News Portal

स्पेन प्रकरण : भिसा काण्ड छानबिन गर्न गृह मन्त्रालयमा उच्चस्तरीय छलफल

२७९ पटक

काठमाडौं, असार ३० – स्पेनमा आयोजित एक अन्तर्राष्ट्रिय कार्यक्रममा सहभागी गराउने भन्दै अनधिकृत रूपमा भिसा उपलब्ध गराइएका व्यक्तिहरूको प्रकरणमा सरकारले कडा कदम चाल्ने भएको छ। गृहमन्त्री रमेश लेखकको पहलमा आज आकस्मिक रूपमा सिंहदरबारस्थित गृह मन्त्रालयमा उच्चस्तरीय बैठक बस्दैछ।

बैठकमा गृहसचिव गोकर्णमणि दवाडी, नेपाल प्रहरीका महानिरीक्षक दीपक थापा, केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) प्रमुख चन्द्रकुबेर खापुङ, मानव बेचबिखन अनुसन्धान ब्युरोका प्रमुख कृष्ण पंगेनी र अध्यागमन विभागका महानिर्देशक गोविन्द रिजाल सहभागी हुँदैछन्।

गृह मन्त्रालय स्रोतका अनुसार सो बैठकमा कुन गैरसरकारी संस्था (एनजीओ) वा अन्तर्राष्ट्रिय गैरसरकारी संस्था (आईएनजीओ) ले अवैध रूपमा पैसा उठाएर व्यक्तिहरूलाई स्पेन पुर्यायो भन्ने यथार्थ पत्ता लगाउन सुरक्षा निकायलाई निर्देशन दिने तयारी छ।

आज बिहानै गृहमन्त्री लेखकले गृहसचिव र प्रहरी महानिरीक्षकलाई बोलाएर उक्त घटनाबारे छिटोभन्दा छिटो छानबिन अघि बढाउन निर्देशन दिएका थिए। गृह मन्त्रालयले घटनालाई गम्भीर रूपमा लिएर कारबाही प्रक्रिया अगाडि बढाउने संकेत दिएको छ।

 

प्रतिकृया दिनुहोस्

सिताराम गोकुल मिल्क्सको दूध बिक्रीमा रोक, गुणस्तर कम भेटिएपछि कारबाही

काठमाडौं, ३ चैत – खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले कीर्तिपुरस्थित सीताराम गोकुल मिल्क्सले उत्पादन...

पोखरामा प्याराग्लाइडिङ पुनः सुरु हुने, च्याम्पियनसिप आयोजना हुँदै

कास्की, चैत ३ – पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको कारण रोकिएको प्याराग्लाइडिङ खेल अब फेरि सुरु हुँदैछ।...

आज २०८२ साल चैत ३ गतेको राशिफल

आज चैत ३, २०८२ ( मार्च १७, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

हिलेपोखरी आधारभूत विद्यालयको ३६औँ वार्षिकोत्सव तथा अभिभावक दिवस भव्य रूपमा सम्पन्न

धादिङ – गङ्गाजमुना गाउँपालिका–५ स्थित हिलेपोखरी आधारभूत विद्यालयको ३६औँ वार्षिकोत्सव तथा अभिभावक दिवस भव्य कार्यक्रमका...

जेनजी आन्दोलनका शहीदका आमा रचना खतिवडा रास्वपाबाट सांसद बन्ने

काठमाडौं, २ चैत – जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएका रसिक खतिवडाकी आमा रचना खतिवडा क्षेत्री...