News Portal

सहकारी सचेतना तथा जागरण तालिम रंगेलीमा सुरु

रबिन्द्र बराल
२७५ पटक

मोरङ, जेठ २२ – रंगेली, सुनवर्षी, रतुवामाई र धनपालथान गाउँपालिकामा क्रियाशील विभिन्न सहकारी संस्थाका प्रतिनिधिहरूलाई लक्षित गरी सहकारी विषयक सचेतना तथा जागरण अभिवृद्धि गर्ने उद्देश्यले तीनदिने तालिम सुरु गरिएको छ।

“मर्यादित सहकारी: समुन्नत समाज” भन्ने मूल नारासहित जेष्ठ २१ गतेदेखि २३ गतेसम्म सञ्चालित उक्त तालिम सद्भाव बचत तथा ऋण सहकारी संस्था लि. रंगेलीको सभाहलमा भइरहेको हो।

कार्यक्रमको उद्घाटन सद्भाव बचत तथा ऋण सहकारी संस्था लि. रंगेलीका अध्यक्ष ई. कमलेश्वर ठाकुरको प्रमुख आतिथ्यतामा भएको थियो भने तालिम कार्यक्रम कोशी प्रदेश सहकारी रजिष्ट्रार तथा प्रशिक्षण कार्यालयका प्रमुख हरि बहादुर खत्रीको अध्यक्षतामा सञ्चालन भइरहेको छ।

तालिममा विभिन्न प्रकारका सहकारी संस्थाबाट सहभागी भएका महिला तथा पुरुष गरी ३० जनालाई सहकारी सम्बन्धी ज्ञान प्रदान गरिँदैछ।

कार्यक्रम कोशी प्रदेश सहकारी रजिष्ट्रार तथा प्रशिक्षण कार्यालय, इनरुवा, सुनसरीको आयोजनामा, जिल्ला सहकारी संघ, मोरङको समन्वयमा तथा सद्भाव बचत तथा ऋण सहकारी संस्था लि. रंगेलीको सहयोगमा सञ्चालन गरिएको हो।

प्रतिकृया दिनुहोस्

विद्यार्थी भर्ना अभियान सुरु, रंगेलीका विद्यालयद्वारा घरदैलो कार्यक्रम सञ्चालन

रबिन्द्र बराल – मोरङको रंगेली नगरपालिका–७ स्थित निचामारी आधारभूत विद्यालय, आदर्श माध्यमिक विद्यालय तथा पब्लिक...

आज २०८३ साल वैशाख १४ गतेको राशिफल

आज वैशाख १३, २०८३ ( अप्रिल २५, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

बालकक्षा व्यवस्थापन तथा शैक्षिक सामग्री निर्माणसम्बन्धी ५ दिने तालिम सम्पन्न

मोरङ, वैशाख १३/रविन्द्र बराल – रंगेली नगरपालिकाले प्रारम्भिक बालविकास सहजकर्ताहरूका लागि ५ दिने क्षमता विकास...

त्रिवि मैदान खाली गर्न ३५ दिने निर्देशन, क्यानलाई पत्र नपुगेको दाबी

काठमाडौं, वैशाख १३ – त्रिभुवन विश्वविद्यालयले कीर्तिपुरस्थित क्रिकेट मैदानसहित आफ्ना विभिन्न जग्गा प्रयोग गर्दै आएका निकायलाई...

अस्थायी शिविरमा सुकुमवासीको गुनासो : पर्याप्त खाना नपाएको आरोप

काठमाडौं, १३ वैशाख – काठमाडौं उपत्यकाका विभिन्न स्थानबाट हटाइएका सुकुमवासीलाई राखिएको अस्थायी शिविरमा खानपान व्यवस्थाप्रति असन्तुष्टि...