News Portal

दुई मन्त्री सवार सरकारी गाडी आपसमा ठोक्किए, मानवीय क्षति नभएको पुष्टि

२७४ पटक

– प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा चिसापानीमा आयोजित कार्यक्रमतर्फ जाँदै गरेका सुदूरपश्चिम प्रदेश सरकारका दुई मन्त्री सवार गाडीहरू मंगलबार दिउँसो आपसमा ठोक्किएका छन्।

दिउँसो करिब १ बजेर १५ मिनेट जाँदा कैलालीको चिसापानीमा भएको यो सवारी ठक्करमा भौतिक पूर्वाधार विकास मन्त्री सुरेन्द्र पाल चढेको बा.२ झ १४१९ नम्बरको गाडी र आन्तरिक मामिला तथा कानुन मन्त्री हिरा सिंह सार्की सवार से.१ झ ३३० नम्बरको गाडी आपसमा जुधेका हुन्।

जिल्ला प्रहरी कार्यालय कैलालीका डीएसपी राजकुमार सिंहका अनुसार, ठक्करका कारण पाल चढेको गाडीको पछाडिको भाग र सार्की चढेको गाडीको अगाडिको भागमा क्षति पुगेको छ। तर, मानवीय क्षति भने नभएको पुष्टि गरिएको छ।

प्रधानमन्त्री ओलीको प्रमुख आतिथ्यमा आयोजना गरिएको चिसापानीको विशेष कार्यक्रममा सहभागी हुन दुवै मन्त्री छुट्टाछुट्टै सवारी साधनमा त्यसतर्फ गइरहेका थिए। बाटोमा अनियन्त्रित दूरी र तिव्रता कारण ठक्कर भएको प्रारम्भिक अनुमान गरिएको छ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल फागुन २६ गतेको राशिफल

आज फागुन २६, २०८२ ( मार्च १०, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

दुर्गा रेग्मीको पार्थिव शरीरको अन्त्येष्टि सम्पन्न, परिवारप्रति पार्टीको दायित्व के?

मोरङ, फागुन २५ – मोरङको रङ्गेली नगरपालिका वडा नं. ९ निवासी दुर्गा रेग्मीको आज हिन्दु...

रवि लामिछानेविरुद्धको अभियोग संशोधन प्रकरण : सर्वोच्चमा सुनुवाइ हुँदै

काठमाडौं, फागुन २५ – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने सँग सम्बन्धित अभियोग संशोधन प्रकरण...

अनुहार फेरि फेरि षडयन्त्र नगरौं !

– कमला थापा २०८२ फाल्गुन २५ गते सोमबार। “अनुहार फेरि-फेरि षडयन्त्र नगरौं” उक्त भनाइ श्री...

आज २०८२ साल फागुन २५ गतेको राशिफल

आज फागुन २५, २०८२ ( मार्च ९, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...