News Portal

  • धरानको खानेपानी योजना : ‘एडीबीको ऋण नचाहिने, खोला–खोल्सीकै भरमा बाँच्ने’ — मेयर साम्पाङको कडा सन्देश

    ९८ पटक

    धरान, असार १९ — धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ राईले संघीय सरकार र खानेपानी मन्त्रालयलाई स्पष्ट सन्देश पठाएका छन् — ‘सप्तकोशीको पानी ल्याउन विदेशी ऋण नचाहिने, खोला–खोल्सीको पानीमै धरान धानिन्छ।’

    खानेपानी मन्त्री प्रदीप यादवलाई बिहीबार एक पत्र पठाउँदै मेयर साम्पाङले एसियाली विकास बैंक (एडीबी) को ऋण लिएर सप्तकोशीबाट खानेपानी ल्याउने सरकारी योजना अस्वीकार गरेका हुन् । उनका अनुसार संघीय सरकारले आर्थिक वर्ष २०८२/८३ का लागि ४ करोड रुपैयाँ छुट्याएको भए पनि बाँकी रकम विदेशी ऋणमार्फत ल्याउने कुरा सुन्दा धरानवासीलाई फेरि ऋणको भारी थोपर्न खोजिएको देखिन्छ ।

    ‘तीन दशकदेखि सप्तकोशीको पानी धरानसम्म ल्याउने विषयमा धेरैपटक मन्त्रालय धाइयो, संघर्ष गरियो । तर हिजोको भूमिगत खानेपानी आयोजना पनि एडीबीकै ऋणमा चलाइएको थियो, त्यो ऋण अझै तिर्न बाँकी छ,’ पत्रमा भनिएको छ, ‘अब फेरि त्यही ऋणको भार बोक्नु देश र धरानका लागि उपयुक्त हुँदैन।’

    प्रधानमन्त्री कार्यालयमा समेत प्रतिलिपि पठाइएको उक्त पत्रमा मेयर साम्पाङले योजना राष्ट्रिय आम्दानीबाटै पूरा गर्न सुझाएका छन् । त्यसो हुन नसके स्थानीय स्रोत साधनकै भरमा धरानवासीलाई खोला–खोल्सीको पानी प्रयोग गरी गुजारा चलाउन बाध्य हुने चेतावनी उनले दिएका छन् ।

    सप्तकोशीको पानी धरानसम्म ल्याउने दीर्घकालीन योजना संघीय सरकारले अघि सारे पनि स्थानीय तहले ऋणमुक्त अवधारणालाई जोड दिएको छ । मेयर साम्पाङले सरकारी संयन्त्रलाई विदेशी ऋणको जालोमा नफस्न आग्रह गर्दै धरानलाई आत्मनिर्भर बनाउने दृढता दोहोर्याएका छन् ।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    आज २०८२ साल साउन १ गतेको राशिफल

    आज साउन १, २०८२ (जुलाई १७, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

    एनसीसी अमेरिकाको सहमति कार्यान्वयन गराउन आरसी पराजुलीले गरे अपिल

    अमेरिका। गैरआवासीय नेपाली संघ (एनआरएनए) अमेरिका क्षेत्रका क्षेत्रीय संयोजक (आरसी) डिलुराम पराजुलीले अमेरिका र क्यानाडाका...

    विपद् व्यवस्थापनमा तीनै तहको हातेमालो आवश्यक : गृहमन्त्री लेखक

    काठमाडौं, असार ३२ – गृहमन्त्री रमेश लेखकले नेपालको भूगोल नै जोखिमयुक्त भएकाले विपद् व्यवस्थापनलाई प्रभावकारी...

    काठमाडौं चक्रपथमा गुड्न थाले १२ वटा नयाँ विद्युतीय बस

    काठमाडौं, असार ३२ – काठमाडौंको चक्रपथ क्षेत्रमा आजदेखि १२ वटा विद्युतीय बस सञ्चालनमा आएका छन्।...

    लागुऔषधसहित दमक र ईटहरीका दुई युवा पक्राउ

    रविन्द्र बराल/ मोरङ, असार ३२ – मोरङको रंगेली–४ आमतोला चोकबाट प्रहरीले लागुऔषध नाइट्राजेपामसहित दुई जना...