News Portal

पार्टी अनुशासन उलंघनमा कठोर कदम : नेकपा (बहुमत) ले गर्यो दुई नेतालाई निष्कासन

२५५ पटक

काठमाडौं, साउन १५ – नेपाल कम्युनिस्ट पार्टी (बहुमत) ले आन्तरिक अनुशासन उल्लंघन र गुटगत स्वार्थका कारण दुई जना प्रभावशाली नेतामाथि कडा कारबाही गरेको छ।

पार्टीको केन्द्रीय समिति बैठक चलिरहेका बेला पोलिटब्युरो सदस्य पूर्ण विक ‘रक्तिम’ र केन्द्रीय सदस्य शरद रसाइलीलाई पार्टी विरोधी क्रियाकलापमा संलग्न रहेको आरोपसहित संगठनबाट पूर्ण रूपमा निष्कासन गरिएको हो।

पार्टी महासचिव धर्मेन्द्र बास्तोला ‘कञ्चन’ले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “गम्भीर गुटबन्दी, अराजक शैली र अनुशासनहीन गतिविधि गर्दै पार्टीको मूल विचारधाराविरुद्ध लागेकाले उनीहरूलाई साधारण सदस्यको हैसियतबाटसमेत निष्कासन गरिएको छ।”

नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाबाट छुट्टिएर बास्तोलाको नेतृत्वमा गठित नेकपा (बहुमत) भित्र पछिल्ला दिनहरूमा आन्तरिक असहमति र सत्ता–पंक्तिको द्वन्द्व देखिएको थियो। आजको निर्णयले पार्टी अनुशासनको विषयमा नेतृत्व अब कठोर रूपमा उभिएको स्पष्ट संकेत दिएको छ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष १४ गतेको राशिफल

आज पुष १४, २०८२ (डिसेम्बर २९, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

नेकपाले प्रवासबाट ४ जनाको नाम समानुपातिकका लागि सिफारिस

कुवेत – आसन्न प्रतिनिधि सभा निर्वाचनका लागि प्रवास क्षेत्रबाट समानुपातिक सांसदको सिफारिस सूची नेकपाले सार्वजनिक...

बालेन शाह राजीनामा गर्ने तयारी काठमाडौंमा उपमेयर डंगोल कार्यवाहक मेयर बन्ने

काठमाडौं — काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले प्रतिनिधिसभा चुनाव लड्ने तयारीका लागि राजीनामा दिने घोषणा...

बालेन–रवि सहमतिपछि नेप्सेमा उछाल, लगानीकर्तामा उत्साह

काठमाडौं, १३ पुष – काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) साहले राष्ट्रिय स्वतन्त्र पार्टी प्रवेश गरेसँगै...

रवि र बालेनबीचको सम्झौता: भारतीय मिडियाको दृष्टिकोण

काठमाडौं, पुष १३ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र काठमाडौँ महानगरपालिकाका...