News Portal

  • लोकतन्त्रको आवरणमा छुपेका तानाशाहहरु – कमला थापा

    ९० पटक

    २०८२ असार ३० गते।
    विश्वका ईतिहासमा १७ औं शताब्दीदेखि १९औं शताब्दीको मध्यसम्म विश्वभरी अति क्रुददेखी केही अली कम क्रुद तानाशाहहरुले शासन गरेका थिए। त्यसमा अति क्रुद तानाशाह जर्मनका हिटलरलाई लिने गरिन्छ। हिटलर पनि दलगत राजनिति, ब्यालेटबाटै आएका थिए। उनी नाजी पार्टिको नेतृत्व गर्थे। अति महत्वाकांक्षी भएका कारण हिटलरले पछि लोकतन्त्रको हत्या गरेर एकतन्त्रीय शासन चलाउन थाले। यिनले दोस्रो विश्वयुद्ध गराए। उग्रराष्ट्रवादका नाउमा जर्मन जातिका श्रेष्ठता प्रचार गर्दै अन्य जाति, धर्माबलम्बहरुलाई होच्याउदै गए। उनले करोडौं मानिसहरुको निर्मम हत्या गरेको इतिहासले बताउँछ। त्यति भैकन पनि उनमा शैन्य कुशलता र राजनितिक भाषन शैली भएका झुट, फरेव बोलेर भएपनि जनतालाई आकर्षण गर्न‌ सक्ने कला भएका तानाशाहका रुपमा लिइन्छ।

    “नेपालका कम्निस्टहरुले आफ्नो पार्टि कार्यालयमा माक्स, लेलिन, माओ र स्टालिनको फोटो राखेका छन्। फोटो राख्ने मात्र हैन तिनैको पुजा गर्छन्। जो ब्यक्तिहरु आज पनि विश्वमा तानाशाहका रुपमा चिनिन्छन्। तिनैलाई हाम्रा कम्निस्टहरु राजनितिक गुरु मान्छन्। त्यसैले नेपालका कम्निस्टहरु लोकतन्त्रबादी कसरी हुन सक्छन् ? जनताप्रति अनुत्तरदायी क्रुरर, भ्रष्ट, माफिया, तस्कर, बिचौलियाहरुको मात्र सम्रक्षण गर्नेले देशको धर्म, संस्कृति रीतिरिवाज, परम्पराको नष्ट गरे। जुन देशको शासकले आफ्नो देशको राष्ट्रिय धर्म मान्दैन त्यसले बिस्तारै तानाशाहको रुप धारण गर्दै जान्छ।”

    तानाशाहरुको जन्म “म” तानाशाही हुन्छु भनेर जन्मिने होईन। जब ब्यक्ति पार्टिबाट धेरै पटक शासन सत्तामा बस्छ। तब उ शक्तिको आडमा तानाशाही चरित्रमा परिणत हुदै जादोरहेछ। त्यतिबेला उस्लाई लाग्न थाल्छ अब मैले जे बोलेपनि जे गरेपनि मलाई उछिन्न सक्ने कोही छैन। आज त्यस्तै अबस्था नेपालमा छ। नेपालका कम्निस्टहरुले आफ्नो पार्टि कार्यालयमा माक्स, लेलिन, माओ र स्टालिनको फोटो राखेका छन्। फोटो राख्ने मात्र हैन तिनैको पुजा गर्छन्। जो ब्यक्तिहरु आज पनि विश्वमा तानाशाहका रुपमा चिनिन्छन्। तिनैलाई हाम्रा कम्निस्टहरु राजनितिक गुरु मान्छन्। त्यसैले नेपालका कम्निस्टहरु लोकतन्त्रबादी कसरी हुन सक्छन् ? जनताप्रति अनुत्तरदायी क्रुरर, भ्रष्ट, माफिया, तस्कर, बिचौलियाहरुको मात्र सम्रक्षण गर्नेले देशको धर्म, संस्कृति रीतिरिवाज, परम्पराको नष्ट गरे। जुन देशको शासकले आफ्नो देशको राष्ट्रिय धर्म मान्दैन त्यसले बिस्तारै तानाशाहको रुप धारण गर्दै जान्छ।

    “संबाद सचिव डा. फनीराज पाठकलाई सोधपुछका लागि प्रहरी हिराशतमा लिईयो र सोहि दिन बेलुका कागज गरेर छोडियो भन्ने समाचार सुनियो। श्री ५ लाई श्री ५ लेख्नु त्यो राजसंस्थाको नैसर्गिक अधिकार हो। जहाँसम्म यो संविधानले चिन्दैन भन्ने आरोप छ। पंचायती संविधानले पनि त बहुदललाई चिन्दैन थियो। जनताको माग आन्दोलनलाई आत्मसाथ गर्दै राजा बिरेन्द्र शाहले बहुदलिय ब्यबस्था दिए। त्यो संविधानले नै राजा र जनता सबै अटाउने प्रजातन्त्र दियो। त्यो राष्ट्रनायक पृथ्वीनारायण शाहको एकिकरणको जग थियो। संबैधानिक राजतन्त्र र बहुदलीय प्रजातन्त्रको स्थापना भयो।”

    यसको ज्वलन्त उदाहरण राष्ट्रनायक पृथ्वीनारायण शाहले एकिकरण गरेर आर्जेको मूलुक आज उनैको बंशजलाई बिस्थापित गरेर उनैलाई अपमान गर्ने र “पृथ्वी पथको” अपमान गर्दैछन्। कार्यकारी पदमा भएका ब्यक्तिहरुको हकमा पद बाहिर हुदां “पूर्व” लेखिन्छ, तर राजालाई पूर्व भनिदैन यदि भनिन्छ भने वर्तमान राजा देखाउनुपर्यो। राजा ज्ञानेन्द्र शाहलाई, श्री ५ ज्ञानेन्द्र शाह लेखिएको भनेर उनका संबाद सचिव डा. फनीराज पाठकलाई सोधपुछका लागि प्रहरी हिराशतमा लिईयो र सोहि दिन बेलुका कागज गरेर छोडियो भन्ने समाचार सुनियो। श्री ५ लाई श्री ५ लेख्नु त्यो राजसंस्थाको नैसर्गिक अधिकार हो। जहाँसम्म यो संविधानले चिन्दैन भन्ने आरोप छ। पंचायती संविधानले पनि त बहुदललाई चिन्दैन थियो। जनताको माग आन्दोलनलाई आत्मसाथ गर्दै राजा बिरेन्द्र शाहले बहुदलिय ब्यबस्था दिए। त्यो संविधानले नै राजा र जनता सबै अटाउने प्रजातन्त्र दियो। त्यो राष्ट्रनायक पृथ्वीनारायण शाहको एकिकरणको जग थियो। संबैधानिक राजतन्त्र र बहुदलीय प्रजातन्त्रको स्थापना भयो।

    “राजालाई अहिलेसम्म बाहिर किन राखियो ? यो जनताको प्रश्न हो। दलहरुले गरेको सम्झौताको पालना हुनुपर्यो। देश बर्वाद हुदै गयो हामिलाई राजसंस्था चाहियो भन्ने जनताको माग हो। जनताको प्रश्नको उत्तर दिन नसक्ने राजनैतिक दलहरु तानाशाह हुन की राजा ? त्यसैले नेपाली जनताको हृदय भित्र रहेको राजसंस्थालाई दलहरुको कित्ताकाटले रोक्न सक्दैन।”

    राजनीतिक दलहरुको जाल, झेल र बिदेशी हस्तक्षेपका कारण राजा ज्ञानेन्द्र शाहसंग एउटा कुरा गरियो, लिखित सम्झौताहरु गरियो र केही दिनका लागि बाहिर बसिदिनु पर्यो भनियो। राजा ज्ञानेन्द्र शाहले जनताको आवाजलाई शिरोधार्य गर्दै आफ्नो “नासो” जनतालाई सुरक्षित राख्ने जिम्मा दिएर बाहिर बसिदिए। राजाले आफ्नो वचन पुरा गरे तर राजनैतिक दलहरुले त्यो वचन आजसम्म पुरा गरेनन्। त्यसैले राजालाई अहिलेसम्म बाहिर किन राखियो ? यो जनताको प्रश्न हो। दलहरुले गरेको सम्झौताको पालना हुनुपर्यो। देश बर्वाद हुदै गयो हामिलाई राजसंस्था चाहियो भन्ने जनताको माग हो। जनताको प्रश्नको उत्तर दिन नसक्ने राजनैतिक दलहरु तानाशाह हुन की राजा ? त्यसैले नेपाली जनताको हृदय भित्र रहेको राजसंस्थालाई दलहरुको कित्ताकाटले रोक्न सक्दैन।

    “यो संविधान दलहरुले बनाएको हो भने, दलहरुले नै बनाएको रास्ट्रपतिले संविधानको उलंघन किन गरिदै छ ? दुईपटक राष्ट्रपति भैसकेको ब्यक्ति पूर्व हुने बित्तिकै फेरि सक्रिय राजनितिमा फर्किन मिल्छ ? आफुलाई जसो मन लाग्यो उस्तै भाष्य निर्माण गरेर हुने, हो भने अरुले यो संविधान मान्नुपर्ने बाध्यात्मक अवस्था कसरी रहन्छ ? श्री ५ लेख्न कुनै कानूनले रोकेको देखिन्न। राजालाई संम्बिधानले नचिन्ने, पूर्वराष्ट्रपति संम्बिधान र कानूनले बोलेको छैन भन्ने यो कस्तो भाष्य हो ? त्यसैले यो संविधानको हत्या कसैले गरेको छ भने दलहरुबाटै भैईरहेको छ। दोष अरुलाई लगाएर उम्कन पाईदैन।”

    राजनैतिक दलहरु गर्वका साथ भन्छन्। यो संम्बिधान हामिले बनाएको ! हामि सोध्न चाहन्छौ यदि यो संविधान दलहरुले बनाएको हो भने, दलहरुले नै बनाएको रास्ट्रपतिले संविधानको उलंघन किन गरिदै छ ? दुईपटक राष्ट्रपति भैसकेको ब्यक्ति पूर्व हुने बित्तिकै फेरि सक्रिय राजनितिमा फर्किन मिल्छ ? आफुलाई जसो मन लाग्यो उस्तै भाष्य निर्माण गरेर हुने, हो भने अरुले यो संविधान मान्नुपर्ने बाध्यात्मक अवस्था कसरी रहन्छ ? श्री ५ लेख्न कुनै कानूनले रोकेको देखिन्न। राजालाई संम्बिधानले नचिन्ने, पूर्वराष्ट्रपति संम्बिधान र कानूनले बोलेको छैन भन्ने यो कस्तो भाष्य हो ? त्यसैले यो संविधानको हत्या कसैले गरेको छ भने दलहरुबाटै भैईरहेको छ। दोष अरुलाई लगाएर उम्कन पाईदैन।

    अहिले सबै दल भित्र लोकतन्त्रको खोजी हुदैछ। आफ्नै पार्टिको अधिबेशन समयमै हुनुपर्यो भन्ने दवाव श्रृजना गर्नु परेको अबस्था छ। यो लाजमर्दो कुरा हो। त्यो पनि प्रजातान्त्रिक पार्टी नेपाली कांग्रेस भित्र। नेपाली कांग्रेस ईतरपक्षका बरिष्ठ नेता डा. शेखर कोइराला पक्षधरहरु दवाव दिदैछन्। परि आए आमरण अनसनमा बस्न सक्ने चेतावनी राजनीतिक अनुभवले खारिएका र अनुशासित बरिष्ठ नेता अर्जुननरसिंह केसीको छ। उता संस्थापन पक्ष कार्यकर्ताहरु माथि बेमौसमको अनुशासनको कार्वाही गरेर आफ्नो भ्रष्ट आचरणको घमण्ड देखाउदै छ। अहिले दर्जनौं जिल्लाका कर्मठ कार्यकर्ताहरुलाई अनुशासनको कार्वाही गरेर निस्कासन गरिरहे छ। आज तिन/चार जिल्ला काठमाण्डौं सम्पर्क समितिको अनुपम फुडल्याण्डमा कार्यक्रम भैरहेको छ। जसमा दर्जनौँ नेताहरुले संबोधन गर्ने छन्। सभापति देउवाले यसलाई हचुवामा लिनुहुदैन। अहिले कार्यकताले कृयाशिल सदस्यता रिनु नगरेको खबरहरु प्राप्त भैरहेको छ। संगठन‌ कर्ता, कार्यकर्ताका विश्वासिला नेताहरुलाई भित्तैसम्म पुर्याउने नियत सभापतिको रहिरहने हो भने भोली कांग्रेसले जनताबाट हात धुनुपर्ने अबस्था निश्चित छ। कार्यकर्ताको उर्लंदो आकर्षणले कोइरालालाई अबस्य पनि बिश्राम लिन दिने छैनन्। त्यसैले सभापतिले अनुशासनको कार्वाही फिर्ता लिनु र समयमा अधिवेशन गराउनुमै कांग्रेसको भलाई देखिन्छ। बाँकी पशुपतिनाथले हामी सबैको रक्षा गरुन।
    जय नेपाल।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    लोकतन्त्रको आवरणमा छुपेका तानाशाहहरु – कमला थापा

    २०८२ असार ३० गते। विश्वका ईतिहासमा १७ औं शताब्दीदेखि १९औं शताब्दीको मध्यसम्म विश्वभरी अति क्रुददेखी...

    ललितपुरमा कौडा खेल्दै गरेका ११ जना पक्राउ, लाखौं नगद बरामद

    ललितपुर — कौडा खेलिरहेको गोप्य सूचना पाएपछि ललितपुर प्रहरीले कोणवहाल क्षेत्रमा छापा मारेर ११ जनालाई...

    टिकटकबाट प्रेममा बाँधिएका आयुष र एलिजेले काठमाडौं अदालतमा गरे विवाह

    काठमाडौं, असार ३० – टिकटकमा लोकप्रियता कमाउन सफल युवा जोडी आयुष सिंह ठकुरी र एलिजे...

    न्यूनतम सेवा मापदण्डका विभिन्न सूचकहरूका रंगेली अस्पतालले ८६ प्रतिशत अंक ल्याउन सफल

    रविन्द्र बराल/ मोरङ, असार ३० – मोरङको रंगेली अस्पताल देशैभरिको उत्कृष्ट र नमुना अस्पताल बन्न...

    रंगेली, सुनवर्षी, धनपालथान र रतुवामाईमा १२६ जनाको मृत्यु

    रविन्द्र बराल/ मोरङ, असार ३० – मोरङको रंगेली, सुनवर्षी, धनपालथान र रतुवामाई नगरपालिकामा आर्थिक वर्ष...