News Portal

भिजिट भिसामा स्पेन गएर नफर्कनेबारे सरकारको कडाइ : प्रवक्ता गुरुङ

२२३ पटक

काठमाडौं, असार ३२ — स्पेन भ्रमणका लागि भिजिट भिसा लिइ यात्रा गरेका नेपाली नागरिक समयमै नफर्किएको विषयमा सरकारले कडाइ गर्दै छानबिन अघि बढाएको छ। बुधबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्ने क्रममा सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङले यसबारे जानकारी दिएका हुन्।

प्रवक्ता गुरुङका अनुसार भ्रस्टाचारमा संलग्न जो कोही भए पनि उन्मुक्ति नपाउनेछन्। ‘मन्त्री होस् वा अन्य कुनै जिम्मेवार पदमा बसेका व्यक्ति, दोष प्रमाणित भए कारबाही अवश्य हुन्छ,’ गुरुङले प्रष्ट पारे।

उनले अहिले नैतिकताको सवालमा सामान्य प्रशासनमन्त्रीले राजीनामा दिइसकेको अवस्थामा सरकारले प्रमाण र सत्यका आधारमा मात्रै अघि बढ्ने धारणा राखे। भ्रस्टाचारका विषयमा आँखा चिम्लेर नबसिने भन्दै गुरुङले कडाइ गर्ने चेतावनीसमेत दिए।

यस्तै मन्त्रिपरिषद्ले नागढुंगा सुरुङमार्ग निर्माणका लागि जापान सरकारबाट करिब ५ अर्ब ७० करोड जापानी येन बराबरको सहुलियतपूर्ण ऋण सहायता स्वीकृत गर्ने निर्णय गरेको छ।

साथै राष्ट्रिय सहकारी नियमन प्राधिकरणको रिक्त अध्यक्षमा डा. खगराज शर्मालाई नियुक्त गरिएको छ भने फाप्ला अन्तर्राष्ट्रिय क्रिकेट मैदान तथा खेलग्राम पूर्वाधार विकास समितिको कार्यविधि चार महिना थप गरिएको छ।

नेपाली सेनातर्फ एकजना प्रमुख सेनानीलाई महासेनानीमा, अर्का एकजना महासेनानीलाई सहायक रथीमा बढुवा गर्ने र १९ जना सहायक सेनानीहरूको सरुवा गर्ने निर्णयसमेत मन्त्रिपरिषद्ले गरेको छ।

 

प्रतिकृया दिनुहोस्

आज २०८२ साल फागुन २९ गतेको राशिफल

आज फागुन २९, २०८२ ( मार्च १३, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

शीर्षक : रंगेलीमा दुई बालक बेहोस अवस्थामा फेला, अपहरण आशंकामा प्रहरीद्वारा सोधपुछ

रंगेली (मोरङ), फाल्गुन २८ बिहीबार : मोरङको रंगेली नगरपालिका–५ मा दुई जना बालक बेहोस अवस्थामा...

इनिसा विक हत्या प्रकरणको थप अनुसन्धान सीआईबीद्वारा सुरु

सुर्खेत, फागुन २८ — सुर्खेतमा एक किशोरीको हत्या भएको घटनाको थप अनुसन्धान अब केन्द्रीय अनुसन्धान...

बालेनलाई संसदीय दलको नेता बनाउन रास्वपाले विधान सच्याउनुपर्ने

काठमाडौं, फागुन २८ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले वरिष्ठ नेता बालेन शाहलाई संसदीय दलको...

मध्यपूर्व तनावको असर : भारततर्फ आउँदै गरेको जहाजमा आक्रमण, तेल मूल्य उकालो

काठमाडौँ : विश्वकै सबैभन्दा व्यस्त समुद्री मार्ग मानिने स्ट्रेट अफ होर्मुजमा बुधबार भएका शृंखलाबद्ध आक्रमणमध्ये...