News Portal

  • ट्रान्सफर्मरभित्रको तामा चोरी

    रबिन्द्र बराल
    १३९ पटक

    मोरङ, जेठ २२ – रङ्गेली नगरपालिका–७ स्थित मुन्डाकालीमा अवस्थित ट्रान्सफर्मर गएराति चोरी भएको छ। उक्त स्थानमा ४ महिनाअघि कृषकहरूका लागि सिँचाइ सुविधा दिइँदै आएको थियो। संयुक्त तराई विशेष कार्यक्रमअन्तर्गत ऊर्जा, सिँचाइ तथा जलस्रोत मन्त्रालयको सहयोगमा कृषकहरूलाई लक्षित गर्दै बोरिङ सञ्चालनमा ल्याइएको थियो।

    यस बोरिङ प्रणालीबाट कृषकहरूले मकै खेतीमा सिँचाइ गर्दै आएका थिए। अब केही दिनमा धान रोपाइँ सुरु गर्ने तयारीमा रहेका बेला ट्रान्सफर्मर चोरी भएपछि स्थानीय कृषकहरू चिन्तित बनेका छन्।

    बोरिङ सञ्चालनमा आएसँगै सयौँ बिगाहाभन्दा बढी खेतीयोग्य जमिनमा एकैचोटि सिँचाइ गर्न सकिने विश्वास लिइएको थियो। तर ट्रान्सफर्मर चोरी भएपछि यो सम्भावना तत्कालका लागि अवरुद्ध भएको छ।

    स्थानीय कृषक सुगनलाल मण्डलका अनुसार, ट्रान्सफर्मर चोरी हुँदा खेतीमा गम्भीर असर पर्नेछ। बिरिङ निर्माण कार्य समितिका अध्यक्ष मचिन्द्र कटुवालले ट्रान्सफर्मर पुनः जडानका लागि आफूहरूले सक्दो पहल गर्ने बताएका छन्।

    नेपाल विद्युत् प्राधिकरणका अनुसार ट्रान्सफर्मरभित्र रहेको तामाको मूल्य बजारमा प्रतिकेजी २ हजार रुपैयाँ पर्न जाने भएकाले चोरीका घटनामा चोरहरूले विशेषतः तामामै लक्षित गर्ने गरेका छन्।

    चोरी भएको ट्रान्सफर्मर ५० केभी क्षमताको रहेको र यसको बजार मूल्य करिब ५ लाख रुपैयाँ पर्ने बताइएको छ।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनालाई मृत्युदण्ड

    बंगलादेश, मंसिर १ – बंगलादेशकी निर्वासित पूर्वप्रधानमन्त्री शेख हसिनालाई मानवता विरुद्धको अपराधमा दोषी ठहर गर्दै...

    ललितपुरमा २१ लाख बराबरको चोरी, ३ मुख्य आरोपी पक्राउ

    ललितपुर, मंसिर १ – ललितपुरको इमाडोलमा २१ लाख ८३ हजार रुपैयाँ बराबरको चोरी भएको घटनामा प्रहरीले...

    प्रतिनिधिसभा पुनर्स्थापनापछि निष्पक्ष सरकारका लागि ओली प्रधानमन्त्री नबन्ने ग्यारेन्टी

    काठमाडौं, मंसिर १ – एमाले स्थायी कमिटी सदस्य खगराज अधिकारीले वर्तमान सरकारले चुनाव गराउने क्षमता र...

    तोकिएको समयमा निर्वाचन गर्न दलहरूको साझा सहमति आवश्यक : प्रचण्ड

    काठमाडौं, मंसिर १ — आगामी निर्वाचन तोकिएकै मितिमा सम्पन्न गर्न राजनीतिक दलहरूको एकमत आवश्यक रहेको...

    राष्ट्रिय परिचयपत्रमार्फत मतदाता दर्तामा बढ्दो रुचि, तीन लाखभन्दा धेरैले बायोमेट्रिक दर्ता

    काठमाडौं, मंसिर १ – राष्ट्रिय परिचयपत्र प्रयोग गरेर मतदाता नामावली दर्ता गर्ने संख्या तीव्र रूपमा...