News Portal

दुई मन्त्री सवार सरकारी गाडी आपसमा ठोक्किए, मानवीय क्षति नभएको पुष्टि

२४९ पटक

– प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा चिसापानीमा आयोजित कार्यक्रमतर्फ जाँदै गरेका सुदूरपश्चिम प्रदेश सरकारका दुई मन्त्री सवार गाडीहरू मंगलबार दिउँसो आपसमा ठोक्किएका छन्।

दिउँसो करिब १ बजेर १५ मिनेट जाँदा कैलालीको चिसापानीमा भएको यो सवारी ठक्करमा भौतिक पूर्वाधार विकास मन्त्री सुरेन्द्र पाल चढेको बा.२ झ १४१९ नम्बरको गाडी र आन्तरिक मामिला तथा कानुन मन्त्री हिरा सिंह सार्की सवार से.१ झ ३३० नम्बरको गाडी आपसमा जुधेका हुन्।

जिल्ला प्रहरी कार्यालय कैलालीका डीएसपी राजकुमार सिंहका अनुसार, ठक्करका कारण पाल चढेको गाडीको पछाडिको भाग र सार्की चढेको गाडीको अगाडिको भागमा क्षति पुगेको छ। तर, मानवीय क्षति भने नभएको पुष्टि गरिएको छ।

प्रधानमन्त्री ओलीको प्रमुख आतिथ्यमा आयोजना गरिएको चिसापानीको विशेष कार्यक्रममा सहभागी हुन दुवै मन्त्री छुट्टाछुट्टै सवारी साधनमा त्यसतर्फ गइरहेका थिए। बाटोमा अनियन्त्रित दूरी र तिव्रता कारण ठक्कर भएको प्रारम्भिक अनुमान गरिएको छ।

प्रतिकृया दिनुहोस्

४५ हजारको सहयोग, ३१ हजार खर्चमै—दुःखीको सहारा परिवार कुवेत

काठमाडौँ — कुवेतस्थित दुःखीको सहारा परिवार कुवेतबाट देउराली राष्ट्रिय आधारभूत विद्यालय चितवनकाे विद्यार्थीहरूलाई कापी, कलम,...

प्रतिनिधि सभा निर्वाचनअघि आयल निगमको इन्धन व्यवस्थापन सक्रिय

काठमाडौं, ७ माघ – प्रतिनिधि सभा निर्वाचन नजिकिँदै गर्दा नेपाल आयल निगमले पेट्रोल, डिजेल र...

काठमाडौं उपत्यकामा हराएका ५० मोटरसाइकल र स्कुटर फेला, मालिकलाई फिर्ता

काठमाडौं, ७ माघ – काठमाडौं उपत्यकामा हराएका वा चोरी भएका ५० वटा मोटरसाइकल र स्कुटर...

निर्वाचनको प्रचारमा सामाजिक सञ्जालको दुरुपयोग गरिए कारबाही हुने

काठमाडौ – निर्वाचन केन्द्रित सुरक्षा रणनीतिबारे छलफल गर्न बसेको बैठकले प्रतिनिधीसभा निर्वाचनलाई लक्षित गरी केन्द्रीय...

विशेष महाधिवेशनको विरोधपछि शेखर कोइराला गगन नेतृत्वसँग सहमत

विराटनगर, माघ ७ – नेपाली कांग्रेसका नेता शेखर कोइराला, जो विशेष महाधिवेशनको विरोधमा थिए, अन्ततः...