News Portal

हामी विश्वमा सबैभन्दा छिटो विकास गर्ने देश हुनसक्छौं : प्रधानमन्त्री ओली

हिमाली संचार संवाददाता
४८६ पटक

काठमाडौं : प्रधानमन्त्री  केपी शर्मा ओलीले नेपाल तिव्र विकासको देश हुनसक्ने बताएका छन् । राष्ट्रिय योजना आयोगले आज आयोजना गरेको नेपालको दीर्घकालीन सोच र १५ औं योजनाको तयारी बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सो कुरा बताएका हुन् ।

नेपालको विकासका लागि अरु देशका अनुभव, सीप र प्रविधि  सजिलै उपलब्ध हुने हुनाले  तिनलाई सदुपयोग गरेर देश तिव्र विकासको गतिमा अघि बढ्न सक्ने प्रधानमन्त्री ओलीको भनाइ छ । ‘हामी विश्वमा सबैभन्दा छिटो विकास गर्ने देश हुनसक्छौं’ प्रधानमन्त्री ओलीले भने, ‘किनभने हामीलाई विकासका कुनै नयाँ कुराहरु आविस्कार गरिहरनुपर्दैन । अरुले आविस्कार गरेका प्रविधिहरुलाई प्रयोग गरे पुग्छ ।’

प्रधानमन्त्री ओलीले १५ औं पञ्चवर्षीय योजना (२०७६÷०७७ –२०८० ÷०८१) देश विकासका लागि ‘टर्निङ प्वाइन्ट’ हुने बताए । ‘अघिल्ला योजनाका समीक्षाको निष्कर्षबाट यस योजनालाई आधुनिक, प्रविधि मैत्री र तिव्र गतिमा अघि बढ्न सक्ने व्यवहारिक योजना बनाउनुपर्दछ’ प्रधानमन्त्री ओलीले भने, ‘देश विकासका लागि यस योजनालाई ‘टर्निङ प्वाइन्ट’ बनाउनु पर्दछ ।’

स्वदेशमा रहेका फलामखानीको उत्खनन्, विद्युतीय उर्जाको उत्पादन र प्रयोग बढाउनुपर्ने र पेट्रोल, डिजेलजस्ता इन्धनको आयात घटाउनमा १५ औं योजनामा केन्द्रीत हुनुपर्नेमा प्रधानमन्त्री ओलीको जोड थियो । ‘विद्युत, सौर्य र अन्य वैकल्पिक उर्जाको प्रयोगबाट पेट्रोल र डिजेलको खपत घटाउने हो भने देशको अर्थतन्त्रमा ठुलो भरथेग हुन्छ’ प्रधानमन्त्री ओलीले भने, ‘जेट्रोफाबाट पनि इन्धनको आपूर्ति गर्न सकिन्छ । त्यसैले खेतका कान्लामा यो प्रजातिको बोट रोप्ने अभियान सञ्चालन गर्नुपर्दछ ।’

अर्को एक प्रसंगमा प्रधानमन्त्री ओलीले राष्ट्रको सार्वभौमसत्ता, लोकतान्त्रिक प्रणाली, सामाजिक न्याय, राष्ट्रिय एकता र शान्ति र सुरक्षामा कोही कसैसँग सम्झौता नहुने समेत बताए ।

प्रतिकृया दिनुहोस्

अनसनरत डा. निकोलस भुसालको स्वास्थ्यमा समस्या, वीर अस्पतालमा भर्ना

काठमाडौँ, पुष १६ – विभिन्न माग राख्दै नौ दिनदेखि अनसनमा बसेका डा. निकोलस भुसालको स्वास्थ्यमा...

कुवेतमा बंगलादेशी प्रवासीकाे सीप–सशक्तिकरणकाे आवाज

कुवेत– ​मध्यपूर्वी देश कुवेतमा बंगलादेशी नागरिकहरूको लागि सम्मानजनक र दिगो श्रम बजार निर्माण गर्ने उद्देश्यले...

नातावादको आरोपमा कुलमान घिसिङको कडा प्रतिक्रिया

काठमाडौं, पुष १६ – उर्जामन्त्री कुलमान घिसिङले समानुपातिक उम्मेदवारको बन्दसूचीलाई लिएर आफूविरुद्ध आएका समाचारहरूलाई असत्य...

देउवा सभापति दौडबाट बाहिर, खड्कालाई खुला समर्थन

काठमाडौं – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको आगामी १५औँ महाधिवेशनमा कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई...

छोराछोरीको हेला, बुबाआमाको बिचल्ली: मोरङमा ८० वर्षीय दम्पत्तिको दैनिकी संकटमय

रबिन्द्र बराल- मोरङको सुनवर्सी नगरपालिका–८ बुधबारी चोक नजिक विगत झण्डै ८० वर्षदेखि ५ धुर जग्गामा...