News Portal

रवि लामिछानेको पक्षमा हस्ताक्षर गरेपछि ट्राफिक सई खड्का हेडक्वाटरमा तानिए

२६७ पटक

काठमाडौं, असार २० – सहकारी ठगी प्रकरणमा थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेको समर्थनमा नागरिकस्तरबाट हस्ताक्षर गर्दैमा एक ट्राफिक प्रहरी सईले जागिरमै संकट ब्यहोर्नुपरेको छ।

नेपालगञ्जमा कार्यरत ट्राफिक सई कमल खड्कालाई लामिछानेको पक्षमा हस्ताक्षर गरेको भन्ने आरोप लागेपछि प्रहरी मुख्यालयले उनलाई जिम्मेवारीमुक्त गर्दै काठमाडौं तानेको हो।

लामिछानेको समर्थनमा रास्वपाले देशभर हस्ताक्षर अभियान चलाइरहेको बेला सई खड्काले समेत त्यसमा हात हालेको फोटो सामाजिक सञ्जालमा भाइरल बनेपछि प्रहरी संगठनले उनलाई छानबिनका लागि बोलाएको हो।

नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता डीआईजी विनोद घिमिरेले खड्कालाई हेडक्वाटर झिकाएर हस्ताक्षर प्रकरणको विवरण बुझिने बताएका छन्।

सहकारी ठगीको आरोपमा भैरहवा कारागारमा रहेका लामिछानेमाथि राजनीतिक प्रतिशोध साँधिएको भन्दै रास्वपा र उनका समर्थकहरूले हस्ताक्षर अभियान चलाएका हुन्। यही अभियानमा सरकारी सेवामा रहेका व्यक्तिले समेत खुलेर समर्थन जनाएको विषयले प्रहरी संगठनभित्र नै विवाद निम्त्याएको छ।

प्रतिकृया दिनुहोस्

कांग्रेस संसदीय दलको नेता चयन रोकियो, सहमतिका लागि थप प्रयास जारी

वैशाख ११, काठमाडौं – नेपाली कांग्रेसले संसदीय दलको नेता चयन प्रक्रिया तत्कालका लागि स्थगित गरेको...

सुकुमवासी बस्ती हटाउने निर्णयविरुद्ध थापाथलीमा प्रदर्शन

काठमाडौं, ११ वैशाख – सरकारले सुकुमवासी बस्ती हटाउने निर्णय गरेपछि थापाथली क्षेत्रमा स्थानीय बासिन्दा र...

आज २०८३ साल वैशाख ११ गतेको राशिफल

आज वैशाख ११, २०८३ ( अप्रिल २३, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

गौतमबुद्ध विमानस्थलमा ४६ लाखको व्यापार, पोखरा विमानस्थल अझै शून्य

काठमाडौं, १० वैशाख – नेपालमा निर्माण भएका दुई नयाँ अन्तर्राष्ट्रिय विमानस्थलबाट अपेक्षाअनुसार वैदेशिक व्यापार हुन...

बाल विवाह आरोपपछि पक्राउ युवकको मृत्यु प्रकरण विवादमा

सिन्धुली, १० वैशाख – बाल विवाहको आरोपमा पक्राउ परेका २३ वर्षीय श्रीकृष्ण विकको प्रहरी हिरासतमा...