News Portal

भिजिट भिसा दुरुपयोग प्रकरण : छानबिन समिति नबनेसम्म आन्दोलन नरोकिने राप्रपाको चेतावनी

३१५ पटक

काठमाडौं, असार २३ – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले भिजिट भिसा दुरुपयोग प्रकरणमा संसदीय छानबिन समिति गठन नभएसम्म आफ्नो आन्दोलन नरोकिने स्पष्ट पारेको छ। सोमबार प्रतिनिधिसभाको बैठकमा राप्रपाका सांसद दीपक सिंहले सरकारले दुई तिहाइको बलमा संसद् चलाउन खोजेको भन्दै कडा आपत्ति जनाए।

सांसद सिंहका अनुसार भिजिट भिसा दुरुपयोग प्रकरणले संसारभर नेपालीको छवि धमिल्याएको छ तर यस्तो गम्भीर विषयमा सरकारले छानबिन समिति गठन गर्न आलटाल गरिरहेको छ। उनले प्रधानमन्त्रीदेखि तल्लो तहका कर्मचारीसम्म मुछिएको भन्दै दोषी पहिचान गर्न संसदीय छानबिन समिति आवश्यक रहेको बताए।

‘अन्य धेरै विषयमा समिति बनाइन्छ तर यत्रो संवेदनशील प्रकरणमा किन छानबिन समिति बनाउन डराइयो ? यदि तत्काल समिति गठन भएन भने राप्रपाले संसद् बहिष्कारलाई निरन्तरता दिनेछ,’ सिंहले चेतावनी दिए।

उनले संसद् अवरुद्ध भएको ४१ दिनभन्दा बढी भइसकेको स्मरण गराउँदै सरकारलाई दुई तिहाइको दम्भ देखाएर सदन चलाउन नदिने बताए। सिंहले सरकारले छानबिनबाट पन्छिन खोज्दा जनतामा अझै शंका बढेको पनि टिप्पणी गरे।

 

प्रतिकृया दिनुहोस्

मेयर श्याम राजवंशीमाथि विद्युत कर्मचारी दुर्व्यवहारको आरोप

रबिन्द्र बराल मोरङ — सुनबर्सी नगरपालिकाका मेयर श्याम राजवंशीमाथि नेपाल विद्युत प्राधिकरण रङ्गेलीका कर्मचारीमाथि दुर्व्यवहार...

वृद्धभत्ता लिन बिहानैदेखि बैंकको गेटमा वृद्धहरूको लाम, सास्ती र खर्च बढ्दो

रबिन्द्र बराल-मोरङको रंगेली–७ स्थित प्रभु बैंक अगाडि वृद्धभत्ता बुझ्न आउने ज्येष्ठ नागरिकहरूको बिहानैदेखि भीड लाग्ने...

संसद छलेर अध्यादेश ल्याउनु बहादुरी होइन : आफ्नै सरकारमाथि रास्वपा सांसद गणेश कार्कीको कडा टिप्पणी

काठमाडौं -राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रतिनिधिसभा सदस्य गणेश कार्कीले संसद अधिवेशन रोकेर अध्यादेश ल्याउने सरकारको...

रंगेलीका विद्यालयको शैक्षिक अवस्था चिन्ताजनक, नगरस्तरीय कक्षा ८ परीक्षामा ४८.०४ प्रतिशत मात्र उत्तीर्ण

रबिन्द्र बराल– मोरङको रंगेली नगरपालिकाभित्र रहेका सामुदायिक विद्यालयहरूको शैक्षिक अवस्था कमजोर बन्दै गएको देखिएको छ।...

विद्यार्थी भर्ना अभियान सुरु, रंगेलीका विद्यालयद्वारा घरदैलो कार्यक्रम सञ्चालन

रबिन्द्र बराल – मोरङको रंगेली नगरपालिका–७ स्थित निचामारी आधारभूत विद्यालय, आदर्श माध्यमिक विद्यालय तथा पब्लिक...