News Portal

रास्वपालाई गृहमन्त्रीको चासो : लामिछाने कुन भिसामा अमेरिका पुगे ?

३२४ पटक

काठमाडौं, असार२५ – गृहमन्त्री रमेश लेखकले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको अमेरिका यात्रालाई लिएर नयाँ प्रश्न उठाउनुभएको छ। बुधबार प्रतिनिधिसभामा बोल्दै मन्त्री लेखकले लामिछाने कुन किसिमको भिसामा अमेरिका गएका थिए भन्नेबारे प्रष्ट जानकारी दिन रास्वपालाई आग्रह गर्नुभएको हो।

‘सम्माननीय लामिछानेज्यू कुनै समयमा संयुक्त राज्य अमेरिका जानुभएको थियो भन्ने सुनेको छु, त्यो भ्रमण के साँच्चै भिजिट भिसामा थियो ?’ मन्त्री लेखकको प्रश्न थियो।

गृहमन्त्री लेखकले लामिछानेले भिजिट भिसामै अमेरिका गएर सोही देशको नागरिकता लिएको हो कि होइन भन्ने आशंका पनि राख्नुभयो। उहाँले भने, ‘भिजिट भिसा लिएर अरूको देशमा नागरिकता लिन पाइन्छ कि पाइँदैन ? यो बुझ्नै पर्ने कुरा हो।’

उनले रास्वपा र त्यसका नेताहरूले भिजिट भिसा दुरुपयोग गरेको विषय उठाउँदै यस्तो पार्टीका कार्यकर्ताले अरूलाई नैतिकताको पाठ पढाउन मिल्छ कि भन्ने प्रश्नसमेत गरे। ‘आफूले गर्न नसक्ने कुरा अरूलाई सिकाउनु ठीक होइन, नैतिकताको अभ्यास आफूबाटै सुरु गर्नुपर्छ,’ गृहमन्त्री लेखकले संसदमा स्पष्ट पार्नुभयो।

 

प्रतिकृया दिनुहोस्

कांग्रेस संसदीय दलको नेता चयन रोकियो, सहमतिका लागि थप प्रयास जारी

वैशाख ११, काठमाडौं – नेपाली कांग्रेसले संसदीय दलको नेता चयन प्रक्रिया तत्कालका लागि स्थगित गरेको...

सुकुमवासी बस्ती हटाउने निर्णयविरुद्ध थापाथलीमा प्रदर्शन

काठमाडौं, ११ वैशाख – सरकारले सुकुमवासी बस्ती हटाउने निर्णय गरेपछि थापाथली क्षेत्रमा स्थानीय बासिन्दा र...

आज २०८३ साल वैशाख ११ गतेको राशिफल

आज वैशाख ११, २०८३ ( अप्रिल २३, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

गौतमबुद्ध विमानस्थलमा ४६ लाखको व्यापार, पोखरा विमानस्थल अझै शून्य

काठमाडौं, १० वैशाख – नेपालमा निर्माण भएका दुई नयाँ अन्तर्राष्ट्रिय विमानस्थलबाट अपेक्षाअनुसार वैदेशिक व्यापार हुन...

बाल विवाह आरोपपछि पक्राउ युवकको मृत्यु प्रकरण विवादमा

सिन्धुली, १० वैशाख – बाल विवाहको आरोपमा पक्राउ परेका २३ वर्षीय श्रीकृष्ण विकको प्रहरी हिरासतमा...