News Portal

अडियो प्रकरणमा मुछिएका मन्त्री अधिकारी आज एक वर्षे उपलब्धि सार्वजनिक गर्दै

२९० पटक

काठमाडौं, साउन १ – गठन गरिएको ओली सरकारभित्र एकपछि अर्को गर्दै घोटाला र विवादका शृंखलामा सामान्य प्रशासन मन्त्री बलराम अधिकारी पनि तानिएका छन्। पोखराको १३५ रोपनी जग्गा निजी नाममा ल्याउने उद्देश्यसहित ३२ लाख रुपैयाँ घुस लिएको आरोप उनीमाथि लागेको हो। अडियोसहित सार्वजनिक भएको यो दाबीले सरकारभित्रको अख्तियारप्रतिको प्रश्न थप बलियो बनाएको छ।

अडियोमा मन्त्री अधिकारीको प्रत्यक्ष आवाज भने छैन, तर उनका छोरा मनोज अधिकारी र तत्कालीन सचिव अर्जुन पोखरेलको नाम खुलेर आएको छ। अडियो अनुसार, मन्त्री अधिकारीलाई छोरा मार्फत ३२ लाख, पूर्वमन्त्री राजकुमार गुप्तालाई ३५ लाख र सचिव पोखरेललाई ५ लाख रुपैयाँ लिइएको आरोप लगाइएको छ। पोखराको उक्त जग्गा योजनाका लागि कुल डेढ करोड रुपैयाँ खर्च भइसकेको दाबी पनि अडियोमै उल्लेख छ।

यसअघि यस्तै अडियो काण्डमा मुछिएपछि राजकुमार गुप्ताले चौतर्फी दवाबपछि मन्त्री पदबाट राजीनामा दिएका थिए। अहिले बलराम अधिकारीमाथि पनि त्यस्तै दवाब चुलिँदै गएको छ। तर अधिकारी भने अडियोमा आफ्नो आवाज नरहेको भन्दै आफू दोषमुक्त रहेको जिकिर गरिरहेका छन्।

‘जुन औंलामा विष लाग्यो, त्यही औंला काटिन्छ’ भन्दै गुप्तालाई लक्षित गर्दै टिप्पणी गरेका अधिकारी अहिले भने आफैं आलोचनाको घेरामा छन्। यस्तो बेला उनी आज दिउँसो ३ बजे मन्त्रालयमै पत्रकार सम्मेलनमार्फत आफ्नो एक वर्षे कार्यकालका उपलब्धि सार्वजनिक गर्ने तयारीमा छन्।

स्रोतका अनुसार, सो पत्रकार सम्मेलनमा मन्त्री अधिकारीले अडियो प्रकरणसम्बन्धी थप स्पष्टीकरण पनि दिनेछन्। यद्यपि, उनीमाथि सार्वजनिक विश्वास र नैतिकताको प्रश्न गहिरिँदै गएको छ।

प्रतिकृया दिनुहोस्

कैलालीमा बालेन जस्तै देखिने व्यक्तिको भिडियो भाइरल

धनगढी, माघ १६ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह सुदूरपश्चिम भ्रमणमा...

कुवेतमा नेपाली श्रमिक लक्षित श्रम सचेतना अन्तरक्रिया कार्यक्रम सम्पन्न

कुवेत– कुवेतमा कार्यरत नेपाली श्रमिकहरूलाई श्रमसम्बन्धी विविध पक्ष तथा महत्त्वपूर्ण कानुनी व्यवस्थाबारे जानकारी प्रदान गर्ने...

सुधारिएको कांग्रेसले देश परिवर्तन गर्ने दाबी, विगतका कमजोरी नदोहोर्‍याइनेः सभापति थापा

काठमाडौं, माघ १६ – नेपाली कांग्रेसका सभापति गगन थापाले अहिलेको कांग्रेस विगतभन्दा फरक र परिमार्जित...

सुनचाँदीको मूल्यमा गिरावट, स्थानीय बजारमा कारोबार सस्तो

काठमाडौं, माघ १६ – स्थानीय बजारमा शुक्रबार सुनचाँदीको मूल्य घटेसँगै खरिद–बिक्री सस्तो भएको छ। नेपाल...

आज २०८२ साल माघ १६ गतेको राशिफल

आज माघ १६, २०८२ (जनवरी ३०, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...