News Portal

चौथो पटक सांसद हुन नपाउने विधान बनाउनुपर्छ : काँग्रेस नेता राठोर

हिमाली संचार संवाददाता
६३४ पटक

काठमाडौं : नेपाली काँग्रेसको जारी केन्द्रीय समिति बैठकमा पार्टिका केन्द्रीय सदस्य किशोर सिंह राठोरले पार्टी बलियो बनाउने हो भने नेताहरूले त्याग गर्न सक्नुपर्ने बताएका छन् ।

शुक्रबारको बैठकमा बोल्दै नेता राठोरले पटकपटक समानुपातिक र आरक्षणको सुबिधा आफु मात्र उपभोग गर्ने ? राजनीति जनताको बिकाश र समृद्धिका लागी गरेको हो की आफु पदमा बसिरहनका लागि भन्ने प्रश्न गरेका थिए ?

पटकपटक एकै ब्यक्ति माननीय र मन्त्री बनी रहने पदलोलुप प्रबृति प्रति प्रहार गर्दै केन्द्रिय सदस्य राठोरले भने, ‘राजनीति देश र जनताको लागी गरेको हो भने कुनै पनि ब्यक्ति तिन पटक भन्दा बढी माननीय हुन नपाउने, केन्द्रीय सदस्य हुन नपाउने र एक पटक भन्दा बढ़ी समानुपातिक र आरक्षणको सुबिधा लिन नपाउने बिधान बनाउनु पर्छ।’

बिशेष परिस्थितिमा ३ पटक बढ़ी चुनाव लड़नु पर्ने भएमा कारण खुलाई क्षेत्र परिवर्तन गरेर लडन सक्ने व्यवस्था गर्नुपर्नेमा नेता राठोरले जोड दिए ।

निर्बाचनमा पार्टी पराजयको कारण नेतृत्वको आलोचना गर्दै पार्टी भित्र ७० बर्ष उमेर लगाउनु पर्ने भन्ने अभियान चलाउनेहरू प्रति संकेत गर्दै उहाँले – को हो ? कसको नेतृत्वमा जादा कांग्रेसले चुनाव जित्छ ? को हुनुहून्छ मेरो नेतृत्वमा जादा म कांग्रेसलाई जिताउछु भन्न सक्ने ? ल आऊनुहोस छलफल गरौ, अझ अगाडि मीडियामा चर्चामा आऊन चाहने युवानेताहरू प्रति संकेत गर्दै नेता राठोरले बाहिर बाहिर पार्टी सुधार्छौ भन्ने केन्द्रीय समिति बैठकमा बोल्न नसक्ने, नीति र विधान बनाउने बैठकमा अनुपस्थित हुने अनि कसरी हुन्छ पार्टी सुधार ? भन्दै प्रश्न गरेका थिए।

उनले पार्टी भित्र अनुशासन हुनु पर्यो, जनताको पक्षमा सबै मिलेर  काम गर्ने बाताबरण हुनु पर्ने धारणा राखेका थिए ।

शुक्रबारको बैठकमा केन्द्रीय सदस्यहरू गोपालमान श्रेस्ठ, प्रकाशमान सिंह, दीपक गिरी, मोहन बस्नेत लगायतले आफ्नो धारणा राखेका थिए।

प्रतिकृया दिनुहोस्

अनसनरत डा. निकोलस भुसालको स्वास्थ्यमा समस्या, वीर अस्पतालमा भर्ना

काठमाडौँ, पुष १६ – विभिन्न माग राख्दै नौ दिनदेखि अनसनमा बसेका डा. निकोलस भुसालको स्वास्थ्यमा...

कुवेतमा बंगलादेशी प्रवासीकाे सीप–सशक्तिकरणकाे आवाज

कुवेत– ​मध्यपूर्वी देश कुवेतमा बंगलादेशी नागरिकहरूको लागि सम्मानजनक र दिगो श्रम बजार निर्माण गर्ने उद्देश्यले...

नातावादको आरोपमा कुलमान घिसिङको कडा प्रतिक्रिया

काठमाडौं, पुष १६ – उर्जामन्त्री कुलमान घिसिङले समानुपातिक उम्मेदवारको बन्दसूचीलाई लिएर आफूविरुद्ध आएका समाचारहरूलाई असत्य...

देउवा सभापति दौडबाट बाहिर, खड्कालाई खुला समर्थन

काठमाडौं – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको आगामी १५औँ महाधिवेशनमा कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई...

छोराछोरीको हेला, बुबाआमाको बिचल्ली: मोरङमा ८० वर्षीय दम्पत्तिको दैनिकी संकटमय

रबिन्द्र बराल- मोरङको सुनवर्सी नगरपालिका–८ बुधबारी चोक नजिक विगत झण्डै ८० वर्षदेखि ५ धुर जग्गामा...