News Portal

पार्टी अनुशासन उलंघनमा कठोर कदम : नेकपा (बहुमत) ले गर्यो दुई नेतालाई निष्कासन

३३२ पटक

काठमाडौं, साउन १५ – नेपाल कम्युनिस्ट पार्टी (बहुमत) ले आन्तरिक अनुशासन उल्लंघन र गुटगत स्वार्थका कारण दुई जना प्रभावशाली नेतामाथि कडा कारबाही गरेको छ।

पार्टीको केन्द्रीय समिति बैठक चलिरहेका बेला पोलिटब्युरो सदस्य पूर्ण विक ‘रक्तिम’ र केन्द्रीय सदस्य शरद रसाइलीलाई पार्टी विरोधी क्रियाकलापमा संलग्न रहेको आरोपसहित संगठनबाट पूर्ण रूपमा निष्कासन गरिएको हो।

पार्टी महासचिव धर्मेन्द्र बास्तोला ‘कञ्चन’ले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “गम्भीर गुटबन्दी, अराजक शैली र अनुशासनहीन गतिविधि गर्दै पार्टीको मूल विचारधाराविरुद्ध लागेकाले उनीहरूलाई साधारण सदस्यको हैसियतबाटसमेत निष्कासन गरिएको छ।”

नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाबाट छुट्टिएर बास्तोलाको नेतृत्वमा गठित नेकपा (बहुमत) भित्र पछिल्ला दिनहरूमा आन्तरिक असहमति र सत्ता–पंक्तिको द्वन्द्व देखिएको थियो। आजको निर्णयले पार्टी अनुशासनको विषयमा नेतृत्व अब कठोर रूपमा उभिएको स्पष्ट संकेत दिएको छ।

प्रतिकृया दिनुहोस्

पासवान परिवारलाई राहत सहयोग

चैत्र १५, मोरङ — मोरङको सुनबर्सी नगरपालिका–६ पटियापाडा स्थित पासवान टोलमा बसोबास गर्दै आइरहेका फुलुवा...

आज २०८२ साल चैत १५ गतेको राशिफल

आज चैत १५, २०८२ ( मार्च २९, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

तत्कालीन प्रधानमन्त्री र गृहमन्त्री मात्र होइन, सुरक्षा निकायलाई पनि पक्राउ गर्न माग

काठमाडौं — जेन्जी आन्दोलनका क्रममा भएको दमनप्रति लक्षित गर्दै जेनजी मुभमेन्ट नेपालले तत्कालीन प्रधानमन्त्री र...

६ परिवार आर्सेनिकयुक्त पानी पिउन बाध्य

 रबिन्द्र बराल मोरङ — मोरङको रङ्गेली नगरपालिका–७ शुक्रबारेस्थित जर्बी टोल जाने सडक छेउमा बसोबास गर्ने...

आज २०८२ साल चैत १४ गतेको राशिफल

आज चैत १४, २०८२ ( मार्च २८, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...