News Portal

  • उर्लाबारी खानेपानी सबैभन्दा उत्कृष्ट

    रबिन्द्र बराल
    २०१ पटक

    मोरङ, जेठ २१ – उर्लाबारी खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाले सम्पूर्ण नगरबासीलाई शुद्ध खानेपानी उपलब्ध गराउने लक्ष्यसहित तीव्र रूपमा काम गरिरहेको छ। नेपाल सरकारले सन् २०३० सम्म सबै नेपालीलाई शुद्ध खानेपानी उपलब्ध गराउने लक्ष्य तय गरेको भए तापनि, उर्लाबारीमा भने त्यो लक्ष्य सन् २०२७ मै प्राप्त गरिसकेको छ।

    संस्थाले हालसम्म ४३० किलोमिटर पाइपलाइन विस्तार गरिसकेको छ। देशभरका ७५३ पालिकामध्ये, यस संस्थाले सञ्चालन गरेको खानेपानी योजना पहिलो स्थानमा रहेको छ। हाल करिब ७० हजार उपभोक्ताले शुद्ध खानेपानी प्रयोग गरिरहेका छन् भने १० हजार घरधुरीमा धारा जडान भइसकेको छ।

    कार्यालय प्रमुख राजु बुढाथोकीका अनुसार, सुरुमा धारा जडान गर्दा १४ हजार रुपैयाँ शुल्क लिने गरिन्थ्यो। तर उपभोक्तालाई थप आर्थिक बोझ नपरोस् भनेर हाल चार किस्तामा भुक्तानी गर्ने व्यवस्था गरिएको छ।

    स्थानिय बिमला लिम्बूका अनुसार, विगतमा खानेपानीको समस्या झेल्नुपरेपछि बसाइँ सर्ने विचार बनाएकी थिइन्। तर अहिले शुद्ध र पर्याप्त पानी उपलब्ध भएपछि त्यस्तो आवश्यकता नरहेको बताइन्।

    संस्थाले उपभोक्ताको सहजता र सुविधा ध्यानमा राख्दै, कुनै पनि समयमा पाइप फुटेको जानकारी आएमा बाटोको दुरीको ख्याल गर्दै १० मिनेटभित्र मर्मत टोली पुग्ने व्यवस्था मिलाइएको छ। साथै, पानी महसुल तिर्ने व्यवस्था सहज होस् भनेर बैंकिङ सेवा समेत उपलब्ध गराइएको बुढाथोकीले बताए।

    उर्लाबारी खानेपानीले वडा नं. १ को लक्ष्मीझार, वडा नं. २ को गुरु गोरक्षनाथ, र वडा नं. ९ को दुर्गापुरीमा निर्माण गरिएका ट्याङ्कीहरू नगरपालिका मार्फत जिम्मा लिएको हो।

    संस्थाका अध्यक्ष चिन्तामणि पौडेलका अनुसार, उर्लाबारीमा निर्माण भएका १० वटा ट्याङ्कीहरूबाट सम्पूर्ण नगर क्षेत्रलाई शुद्ध खानेपानी वितरण गर्ने लक्ष्यका साथ संस्था अघि बढिरहेको छ।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    आज २०८२ साल मंसिर ६ गतेको राशिफल

    आज मंसिर ६, २०८२ (नोभेम्बर २२, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

    जेनजी आन्दोलनपछि जन्मिएका १० नयाँ दललाई निर्वाचन आयोगको मान्यता

    काठमाडौं, मंसिर ५ – जेनजी आन्दोलनको लहरसँगै गठन भएका १० नयाँ राजनीतिक दलले अन्ततः निर्वाचन...

    सवारी चालक अनुमतिपत्रको विवरण अब फेसबुकमार्फत सार्वजनिक

    काठमाडौं, मंसिर ५ – यातायात व्यवस्था विभागले छपाइ भई वितरणका लागि तयार भएका सवारी चालक अनुमतिपत्र...

    बस्नेतको चेतावनी: “१ लाख कार्यकर्तासहित सिंहदरबारमा सभा आयोजना गर्ने तयारी”

    काठमाडौं, मंसिर ५ – नेकपा एमालेका पोलिटब्युरो सदस्य महेश बस्नेतले नेसनल भोलेन्टियर फोर्स (एनभीएफ) कार्यक्रमका क्रममा...

    ओलीको स्पष्टीकरण: ‘युथ भोलेन्टियर फोर्स’ शान्ति र सुव्यवस्थाका लागि हो

    काठमाडौं, मंसिर ५ – एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीले गठन गरेको ‘युथ भोलेन्टियर फोर्स’ देशमा...