News Portal

तरुणदल धादिङले बुझायो सरकारलाई बिरोध सहितको ज्ञापन पत्र

हिमाली संचार संवाददाता
७४१ पटक

धादिङ : देशमा वढेको दण्डहिनता, महंगी, भ्रष्टाचार तथा न्याय सम्पादनमा ढिलाई लगायत समसामयिक विषयमा नेपाली कांग्रेसको भातृ संगठन धादिङ तरुणदलले स्थानीय प्रशाासन मार्फत नेपाल सरकारलाई विरोध तथा स्मरणपत्र वुझाएको छ ।

नेपाली कांग्रेसका जिल्ला सभापति रमेश धमला र उपसभापति भक्त लामा सहित जिल्ला स्थित तरुण दलका उपाध्यक्ष राधाकृष्ण भण्डारीको अगुवाईमा जिल्ला प्रशाासनमा गएको तरुण दलका कार्यकर्ताहरुले प्रमुख जिल्ला अधिकारी भगीरथ पाण्डेयलाई भेटेर ५ वुदें ज्ञापन पत्र वाचन गरि हस्तातरण गरिएको थियो ।

तरुण दलले स्थानीय प्रशाासन मार्फत नेपाल सरकारलाई पठाएको ज्ञापन पत्रमा महेन्द्र नगरमा वलात्कार पछि हत्या गरिएकी वालिका निर्मला पन्तको हत्यारालाई तत्काल कानुनी दायरामा ल्याउनु पर्ने, दशैं तिहार लगायतका सांस्कृतिक पर्वमा दैनिक उपभोग्य वस्तु, लगायत निर्माण सामाग्रीको चरम मुल्यवृद्धि भए पनि सरकारले वेवास्ता गरेकोले मुल्यवृद्धि तत्काल फिर्ता गर्नु पर्ने, हरेक स्थानीय निकाय र सरकारी कार्यालयमा भएको व्यापक भ्रष्टाचार नियन्त्रणगर्नु पर्ने, हाल चर्चामा रहेको नेपाल वायु सेवा निगममा वाईडवडी विमान खरिद मा गरिएको घाटालाको निस्पक्ष छानविन र अपराधीलाई कार्वाहीको दायरामा ल्याउनु पर्ने, राष्ट्रपतीका लागी खरिद गर्न लागिएको १८ करोडका गाडीहरु खरिद प्रकृय रोक्नु पर्ने उल्लेख छ ।

तरुण दलका जिल्ला उपाध्यक्ष भण्डारी वाट ज्ञापन पत्र वुझदै प्रमुख जिल्ला अधिकारी भगीरथ पाण्डेयले प्राप्त ज्ञापन पत्र आवस्यक कार्वाहीका र कार्यान्वयनका लागी संवन्धित निकायमा पठाउने वताउनु भयो ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल चैत २८ गतेको राशिफल

आज चैत २८, २०८२ ( अप्रिल ११, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

बिदाइमा भीड घटाउन विमानस्थलको अपिल: एक यात्रुका लागि तीन जना मात्रै

काठमाडौं, चैत २७ — त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले यात्रु बिदाइका क्रममा हुने भीड नियन्त्रण गर्न फेरि...

गोरखा–जितगढी एकीकरण पदयात्रा सुरु, आठ दिनमा २०७ किमि दूरी तय गर्ने लक्ष्य

गोरखा, चैत २७ — ऐतिहासिक गोरखा–जितगढी एकीकरण पदमार्गमा नेपाली सेनाले चौथो संस्करणको पदयात्रा सुरु गरेको छ।...

आज २०८२ साल चैत २७ गतेको राशिफल

आज चैत २७, २०८२ ( अप्रिल १०, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

सामान्य झगडाले लियो दुःखद मोड : पाटनमा छुरा प्रहारबाट दुई दाजुभाइको मृत्यु

ललितपुर, चैत २६ — पाटनको कृष्ण मन्दिर आसपास भएको छुरा प्रहारको घटनामा घाइते भएका दुई...