News Portal

बस दुर्घटनामा एकको मृत्यु, तीन जना घाइते

हिमालीसंचार संवाददाता
२४७ पटक

काभ्रेपलाञ्चोक, जेठ २१ — काभ्रे जिल्लाको पनौतीबाट बेथानचोक गाउँपालिका–६ स्थित भुग्देउतर्फ गइरहेको यात्रुवाहक बस दुर्घटनामा परेर एक वृद्ध महिलाको ज्यान गएको छ भने तीन जना घाइते भएका छन्।

पनौतीबाट सीमित यात्रु लिएर गुडिरहेको बा ३ ख ४४३५ नम्बरको बस बुधबार दिउँसो भुग्देउ पुग्ने क्रममा अनियन्त्रित भई दुर्घटनामा परेको हो। बसमा त्यो बेला जम्मा पाँचजना यात्रु मात्र थिए।

दुर्घटनामा ६० वर्षीया कृष्णकुमारी तिमल्सिनाको घटनास्थलमै मृत्यु भएको छ। मृतक तिमल्सिना आफ्नी बुहारी र नातिनीका साथ यात्रा गरिरहेकी थिइन्।

बसमा सवार एक वर्षीय नातिनी संगम तिमल्सिनाको टाउकोमा गम्भीर चोट लागेको छ भने बुहारी संगिता आचार्य तिमल्सिनाको खुट्टामा चोट लागेको बताइएको छ। बस चालकसमेत घाइते भएका छन् र उनको खुट्टामा चोट लागेको प्रहरीले जनाएको छ।

घाइतेहरूको स्थानीय पाँगुस्थित भुग्देउ स्वास्थ्यचौकीमा प्रारम्भिक उपचार भइरहेको छ। थप उपचारका लागि एम्बुलेन्स घटनास्थलतर्फ पठाइएको स्थानीय अनिल तामाङले जानकारी दिए।

दुर्घटनाको कारण खुल्न बाँकी रहे पनि घटनाको विस्तृत विवरण संकलनका लागि प्रहरी टोली परिचालित भइसकेको छ।

प्रतिकृया दिनुहोस्

पहिरोका कारण भेडेटार–नाम्जे सडक ठप्प

धनकुटा, २९ फागुन — हिमाली संचार संवाददाता। लगातार सुक्खा पहिरो झरेपछि भेडेटार–नाम्जे सडक पूर्ण रूपमा...

पशुपति आर्यघाटमा मोहनप्रसाद ओलीको अन्त्येष्टि, ओलीद्वारा मुखाग्नि

काठमाडौं, फागुन २९ — पूर्वप्रधानमन्त्री तथा केपी शर्मा ओलीका पिता मोहनप्रसाद ओलीको काठमाडौंस्थित पशुपति आर्यघाटमा...

आज २०८२ साल फागुन २९ गतेको राशिफल

आज फागुन २९, २०८२ ( मार्च १३, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

शीर्षक : रंगेलीमा दुई बालक बेहोस अवस्थामा फेला, अपहरण आशंकामा प्रहरीद्वारा सोधपुछ

रंगेली (मोरङ), फाल्गुन २८ बिहीबार : मोरङको रंगेली नगरपालिका–५ मा दुई जना बालक बेहोस अवस्थामा...

इनिसा विक हत्या प्रकरणको थप अनुसन्धान सीआईबीद्वारा सुरु

सुर्खेत, फागुन २८ — सुर्खेतमा एक किशोरीको हत्या भएको घटनाको थप अनुसन्धान अब केन्द्रीय अनुसन्धान...