News Portal

तरुणदल धादिङले बुझायो सरकारलाई बिरोध सहितको ज्ञापन पत्र

हिमाली संचार संवाददाता
७०० पटक

धादिङ : देशमा वढेको दण्डहिनता, महंगी, भ्रष्टाचार तथा न्याय सम्पादनमा ढिलाई लगायत समसामयिक विषयमा नेपाली कांग्रेसको भातृ संगठन धादिङ तरुणदलले स्थानीय प्रशाासन मार्फत नेपाल सरकारलाई विरोध तथा स्मरणपत्र वुझाएको छ ।

नेपाली कांग्रेसका जिल्ला सभापति रमेश धमला र उपसभापति भक्त लामा सहित जिल्ला स्थित तरुण दलका उपाध्यक्ष राधाकृष्ण भण्डारीको अगुवाईमा जिल्ला प्रशाासनमा गएको तरुण दलका कार्यकर्ताहरुले प्रमुख जिल्ला अधिकारी भगीरथ पाण्डेयलाई भेटेर ५ वुदें ज्ञापन पत्र वाचन गरि हस्तातरण गरिएको थियो ।

तरुण दलले स्थानीय प्रशाासन मार्फत नेपाल सरकारलाई पठाएको ज्ञापन पत्रमा महेन्द्र नगरमा वलात्कार पछि हत्या गरिएकी वालिका निर्मला पन्तको हत्यारालाई तत्काल कानुनी दायरामा ल्याउनु पर्ने, दशैं तिहार लगायतका सांस्कृतिक पर्वमा दैनिक उपभोग्य वस्तु, लगायत निर्माण सामाग्रीको चरम मुल्यवृद्धि भए पनि सरकारले वेवास्ता गरेकोले मुल्यवृद्धि तत्काल फिर्ता गर्नु पर्ने, हरेक स्थानीय निकाय र सरकारी कार्यालयमा भएको व्यापक भ्रष्टाचार नियन्त्रणगर्नु पर्ने, हाल चर्चामा रहेको नेपाल वायु सेवा निगममा वाईडवडी विमान खरिद मा गरिएको घाटालाको निस्पक्ष छानविन र अपराधीलाई कार्वाहीको दायरामा ल्याउनु पर्ने, राष्ट्रपतीका लागी खरिद गर्न लागिएको १८ करोडका गाडीहरु खरिद प्रकृय रोक्नु पर्ने उल्लेख छ ।

तरुण दलका जिल्ला उपाध्यक्ष भण्डारी वाट ज्ञापन पत्र वुझदै प्रमुख जिल्ला अधिकारी भगीरथ पाण्डेयले प्राप्त ज्ञापन पत्र आवस्यक कार्वाहीका र कार्यान्वयनका लागी संवन्धित निकायमा पठाउने वताउनु भयो ।

प्रतिकृया दिनुहोस्

अनसनरत डा. निकोलस भुसालको स्वास्थ्यमा समस्या, वीर अस्पतालमा भर्ना

काठमाडौँ, पुष १६ – विभिन्न माग राख्दै नौ दिनदेखि अनसनमा बसेका डा. निकोलस भुसालको स्वास्थ्यमा...

कुवेतमा बंगलादेशी प्रवासीकाे सीप–सशक्तिकरणकाे आवाज

कुवेत– ​मध्यपूर्वी देश कुवेतमा बंगलादेशी नागरिकहरूको लागि सम्मानजनक र दिगो श्रम बजार निर्माण गर्ने उद्देश्यले...

नातावादको आरोपमा कुलमान घिसिङको कडा प्रतिक्रिया

काठमाडौं, पुष १६ – उर्जामन्त्री कुलमान घिसिङले समानुपातिक उम्मेदवारको बन्दसूचीलाई लिएर आफूविरुद्ध आएका समाचारहरूलाई असत्य...

देउवा सभापति दौडबाट बाहिर, खड्कालाई खुला समर्थन

काठमाडौं – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको आगामी १५औँ महाधिवेशनमा कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई...

छोराछोरीको हेला, बुबाआमाको बिचल्ली: मोरङमा ८० वर्षीय दम्पत्तिको दैनिकी संकटमय

रबिन्द्र बराल- मोरङको सुनवर्सी नगरपालिका–८ बुधबारी चोक नजिक विगत झण्डै ८० वर्षदेखि ५ धुर जग्गामा...