News Portal

धैर्यता भित्र लुकेका प्रश्नहरु – कमला थापा

५७८ पटक

२०८२ असार २२ गते।

नेपाली कांग्रेसमा कोइरालाहरु अरु नेतृत्व भन्दा निकै सरल, शालिन कार्यकर्ताका विचमा जाने, संगठनप्रति कृयाशिल रहने, जनता र कार्यकर्ताका कुरा सुन्ने त्यस्लाई कार्यान्वयनमा लाने, सामाधानका मार्ग पहिल्याउने नेतामा मानिन्छन्। स्व. गिरिजाबाबु र स्व. सुशील कोइरालापछि अहिले बरिष्ठ नेता डा. शेखर कोइराला पर्दछन्। शेखर कोइराला ७४ को निर्वाचनपछिदेखि उनले सायदै बिश्राम लिएका होलान्। त्यति खट्टिने नेता कि त गिरिजाबाबु, सुशील कोइराला थिए, भने अहिले शेखर कोइराला नै देखिन्छन्। जब नेता जनताका माझमा पुग्छन्, त्याहां पार्टिलाई सुझाब, गुनासाहरु अबस्य पनि प्रसस्तै हुन्छ। अहिले शेखर कोइरालाले उठाएका जुन कुराहरु छन्, ति १४ औं महाधिवेशनदेखि उठेका जस् उपर केन्द्रमा उजुरी परेका र सर्वोच्च अदालतसम्म पनि पुगेका कुराहरु हुन्। जस्लाई बर्तमान नेतृत्वले बहुमतका आधारमा पेल्दै हुर्काएका ऐजेरुहरु भित्र पर्दछन्।

“नेतृत्वको हेपाहा प्रवृत्ति, दासत्व र निरंकुश मनोभावनाले उब्जाएका प्रश्नहरु हुन्, भन्दा फरक नपर्ला। कोइरालाको मौनताको बिस्फोट, उनका जायज प्रश्नहरुको सामाधानको उत्तर नेतृत्वले समयमै दिन सकेन या सामाधान गर्ने मार्ग रोजेन भने यसले पार्टी भित्र ठुलै बिष्फोटको तरंग नल्याउला भन्न सकिन्न।”

अहिले कोईरालाले उठाएका १० प्रश्न ति १०/१२ बर्षदेखि उकुसमुकुस भएर बसेका प्रश्नहरु हुन्। शालिन र धैर्य स्वभावका ब्यक्ति भित्र गुम्सिएका यस्ता प्रश्न धेरै होलान् तर उनले यति मात्र प्रस्तुत गरे। एउटा ऐतिहासिक प्रजातान्त्रिक पार्टि भित्र यतिधेरै फोहर थुप्रिनु भनेको त्यो आफैमा लजास्पद कुरा हो। यसलाई कोइरालाको धैर्यता र मौनताको बिस्फोट भन्न सकिन्छ। जस्लाई नेतृत्वको हेपाहा प्रवृत्ति, दासत्व र निरंकुश मनोभावनाले उब्जाएका प्रश्नहरु हुन्, भन्दा फरक नपर्ला। कोइरालाको मौनताको बिस्फोट, उनका जायज प्रश्नहरुको सामाधानको उत्तर नेतृत्वले समयमै दिन सकेन या सामाधान गर्ने मार्ग रोजेन भने यसले पार्टी भित्र ठुलै बिष्फोटको तरंग नल्याउला भन्न सकिन्न।

पार्टि भनेको बिचार हो। जहाँ बिचारको संकट हुन्छ पार्टि, पार्टि जस्तो रहन्न। त्यो एउटा निरंकुश भिड हुनजान्छ। अहिलेको कांग्रेस त्यस्तै अबस्थामा छ। पार्टिका कुनै पनि भातृ संस्थाहरुको अधिबेशन ९/१० बर्षदेखि भएका छैनन्, सबै टिके प्रथाबाट संन्चालित छ।

“नेपाली कांग्रेसको आत्मा हराएको एउटा जिउदो लाश सरह भएको, कांग्रेस भित्र बैचारिक विचलनले विपी कोइरालाको सिद्धान्त, मुल्य, मान्यता र विधि, विधानको गला घोटिएको अस्तित्व र आत्माको निर्मम हत्या गरिएको दर्दनाक ब्यथाको बिष्फोट नहोला भन्न‌ सकिन्न।”

जब पार्टि र त्यसका भातृ संस्थाहरु कृयाशिल, चलाएमान हुदैनन्, भने त्यो पार्टि कसरी बलियो हुन्छ ? त्यो त मृत अवस्थामा पुगेको सरह हो। हिजोका भातृ संगठनहरु कसरी चलाईएको थियो ? र कस्तो उर्जाशील थियो। एक पटक पुनर मुल्यांकन गर्न सुझाव छ। कोइरालाका ति प्रश्न भित्र सत्ता साझेदारीका कुरा मात्र छैनन्। त्यहाँ त नेपाली कांग्रेसको आत्मा हराएको एउटा जिउदो लाश सरह भएको, कांग्रेस भित्र बैचारिक विचलनले विपी कोइरालाको सिद्धान्त, मुल्य, मान्यता र विधि, विधानको गला घोटिएको अस्तित्व र आत्माको निर्मम हत्या गरिएको दर्दनाक ब्यथाको बिष्फोट नहोला भन्न‌ सकिन्न।

“आफ्नै बाबुको नाम बदनाम गरेर बिक्ने, सिद्धान्तलाई बेचेर खाने नेता आफ्नो देशको अस्मिता राष्ट्र, राष्टि्यता, धर्म, संस्कृति बिदेशीलाई, गोप्य सूचनाहरु बेच्ने सरकार, ती अति घातक तत्वहरु भित्र पर्दछन्।”

कांग्रेसमा गुट, उपगुटका धमिराहरु त छदै थिए। अहिले त सच्चा, ईमान्दार कांग्रेसीहरुलाई बिस्थापित गर्दै गैरकांग्रेसीहरुको बिगबिगी बढ्दै गएको र अनैतिकताले नैतिकताको गला घोटेको, कांग्रेससी आबरणमा उदाएका धनाढ्यहरु र बिचौलियाहरुले कांग्रेसको सिद्धान्त माथि धावा बोलेको सुन्दा नेतृत्वमाथि दया लागेर आउँछ। यसमा ईमान्दार कांग्रेसीहरुको ध्यानाकर्षण भएको छ। पैसामा आएका खेतालाहरुले आफ्नै साथिहरुले उठाएका शैद्धान्तिक प्रश्न माथि ति खेताला गैरकांग्रेसीहरुले जवाफ दिनु परोस्, भोली कांग्रेसकै नेतृत्वलाई पनि यसैगरी आफैले हुर्काएका ऐजेरुहरुले बिस्थापितको संघारमा नपुर्याउन, अर्कोलाई खानेले आफुलाई पनि नखाला भन्न सकिन्न कहां सकिन्छ र ? नेतृत्वको बेलैमा होस खुल्न जरुरी छ।

यी त्यस्ता घातक तत्वहरु हुन जस्ले “आफ्नै बाबुको नाम बदनाम गरेर बिक्ने, सिद्धान्तलाई बेचेर खाने नेता आफ्नो देशको अस्मिता राष्ट्र, राष्टि्यता, धर्म, संस्कृति बिदेशीलाई, गोप्य सूचनाहरु बेच्ने सरकार, ती अति घातक तत्वहरु भित्र पर्दछन्।” यस्ता तत्वहरुबाट देश र जनतालाई बताउनु राजनेताको धर्म हो। जो विपीले गरेका थिए। बरिष्ठ नेता डा. शेखर कोइरालालाई ईमान्दार कार्यकर्ताहरुको सुझाव छ। तपाई अहिलेसम्म अरु दुर्गन्धितहरु जस्तो देखिनु भएको छैन। यस्ता तत्वहरूबाट बचेर काम गर्न त्यति सजिलो पनि छैन। संगठन, जनता र राष्ट्रप्रति इमान्दार भएर खरो उत्रनुहोस। कार्यकर्ताहरुको साथ अबस्य तपाईले पाउनु हुने छ। देश र जनताको आँशु पुछ्न तपाईका कदमहरु कहिले नडगमगाउन‌‌, रुखमा लाग्न लागेका धमिराहरुबाट रुख, चारतारे झण्डा जोगाउनु होस्, तमाम ईमान्दार कार्यकर्ताहरुको साथ अबस्य रहने छ। बाँकी पशुपतिनाथले हामी सबैको कल्याण गरुन।
जय नेपाल।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष २८ गतेको राशिफल

आज पुष २८, २०८२ (जनवरी १२, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

ग्रामलक्ष्मीको १६औँ वार्षिक साधारण सभा सम्पन्न

रबिन्द्र बराल/ मोरङ, पुष २७ – मोरङको रंगेली नगरपालिका–७ मा अवस्थित ग्रामलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले...

सलमान खानको फिल्ममा काम गर्दै गर्दा प्रशान्त तामाङको निधन

काठमाडौँ, पुष २७ – चर्चित गायक तथा अभिनेता प्रशान्त तामाङको आइतबार हृदयघातका कारण निधन भएको...

१८ महिनापछि सिमलताल दुर्घटनाको बसको अवशेष फेला

नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत सिमलतालबाट त्रिशूली नदीमा खसेर १८ महिनादेखि बेपत्ता भएका दुई बसमध्ये एउटाको अवशेष फेला...

आज २०८२ साल पुष २७ गतेको राशिफल

आज पुष २७, २०८२ (जनवरी ११, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...