News Portal

माओवादी केन्द्रको माग : निजामती सेवा विधेयकमाथि भएको षड्यन्त्रको गहिरो छानबिन होस्

१९० पटक

काठमाडौं, असार १८ – प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रले निजामती सेवा विधेयकमाथि सुनियोजित रूपमा भएको भनिएको षड्यन्त्रबारे विस्तृत छानबिन गरी दोषीमाथि कडा कारबाही गर्न माग गरेको छ।

प्रतिनिधिसभाअन्तर्गतको राज्यव्यवस्था तथा सुशासन समितिको बुधबार बसेको बैठकमा माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले समितिका सभापति, सचिवदेखि अन्य सम्बन्धित सबै व्यक्तिमाथि छानबिन आवश्यक रहेको बताए।

सांसद पाण्डेले विधेयक तयार पार्ने प्रक्रियादेखि नै अनेक बाधा र अवरोध सिर्जना गरिएको उल्लेख गर्दै यसले संसद्को गरिमा नै क्षतिग्रस्त हुने गरी ठूलो षड्यन्त्र रचिएको दाबी गरे।

‘साधारण कुरा होइन, संसद्लाई नै बदनाम गर्ने गम्भीर चालबाजी भएको छ। अब यसलाई यत्तिकै छाड्न हुँदैन। उच्चस्तरीय संसदीय छानबिन समिति गठन गरी सभापति र सचिवदेखि जो जो संलग्न छन्, सबैको जिम्मेवारी तोक्नुपर्छ,’ पाण्डेले भने।

उनले षड्यन्त्रमा संलग्न भेटिने सबैलाई कडा कारबाही हुनुपर्नेमा समेत जोड दिएका छन्।

प्रतिकृया दिनुहोस्

गुणस्तर नपुगेको ‘हाइजेन रुस’ म्यांगो ड्रिंक फिर्ता गर्न निर्देशन

काठमाडौं, ३० पुस — बजारमा बिक्री भइरहेको ‘हाइजेन रुस’ ब्रान्डको म्यांगो ड्रिंकमा गुणस्तरसम्बन्धी गम्भीर कमजोरी...

रविविरुद्धका दुई अभियोग हटाउने महान्यायाधिवक्ताको निर्णय

काठमाडौं, ३० पुस — महान्यायाधिवक्ता कार्यालयले पूर्व गृहमन्त्री रवि लामिछानेमाथि विभिन्न जिल्ला अदालतमा चलिरहेका संगठित...

गगनकुमार थापाले भने आधिकारिक कांग्रेस हामी हाै

काठमाडौं – नेपाली कांग्रेसको शेरबहादुर देउवा समूहको कारबाहीमा परेका महामन्त्री गगनकुमार थापाले विशेष महाधिवेशनले पार्टीको...

कांग्रेस सहमहामन्त्री मन्सुर पाँच वर्षका लागि निष्काशित

काठमाडौं, ३० पुष – नेपाली कांग्रेसका सहमहामन्त्री फरमुल्ला मन्सुरलाई पार्टीले पाँच वर्षका लागि निष्काशन गरेको...

आज २०८२ साल ३० गतेको राशिफल

आज पुष ३०, २०८२ (जनवरी १४, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...