News Portal

  • २० वर्ष पुगेपछि विवाह र सन्तान जन्माउन युवालाई प्रोत्साहन गर्नुपर्छ : प्रधानमन्त्री ओली

    ६० पटक

    काठमाडौं, असार २७ – विश्व जनसंख्या दिवस तथा राष्ट्रिय जनसंख्या नीति सार्वजनिक समारोहलाई शुक्रबार सम्बोधन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले युवाहरूलाई २० वर्ष उमेर पुगेपछि विवाह गरी समयमै सन्तान जन्माउन उत्प्रेरित गर्न आवश्यक रहेको बताएका छन्।

    उनले भने, “विकास र समृद्धिसँगै जनसङ्ख्याको सन्तुलित वृद्धिले मात्र मानव अस्तित्व सुरक्षित रहन्छ। त्यसैले प्रजनन क्षमताको अनुकूल समयमा विवाह र सन्तान जन्माउनुपर्छ।” आफ्नै अनुभव सुनाउँदै ओलीले अत्यधिक व्यस्तताका कारण सन्तान नहुने अवस्था बनेको भन्दै यसलाई समयमै सच्याउनुपर्ने बताए।

    उनका अनुसार सरकारले विवाहको न्यूनतम उमेर २० वर्ष तोकेको हुँदा त्यसपछि विवाह गरेर ३० वर्ष नपुग्दै तीन जना सन्तान पाइसक्नुपर्ने धारणा राखे। “४० कटेपछि रमाउला भन्ने गीतले होइन, समयमा परिवार विस्तार गरेर रमाउनुपर्छ,” प्रधानमन्त्री ओलीको भनाइ थियो।

    प्रधानमन्त्री ओलीले विकास र जनसङ्ख्या वृद्धिको गति सँगसँगै अगाडि बढ्नुपर्नेमा जोड दिँदै हरेक नागरिकले आफ्नो सन्तान वृत्तिलाई पृथ्वीका लागि जिम्मेवारीको रूपमा बुझ्नुपर्ने बताए। “जनसङ्ख्या बिना देश हुँदैन। जनसङ्ख्या नीतिको प्रभावकारी कार्यान्वयनमा लाग्नुपर्छ,” उनले भने।

    उनले शक्तिशाली मुलुकहरूलाई इंगित गर्दै केवल आफ्नो स्वार्थका लागि हतियार बनाएर मान्छे मार्ने प्रवृत्तिको आलोचना समेत गरे। “मानव जातिको सृष्टि नै अमूल्य छ। आफ्नो स्वार्थका लागि निर्दोष मानिस मार्ने काम बन्द हुनुपर्छ,” उनले चेतावनी दिए।

    प्रधानमन्त्री ओलीले सन्तान नपाउनुपर्छ भन्ने जनचेतनाले जनसङ्ख्या नै ऋणात्मक बन्ने स्थिति सृजना गरेकोमा चिन्ता व्यक्त गरे। उनले विश्वका विकसित देशहरूमा समेत जनसङ्ख्याको कमीले अस्तित्व नै संकटमा पारेको भन्दै सन्तुलित व्यवस्थापनका लागि राष्ट्रिय नीति कडाईका साथ कार्यान्वयन गर्नुपर्ने धारणा राखे।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    NRNA संम्बन्धी जनाकारी।

     

    काठमाडौं महानगरको कार्यपालिका बैठक ४५ सेकेन्डमै सकियो, नगरसभा असार २९ गते बोलाइयो

    काठमाडौं, असार २७ – लामो समयपछि बसेको काठमाडौं महानगरपालिकाको कार्यपालिका बैठक निकै छोटो अवधिमा सम्पन्न...

    धरानमा मेयर हर्क साम्पाङका समर्थकबाट पत्रकारहरू दुर्व्यवहारमा, प्रहरीमा उजुरी

    धरान, असार २७ – धरानमा समाचार संकलनमा खटिएका पत्रकारहरूलाई मेयर हर्क साम्पाङका समर्थकहरूले दुर्व्यवहार गरेका...

    चन्द्रागिरिमा मोटरसाइकल र स्कुटर ठोक्किँदा एकको मृत्यु, दुई घाइते

    काठमाडौं, असार २७ — राजधानीको चन्द्रागिरि नगरपालिका–१५ तीनथानास्थित सडक खण्डमा शुक्रबार बिहान भएको सवारी दुर्घटनामा...

    २० वर्ष पुगेपछि विवाह र सन्तान जन्माउन युवालाई प्रोत्साहन गर्नुपर्छ : प्रधानमन्त्री ओली

    काठमाडौं, असार २७ – विश्व जनसंख्या दिवस तथा राष्ट्रिय जनसंख्या नीति सार्वजनिक समारोहलाई शुक्रबार सम्बोधन...

    नेकपा एसमा विलीन हुँदै वामदेव, साउन २ मा राष्ट्रिय सभा गृहबाट एकताको घोषणा हुने

    काठमाडौं, असार २७ – नेकपा एमालेका पूर्व उपाध्यक्ष तथा नेकपा एकता राष्ट्रिय अभियानका अगुवा नेता...