News Portal

थारु आयोगमा विवाद चरममा : सदस्य शान्तिदेवी मोदीले कार्यवाहक अध्यक्ष सुबोधसिंह थारुलाई कोठामै थुनेर चाबी लगाइन्

२३८ पटक

काठमाडौं, साउन १८ – राज्यको संवैधानिक निकायमध्ये एक, थारु आयोगभित्र अभूतपूर्व घटना घटेको छ। आयोगकी सदस्य शान्तिदेवी मोदीले कार्यवाहक अध्यक्ष सुबोधसिंह थारुलाई कार्यकक्षभित्रै थुनेर ढोकामा चाबी लगाउने कदम उठाएकी छन्।

घटनाको जरो एउटा प्रशासनिक प्रक्रिया विवादबाट सुरु भएको हो। स्रोतका अनुसार, मोदीले विगत एक महिनाको अनुपस्थितिका बाबजुद सबै दिनको हाजिरी एकैपटक गर्न खोजेकी थिइन्। तर, कार्यवाहक अध्यक्ष थारुले त्यसमा आपत्ति जनाउँदै प्रक्रिया रोक्दा विवादले उग्र रुप लिएको हो।

विवादको उत्कर्षमा पुगेर सदस्य मोदीले अध्यक्षलाई कार्यकक्षमै थुनेर ढोका बन्द गरेकी मात्र होइनन्, उक्त घटनाको फोटोसमेत सामाजिक सञ्जाल फेसबुकमा सार्वजनिक गरेकी छन्। फोटो सार्वजनिक भएपछि यो विषय झनै चासोको केन्द्र बन्न पुगेको हो।

घटनाबारे जानकारी पाएलगत्तै प्रहरी कार्यालयमा पुगेर कोठाको तालाचाबी खोलेको र अध्यक्ष थारु करिब एक घण्टापछि बाहिर निस्कन सफल भएका हुन्।

प्रतिकृया दिनुहोस्

४५ हजारको सहयोग, ३१ हजार खर्चमै—दुःखीको सहारा परिवार कुवेत

काठमाडौँ — कुवेतस्थित दुःखीको सहारा परिवार कुवेतबाट देउराली राष्ट्रिय आधारभूत विद्यालय चितवनकाे विद्यार्थीहरूलाई कापी, कलम,...

प्रतिनिधि सभा निर्वाचनअघि आयल निगमको इन्धन व्यवस्थापन सक्रिय

काठमाडौं, ७ माघ – प्रतिनिधि सभा निर्वाचन नजिकिँदै गर्दा नेपाल आयल निगमले पेट्रोल, डिजेल र...

काठमाडौं उपत्यकामा हराएका ५० मोटरसाइकल र स्कुटर फेला, मालिकलाई फिर्ता

काठमाडौं, ७ माघ – काठमाडौं उपत्यकामा हराएका वा चोरी भएका ५० वटा मोटरसाइकल र स्कुटर...

निर्वाचनको प्रचारमा सामाजिक सञ्जालको दुरुपयोग गरिए कारबाही हुने

काठमाडौ – निर्वाचन केन्द्रित सुरक्षा रणनीतिबारे छलफल गर्न बसेको बैठकले प्रतिनिधीसभा निर्वाचनलाई लक्षित गरी केन्द्रीय...

विशेष महाधिवेशनको विरोधपछि शेखर कोइराला गगन नेतृत्वसँग सहमत

विराटनगर, माघ ७ – नेपाली कांग्रेसका नेता शेखर कोइराला, जो विशेष महाधिवेशनको विरोधमा थिए, अन्ततः...