्यालय रंगेलीले जनताको शान्ति सुरक्षामा प्रभावकारी भूमिका निर्वाह गर्न...