News Portal

लिची बगैंचा घोटाला : घुस प्रकरणमा मुछिएका पूर्वमन्त्री गुप्ता र बिचौलिया लामा अख्तियारमा तानिए

३१९ पटक

काठमाडौं, साउन ५ – पोखराको लिची बगैंचाको बहुमूल्य सरकारी जग्गा हत्याउन गरिएको ‘गोप्य सेटिङ’ सार्वजनिक भएपछि, यो प्रकरणले राजनीतिक वृत्तदेखि आम जनमानससम्म व्यापक चासो र आक्रोश जन्माएको छ। यही अडियो सार्वजनिक भएसँगै संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका निवर्तमान मन्त्री राजकुमार गुप्ता र बिचौलिया सुजन लामालाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बयानका लागि डाकेको छ।

गत साता सार्वजनिक अडियोमा पोखराको बाटुलेचौरस्थित लिची बगैंचाको जग्गा हत्याउन मालपोत कार्यालय र भूमि आयोगका कर्मचारीहरूलाई प्रभावमा पारिएको स्पष्ट सुनिन्छ। मन्त्री गुप्ताले सोही अडियो सार्वजनिक भएलगत्तै असार ३१ गते मन्त्री पदबाट राजीनामा दिएका थिए। तर सोही प्रकरणमा मुछिएका भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारी भने अझै पदमा टिकिरहेकै छन्। उनले आफूमाथि लागेको आरोपप्रति सफाइ दिँदै पत्रकार सम्मेलनको सहारा लिएका छन्।

तर सार्वजनिक अडियोमै मन्त्री अधिकारीले आफ्नै छोरामार्फत घुस लिएको दाबी गरिएको छ। साथै, तत्कालीन भूमि व्यवस्था सचिव अर्जुनप्रसाद पोखरेलले बिचौलियाको योजनाअनुसार काम गराइदिने सन्दर्भमा ५ लाख रुपैयाँ नगद र मदिरा बुझेको अडियो टेपमा स्पष्ट सुनिन्छ।

सूत्रका अनुसार, घुसको लेनदेन काठमाडौंको भैंसेपाटीस्थित मन्त्री निवासमै भएको आशंका गरिएको छ। त्यही संवादमा मन्त्री अधिकारीको समेत प्रत्यक्ष संलग्नता रहेको उल्लेख छ, जसले उनलाई थप प्रश्नको घेरामा ल्याएको छ।

अख्तियारका एक उच्च अधिकारीका अनुसार, उक्त अडियो र अन्य प्रमाणहरूलाई आधार बनाएर विस्तृत अनुसन्धान अघि बढाइएको छ। यो प्रकरणमा संलग्न व्यक्तिहरूलाई चरणबद्ध रूपमा बयानका लागि बोलाउने प्रक्रिया सुरु भइसकेको छ।

प्रतिकृया दिनुहोस्

मेयर श्याम राजवंशीमाथि विद्युत कर्मचारी दुर्व्यवहारको आरोप

रबिन्द्र बराल मोरङ — सुनबर्सी नगरपालिकाका मेयर श्याम राजवंशीमाथि नेपाल विद्युत प्राधिकरण रङ्गेलीका कर्मचारीमाथि दुर्व्यवहार...

वृद्धभत्ता लिन बिहानैदेखि बैंकको गेटमा वृद्धहरूको लाम, सास्ती र खर्च बढ्दो

रबिन्द्र बराल-मोरङको रंगेली–७ स्थित प्रभु बैंक अगाडि वृद्धभत्ता बुझ्न आउने ज्येष्ठ नागरिकहरूको बिहानैदेखि भीड लाग्ने...

संसद छलेर अध्यादेश ल्याउनु बहादुरी होइन : आफ्नै सरकारमाथि रास्वपा सांसद गणेश कार्कीको कडा टिप्पणी

काठमाडौं -राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रतिनिधिसभा सदस्य गणेश कार्कीले संसद अधिवेशन रोकेर अध्यादेश ल्याउने सरकारको...

रंगेलीका विद्यालयको शैक्षिक अवस्था चिन्ताजनक, नगरस्तरीय कक्षा ८ परीक्षामा ४८.०४ प्रतिशत मात्र उत्तीर्ण

रबिन्द्र बराल– मोरङको रंगेली नगरपालिकाभित्र रहेका सामुदायिक विद्यालयहरूको शैक्षिक अवस्था कमजोर बन्दै गएको देखिएको छ।...

विद्यार्थी भर्ना अभियान सुरु, रंगेलीका विद्यालयद्वारा घरदैलो कार्यक्रम सञ्चालन

रबिन्द्र बराल – मोरङको रंगेली नगरपालिका–७ स्थित निचामारी आधारभूत विद्यालय, आदर्श माध्यमिक विद्यालय तथा पब्लिक...