News Portal

रास्वपालाई गृहमन्त्रीको चासो : लामिछाने कुन भिसामा अमेरिका पुगे ?

२३७ पटक

काठमाडौं, असार२५ – गृहमन्त्री रमेश लेखकले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको अमेरिका यात्रालाई लिएर नयाँ प्रश्न उठाउनुभएको छ। बुधबार प्रतिनिधिसभामा बोल्दै मन्त्री लेखकले लामिछाने कुन किसिमको भिसामा अमेरिका गएका थिए भन्नेबारे प्रष्ट जानकारी दिन रास्वपालाई आग्रह गर्नुभएको हो।

‘सम्माननीय लामिछानेज्यू कुनै समयमा संयुक्त राज्य अमेरिका जानुभएको थियो भन्ने सुनेको छु, त्यो भ्रमण के साँच्चै भिजिट भिसामा थियो ?’ मन्त्री लेखकको प्रश्न थियो।

गृहमन्त्री लेखकले लामिछानेले भिजिट भिसामै अमेरिका गएर सोही देशको नागरिकता लिएको हो कि होइन भन्ने आशंका पनि राख्नुभयो। उहाँले भने, ‘भिजिट भिसा लिएर अरूको देशमा नागरिकता लिन पाइन्छ कि पाइँदैन ? यो बुझ्नै पर्ने कुरा हो।’

उनले रास्वपा र त्यसका नेताहरूले भिजिट भिसा दुरुपयोग गरेको विषय उठाउँदै यस्तो पार्टीका कार्यकर्ताले अरूलाई नैतिकताको पाठ पढाउन मिल्छ कि भन्ने प्रश्नसमेत गरे। ‘आफूले गर्न नसक्ने कुरा अरूलाई सिकाउनु ठीक होइन, नैतिकताको अभ्यास आफूबाटै सुरु गर्नुपर्छ,’ गृहमन्त्री लेखकले संसदमा स्पष्ट पार्नुभयो।

 

प्रतिकृया दिनुहोस्

आज २०८२ साल माघ १० गतेको राशिफल

आज माघ १०, २०८२ (जनवरी २४, २०२६) को राशिफल यस प्रकार रहेको छ मेष (चु,...

ओलीले झापामा नेताहरुलाई मतदातासँग सिधा सम्पर्क बढाउन निर्देशन दिए

झापा, ९ माघ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले झापाका नेताहरुलाई प्रत्यक्ष रुपमा मतदातासँग...

धादिङ–२ बाट आशिका तामाङले उम्मेदवारी फिर्ता लिने

काठमाडौं, ९ माघ – रास्वपा पार्टीबाट धादिङ–२ मा उम्मेदवार बनेकी आशिका तामाङले आफ्नो उम्मेदवारी फिर्ता...

बाबुराम भट्टराईले गोरखा–२ बाट उम्मेदवारी फिर्ता लिए, साझा भूमिकाबाट सहयोग गर्ने घोषणा

गोरखा/काठमाडौं, ९ माघ – पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले गोरखा क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा निर्वाचनका...

आज २०८२ साल माघ ९ गतेको राशिफल

आज माघ ९, २०८२ (जनवरी २३, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...