News Portal

बस दुर्घटनामा एकको मृत्यु, तीन जना घाइते

हिमालीसंचार संवाददाता
२१२ पटक

काभ्रेपलाञ्चोक, जेठ २१ — काभ्रे जिल्लाको पनौतीबाट बेथानचोक गाउँपालिका–६ स्थित भुग्देउतर्फ गइरहेको यात्रुवाहक बस दुर्घटनामा परेर एक वृद्ध महिलाको ज्यान गएको छ भने तीन जना घाइते भएका छन्।

पनौतीबाट सीमित यात्रु लिएर गुडिरहेको बा ३ ख ४४३५ नम्बरको बस बुधबार दिउँसो भुग्देउ पुग्ने क्रममा अनियन्त्रित भई दुर्घटनामा परेको हो। बसमा त्यो बेला जम्मा पाँचजना यात्रु मात्र थिए।

दुर्घटनामा ६० वर्षीया कृष्णकुमारी तिमल्सिनाको घटनास्थलमै मृत्यु भएको छ। मृतक तिमल्सिना आफ्नी बुहारी र नातिनीका साथ यात्रा गरिरहेकी थिइन्।

बसमा सवार एक वर्षीय नातिनी संगम तिमल्सिनाको टाउकोमा गम्भीर चोट लागेको छ भने बुहारी संगिता आचार्य तिमल्सिनाको खुट्टामा चोट लागेको बताइएको छ। बस चालकसमेत घाइते भएका छन् र उनको खुट्टामा चोट लागेको प्रहरीले जनाएको छ।

घाइतेहरूको स्थानीय पाँगुस्थित भुग्देउ स्वास्थ्यचौकीमा प्रारम्भिक उपचार भइरहेको छ। थप उपचारका लागि एम्बुलेन्स घटनास्थलतर्फ पठाइएको स्थानीय अनिल तामाङले जानकारी दिए।

दुर्घटनाको कारण खुल्न बाँकी रहे पनि घटनाको विस्तृत विवरण संकलनका लागि प्रहरी टोली परिचालित भइसकेको छ।

प्रतिकृया दिनुहोस्

पोखरा वडा ३३ का वडाध्यक्ष प्रहरी नियन्त्रणमा

पोखरा, २५ पुष – पोखरा महानगरपालिका वडा नं. ३३ का वडाध्यक्ष रामचन्द्र अधिकारीलाई स्थानीयसँग विवाद...

माधे सङग्रान्तिका लागि चिउरा कुटाउने हरुकाे घुईचाे 

रबिन्द्र बराल/मोरङ, पुष २५ – मोरङको रंगेली नगरपालिका आसपासका क्षेत्रमा अहिले चिउरा कुट्ने भिड भ्याई...

रत्नेचौरको तोरीबारीमा इन्द्रेणीको लाइभ सांगीतिक कार्यक्रम हुने

म्याग्दी, पुष २५ – बेनी नगरपालिका–१ स्थित रत्नेचौरको चर्चित तोरीबारीमा यही माघ १६ गते लोकप्रिय...

प्रतिनिधिसभा निर्वाचनमा कांग्रेस–एमाले चुनावी गठबन्धनको तयारी, सिट बाँडफाँटमा गहन गृहकार्य

काठमाडौं– राष्ट्रियसभा निर्वाचनमा प्रमुख दलबीच बनेको गठबन्धनलाई निरन्तरता दिँदै प्रतिनिधिसभा सदस्य निर्वाचनमा पनि चुनावी गठबन्धन...

आज २०८२ साल पुष २५ गतेको राशिफल

आज पुष २५, २०८२ (जनवरी ९, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...