News Portal

सिम्ता गाउँपालिकाकाे कर्मचारी भर्नामा बदमासी, रातारात लिष्टमा नाम नै हेरफेर !

हिमाली संचार संवाददाता
८५३ पटक

सुर्खेत : सिम्ता गाउँपालिकाले गत साउनमा करार सेवामा पदपुर्ति गर्ने सम्वन्धी सूचना प्रकाशित गर्याे । गाउँपालिकाद्वारा साउनको १४ गते प्रथम पटक प्रकाशित गरिएको पदपुर्ति सम्बन्धीको सूचनामा १२ कर्मचारीहरुको आवश्यकता रहेको थियो ।

आवश्यक कर्मचारीमा गाउँपालिकाले सामुदायिक स्वास्थ्य इकार्इ केन्द्र र स्वास्थ्य चौकीतर्फ बाह्रखर्क र बैसपानीका लागि सहायक चौथो तह अन्तर्गत अनमी (दुई), बाह्रखर्क, दुरपाला र बैसपानीका लागि सहायक चौथो तह अन्तर्गत अहेव (तीन), राकम स्वास्थ्य चौकीका लागि सहायक चौथो तह अन्तर्गत ल्याव असिस्टेन्ट (एक), बाह्रखर्क, दुरपाला र बैसपानीका लागि कार्यालय सहयोगी (तीन) खोजिएको थियो ।

यसैगरी, बर्थिङ सेन्टरतर्फ आग्रीगाउँ स्वास्थ्य चौकीका लागि सहायक चौथो तह अन्तर्गत अनमी (एक) खोजिएको थियो । एक गाउँ एक जेटीए कार्यक्रमतर्फ सिम्ता गाउँपालिकाका लागि सहायक चौथो तह अन्तर्गत कृषि प्राविधिक (एक) र सहायक चौथो तह अन्तर्गत पशु प्राविधिक (एक) आवश्यक रहेको सूचनामा उल्लेख गरिएको थियो ।

सूचनामा जानकारी दिए अनुसार उक्त पदहरुका लागि दरखास्त दिने अन्तिम मिति साउन २८ गते सम्मका लागि जनाइयो । र, परीक्षा हुने समय तालिका दरखास्त दिने अन्तिम मितिको भोलिपल्ट जानकारी दिइने सूचनामा उल्लेख गरिएको थियो ।

गाउँपालिकाले करार पदपुर्तिका लागि आएका आवेदनहरुलाई समयमा नै परीक्षा लिन सकेन । कार्तिक १४ गते बसेको परीक्षा छनौट समितिको निर्णय अनुसार १६ गते सूचना प्रकाशित गर्दै सिम्ता गाउँपालिकाको कार्यालयले ७७ जना आवेदकहरु समावेश भएको सर्ट लिष्ट प्रकाशन गर्याे । सर्ट लिष्टमा समावेश भएका आवेदकहरुका लागि कार्तिक २९ गते परीक्षा मिति तोकियो ।

सर्ट लिष्ट प्रकाशन गरेको दुई दिन पछि १८ गते अर्को सूचना जारी गर्दै गाउँपालिकाले भूलवश सर्ट लिष्टमा अनमी पदमा कविता शाहीको नाम समावेश भएकोले हटाइएको जानकारी दियो । फेरी अर्को सर्ट लिष्ट प्रकाशित गरियो जसमा अनमी पदमा कविता शाहीको नाम हटाइएको थियो र कृषि प्राविधिकमा रक्षा बस्नेतको नाम थपिएर आयो ।

सर्ट लिष्ट प्रकाशन गर्दा नाम थपेर आउँदा गाउँपालिका शंकाको घेरामा तानिएको छ । गाउँपालिकाले सर्ट लिष्टमा नाम थपेर प्रकाशित गर्दा सिम्ता गाउँपालिका वडा नं. ६ का वडा अध्यक्ष राजेन्द्र सिंह आक्रोशित भएपछि गाउँपालिकाको कर्मचारी पदपुर्ति विवाद बाहिरी सतहमा आएको हो । पदपुर्ति विवादमा तानिएपछि कार्तिक २९ गते तोकिएको परीक्षा २७ गते सूचना टाँस गरि परीक्षा स्थगित गरी मंसीर १३ र १४ गतेका लागि अन्तर्वार्ताको मिति तोकियो ।

अन्तर्वार्ता हुन नपाउँदै मंसीर १३ गते वडा अध्यक्ष सिंहले सिम्ता गाउँपालिकाको कार्यालयमा तालाबन्दी गरे । ‘पुनः प्रकाशन भएको सर्ट लिष्टमा नाम थपिएर आउँदा असन्तुष्टी जनाएको हुँ’, सिंहले भने । उनले थपे, ‘एक पटक सर्टलिष्ट प्रकाशित भएपछि पुनः प्रकाशित गर्दा नाम कसरी परिवर्तन भयो ? अन्तर्वार्ता मितिलाई पटक-पटक सारियो । फेरी नामै थपिएर आउदा तालाबन्दी गरेको हुँ ।

उनले लगाएको ताला प्रहरीले केही समय पछि खोलेको थियो । गाउँपालिकाको दैनिक कामकाज सुचारु भएतापनि कर्मचारी पदपुर्तिका लागि लिइने भनिएको परीक्षा भने सञ्चालन भएन । सूचना प्रकाशित भएको मितिदेखि चार महिना बित्दा पनि गाउँपालिकाले पदपुर्तिका लागि सर्ट लिष्टमा परेकाहरुको अहिलेसम्म परीक्षा सञ्चालन गर्न सकेको छैन ।

गाउँपालिकाले यतिसम्म लापरवाही गरेको छ कि सर्ट लिष्टमा अनमी पदमा कविता शाही दोहोरो पदमा देखिएकी छिन् । उनको नाम अनमी तर्फ पनि छ तर, शाही जेटीए हुन् । खास विवाद निम्त्याएको रक्षा बस्नेतको नाम हो । उनको सर्ट लिष्ट जारी गर्दा नाम थिएन । फेरी अर्को सर्ट लिष्ट जारी गर्दा एकाएक उनको नाम थपियो ।

एकपटक सर्टलिष्ट जारी भईसकेपछि पुनः नाम थपिनु आश्चार्यचकित परेको स्थानीयले बताए । वडा अध्यक्ष सिंहले पहिलो सर्ट लिष्ट अनुरुप नै परीक्षा लिनुपर्ने बताए । ‘कानूनसम्मत हुँदैन भने गाउँपालिकाले सरासर गलत गरेको छ’, उनले थपे ।

यता, गाउँपालिका अध्यक्ष कविन्द्र केसीले ‘योग्यता हुँदाहुँदै पनि रक्षा बस्नेतको नाम भुलवश् छुटेकोले सर्ट लिष्ट पुनः प्रकाशन गरि थपिएको’ बताए । उनले यसो भनेपनि सर्टलिष्ट जारी गरिसकेपछि पुनः नाम थपिनु कतिसम्म कानून सम्मत होला ? कुरा यहीँ नेर विचारणीय छ ।

यस्तै सिंहले भने कर्मचारी पदपुर्ति सम्वन्धमा आफ्नो असहमती रहेको बताउँदै आएका छन् । सर्ट लिष्ट जारी गर्नु अघि आवेदकको कागजात अध्ययन नगरी अन्धाधुन्ध रूपमा सर्टलिष्ट जारी गरेको उनको आरोप छ ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल ३० गतेको राशिफल

आज पुष ३०, २०८२ (जनवरी १४, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

पोखरामा १४ औं महोत्सव सुरु, छात्रावास निर्माण र सेती संरक्षण मुख्य लक्ष्य

पोखरा, पुष २९ – युनाइटेड क्लबको आयोजनामा १४ औं संस्करणको पोखरा महोत्सव आजदेखि अमरसिंहचौरमा सुरु...

नीति र बिधी बिर्सिए पछिको संकट

– कमला थापा ०८२ पौष २८ गते। आज बडामहांराजाधिराज पृथ्वीनारायण शाहको ३०४ औं पृथ्वी जयन्ती।...

आज २०८२ साल पुष २९ गतेको राशिफल

आज पुष २९, २०८२ (जनवरी १३, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

पपुलिजम र अराजकतावादप्रति गगनको कडा चेतावनी, रवि–बालेनतर्फ संकेत

काठमाडौं, पुष २८ – नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नेपालमा पनि पपुलिस्ट र अराजकतावादी प्रवृत्तिहरूले...