News Portal

कुलिङ पिरियड प्रकरणमा संसदीय छानबिन समिति गठन गर्नुपर्ने गगन थापाको माग

२०५ पटक

काठमाडौं, असार १७ – निजामती सेवा सम्बन्धी विधेयकमा देखिएको विवादका कारण प्रतिनिधिसभाको गरिमा र सांसदहरूको विश्वसनीयतामाथि प्रश्न उठेको भन्दै नेपाली कांग्रेसका महामन्त्री गगन थापाले तत्काल संसदीय छानबिन समिति गठन गर्नुपर्ने बताएका छन्।

राज्य व्यवस्था तथा सुशासन समितिका सदस्यसमेत रहेका थापाका अनुसार समितिबाट अवकाशप्राप्त कर्मचारीका लागि दुई वर्षे ‘कुलिङ पिरियड’ राख्ने सहमति भएको थियो। तर संसदमा पारित हुने क्रममा त्यो प्रावधान हटाइएको छ। उनले यो परिवर्तन मानवीय त्रुटि कि नियोजित चलखेल भन्ने छुट्याउन संसदीय तहमै सत्यतथ्य पत्ता लगाउनुपर्ने बताए।

‘कुनै व्यक्तिको लापरबाहीबाट कि बदनियत राखेर यस्तो भएको भन्ने पहिले छानबिन हुनुपर्छ। त्यसका लागि संसदकै छानबिन समिति अहिले तुरुन्त चाहिन्छ,’ थापाको भनाइ छ।

उनका अनुसार समितिले सहमतिका साथ दुई वर्षे कुलिङ पिरियड टुंगो लगाएको थियो र त्यसलाई जस्ताको तस्तै संसदमा लैजानु सचिवालयको जिम्मेवारी हो। तर समितिबाट निर्णय भएको कुरालाई बीचैमा परिवर्तन गरेर संसदबाट फरक रुपमा पास गरिएको भन्दै उनले शंका व्यक्त गरेका छन्।

थापाले सभामुखले नै संसदको गरिमा जोगाउन तत्काल छानबिन समिति बनाउनुपर्नेमा जोड दिएका छन्। उनले दोष देखिए सजाय, कमजोरी देखिए सुधार भन्ने स्पष्ट सन्देश दिनुपर्ने बताए।

‘संसद विश्वासको प्रतीक हो, यस्ता घटनाले संसदप्रति नै शंका उत्पन्न हुन्छ। अब सत्यतथ्य पत्ता लागेर दोषी को हो भन्ने नखुल्दा अनेकन अफवाहले ठाउँ पाउँछ,’ थापाले भने।

उनले यो घटनाले सांसदहरूलाई पनि विधेयक पारित गर्ने प्रक्रियामा अझ सतर्क हुनुपर्ने पाठ सिकाएको बताए। समितिबाट निर्णय भइसकेपछि त्यसलाई बदल्ने काम गर्न खोज्ने चलखेल यथाशीघ्र बाहिर ल्याउनुपर्ने उनले बताए।

उनले भने, ‘छानबिन समितिबाट नै दूधको दूध, पानीको पानी छुट्याएर मात्रै संसदको गरिमा जोगिन्छ।’

प्रतिकृया दिनुहोस्

सलमान खानको फिल्ममा काम गर्दै गर्दा प्रशान्त तामाङको निधन

काठमाडौँ, पुष २७ – चर्चित गायक तथा अभिनेता प्रशान्त तामाङको आइतबार हृदयघातका कारण निधन भएको...

१८ महिनापछि सिमलताल दुर्घटनाको बसको अवशेष फेला

नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत सिमलतालबाट त्रिशूली नदीमा खसेर १८ महिनादेखि बेपत्ता भएका दुई बसमध्ये एउटाको अवशेष फेला...

आज २०८२ साल पुष २७ गतेको राशिफल

आज पुष २७, २०८२ (जनवरी ११, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

उदयपुर मिलिजुलि समाजद्वारा रक्तदान कार्यक्रम सम्पन्न

कुवेत – उदयपुर मिलिजुलि समाजको आयोजनामा ०९ जनवरी २०२६ का दिन आयोजित रक्तदान–जीवनदान कार्यक्रम उत्साहपूर्ण...

सन्सारीमाई मन्दिरमा पर्यटन मन्त्री पराजुलीको निरीक्षण, साता दिनभित्र शौचालय सञ्चालनको निर्देशन

मोरङ– मोरङको सन्सारीमाई मन्दिरमा कोशी प्रदेशका पर्यटन, वन तथा वातावरण मन्त्री भिम पराजुलीले शनिबार बिहान...