News Portal

अडियो प्रकरणमा मुछिएका मन्त्री अधिकारी आज एक वर्षे उपलब्धि सार्वजनिक गर्दै

३३३ पटक

काठमाडौं, साउन १ – गठन गरिएको ओली सरकारभित्र एकपछि अर्को गर्दै घोटाला र विवादका शृंखलामा सामान्य प्रशासन मन्त्री बलराम अधिकारी पनि तानिएका छन्। पोखराको १३५ रोपनी जग्गा निजी नाममा ल्याउने उद्देश्यसहित ३२ लाख रुपैयाँ घुस लिएको आरोप उनीमाथि लागेको हो। अडियोसहित सार्वजनिक भएको यो दाबीले सरकारभित्रको अख्तियारप्रतिको प्रश्न थप बलियो बनाएको छ।

अडियोमा मन्त्री अधिकारीको प्रत्यक्ष आवाज भने छैन, तर उनका छोरा मनोज अधिकारी र तत्कालीन सचिव अर्जुन पोखरेलको नाम खुलेर आएको छ। अडियो अनुसार, मन्त्री अधिकारीलाई छोरा मार्फत ३२ लाख, पूर्वमन्त्री राजकुमार गुप्तालाई ३५ लाख र सचिव पोखरेललाई ५ लाख रुपैयाँ लिइएको आरोप लगाइएको छ। पोखराको उक्त जग्गा योजनाका लागि कुल डेढ करोड रुपैयाँ खर्च भइसकेको दाबी पनि अडियोमै उल्लेख छ।

यसअघि यस्तै अडियो काण्डमा मुछिएपछि राजकुमार गुप्ताले चौतर्फी दवाबपछि मन्त्री पदबाट राजीनामा दिएका थिए। अहिले बलराम अधिकारीमाथि पनि त्यस्तै दवाब चुलिँदै गएको छ। तर अधिकारी भने अडियोमा आफ्नो आवाज नरहेको भन्दै आफू दोषमुक्त रहेको जिकिर गरिरहेका छन्।

‘जुन औंलामा विष लाग्यो, त्यही औंला काटिन्छ’ भन्दै गुप्तालाई लक्षित गर्दै टिप्पणी गरेका अधिकारी अहिले भने आफैं आलोचनाको घेरामा छन्। यस्तो बेला उनी आज दिउँसो ३ बजे मन्त्रालयमै पत्रकार सम्मेलनमार्फत आफ्नो एक वर्षे कार्यकालका उपलब्धि सार्वजनिक गर्ने तयारीमा छन्।

स्रोतका अनुसार, सो पत्रकार सम्मेलनमा मन्त्री अधिकारीले अडियो प्रकरणसम्बन्धी थप स्पष्टीकरण पनि दिनेछन्। यद्यपि, उनीमाथि सार्वजनिक विश्वास र नैतिकताको प्रश्न गहिरिँदै गएको छ।

प्रतिकृया दिनुहोस्

सिताराम गोकुल मिल्क्सको दूध बिक्रीमा रोक, गुणस्तर कम भेटिएपछि कारबाही

काठमाडौं, ३ चैत – खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले कीर्तिपुरस्थित सीताराम गोकुल मिल्क्सले उत्पादन...

पोखरामा प्याराग्लाइडिङ पुनः सुरु हुने, च्याम्पियनसिप आयोजना हुँदै

कास्की, चैत ३ – पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको कारण रोकिएको प्याराग्लाइडिङ खेल अब फेरि सुरु हुँदैछ।...

आज २०८२ साल चैत ३ गतेको राशिफल

आज चैत ३, २०८२ ( मार्च १७, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

हिलेपोखरी आधारभूत विद्यालयको ३६औँ वार्षिकोत्सव तथा अभिभावक दिवस भव्य रूपमा सम्पन्न

धादिङ – गङ्गाजमुना गाउँपालिका–५ स्थित हिलेपोखरी आधारभूत विद्यालयको ३६औँ वार्षिकोत्सव तथा अभिभावक दिवस भव्य कार्यक्रमका...

जेनजी आन्दोलनका शहीदका आमा रचना खतिवडा रास्वपाबाट सांसद बन्ने

काठमाडौं, २ चैत – जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएका रसिक खतिवडाकी आमा रचना खतिवडा क्षेत्री...