News Portal

  • आवश्यकताले नै जन्माउँछ सबैकुरा !

    कमला थापा
    ४४३ पटक
    २०८२ जेठ १९ गते।

    अहिले सडक तातिरहेको छ। टिकाटिप्पणी गर्नेहरुलाई धेरै राम्रो उर्जा मिलेको देखिन्छ। जताततै कुरा राजसंस्थाकै सुनिन्छ। फलानाको अनुहार हेरेर आन्दोलन अगाडि बढन सक्छ ? सक्दैन भन्ने निकै बहस शुरु भएको छ। तर आन्दोलनले गति हांसिल गर्दै गएको अबस्थालाई नकार्न सकिँदैन। गणतन्त्र आएको १८ बर्षले जनतालाई दिन नसकेको सुशासनबाट भने जनता आजित भैसकेका थिए। त्यसैले जनताले खोजेको बिकल्पको मार्ग नै अहिलेको स्वतःस्फुर्त आन्दोलन हो। जस्को शुरुवात मेचिमा राजाले परेवा उडाएर दुर्गा प्रसाइले राष्ट्र, राष्ट्रीयता, धर्म संस्कृति जोगाउन अखण्ड दियो बालेर गरियो। त्यो दियो बलिरहेको छ। त्यस्को लगतै सप्तरीको इनरुवामा राष्ट्रिय शक्ति नेपालले आयोजना गरेको कार्यक्रममा राजा ज्ञानेन्द्र शाह सहभागी भएर जनताको नाउमा सम्बोधन गर्दै शुभारम्भ भएको हो। त्यो अखण्ड दियो बलिरहेको छ। जुन कार्य सफलताको कामना गरेर बालिएको अखण्ड दियो बलिरहेको छ। अब जनता कार्य सफलताको नजिक पुगेका छन्। राजसंस्था फर्काउने जनताले हो कसैको अनुहारले होईन। एक/दुई ब्यक्तिको अनुहार हामीलाई मन पर्ला नपर्ला उनिहरुको अनुहार हेरेर जनता सडकमा उत्रिएका होलान भन्ने लाग्दैन। गणतन्त्रका ठेकेदारहरुका कुकर्म र कर्तुतले जन्माएको हो।

    “जनतामाथि दमनको लाठि बर्षाएर सत्ता टिकाउने दलहरुसंग अरु आशा गर्ने ठाउँ छैन। केही दिन अघि प्रजातन्त्रका लागि आजिवन लडेका, जेल गएका बौद्धिक ब्यक्ति, कृष्ण प्रसाद भट्टराईका सल्लाहकार खेमराज सेडाईलाई एउटा कार्यक्रममा सहभागि भएकै अबस्थामा पक्रिएर प्रहरी हिरासतमा राखियो। ७४ बर्षका जेष्ठ नागरिकलाई हतकडी लगाइयो। आस्थाका बन्दिहरुलाई पंचायती शासनकालमा पनि हतकडी लगाईदैन थियो। ‘ए’ श्रेणीको खाना दिइन्थ्यो। गणतन्त्रमा यो सबै देख्न, भोग्न पाईयो। यो उहाँको जिवनको तितो अनुभव हो। यो हो लोकतन्त्र कहाँ छ जनताको मौलिक हक र वाक स्वतन्त्रता ?”

    फलामले, फलामलाई नै काट्छ भने जस्तो राजनितिको उपचार पनि राजनितिबाटै हुनुपर्दछ। देश भनेको जनता हो तर जुन देशका शासकले जनता देख्दैन, जनतालाई खसिबोका बेचेझै बच्दै, भ्रष्टाचार, लुटतन्त्र, बिचौलिया आफु र आफन्तको मात्र पालनपोषण गर्छ भने त्यो देशका जनताले बिकल्प नखोजे के खोज्छ ? गांसबास, कपास नपाएका, अन्यायमा परेका पिडित ८५ बर्षका बुढा बाबु आमाले बुढेसकालको सहारा गुमाएको पिडा, पिडितले न्याय पाउदैन पीडकले उन्मुक्ति पाउछ। त्यस्तो अबस्थामा जनताले बिकल्प खोज्नु के अपराध हो ? राजनैतिक दल सरकार यस्ता तमाम अपराध सच्याउने भन्दा अपराधिलाई उन्मुक्ति दिनमा तत्पर छ। दण्डहिनताले सिमा नाघिसक्यो। यहां निर्दोषले सजाय पाउछ। जनतामाथि दमनको लाठि बर्षाएर सत्ता टिकाउने दलहरुसंग अरु आशा गर्ने ठाउँ छैन। केही दिन अघि प्रजातन्त्रका लागि आजिवन लडेका, जेल गएका बौद्धिक ब्यक्ति, कृष्ण प्रसाद भट्टराईका सल्लाहकार खेमराज सेडाईलाई एउटा कार्यक्रममा सहभागि भएकै अबस्थामा पक्रिएर प्रहरी हिरासतमा राखियो। ७४ बर्षका जेष्ठ नागरिकलाई हतकडी लगाइयो। आस्थाका बन्दिहरुलाई पंचायती शासनकालमा पनि हतकडी लगाईदैन थियो। ‘ए’ श्रेणीको खाना दिइन्थ्यो। गणतन्त्रमा यो सबै देख्न, भोग्न पाईयो। यो उहाँको जिवनको तितो अनुभव हो। यो हो लोकतन्त्र कहाँ छ जनताको मौलिक हक र वाक स्वतन्त्रता ?

    “राष्ट्रिय शक्ति नेपालका अध्यक्ष केशर बहादुर बिष्ट” र नेपाली कांग्रेस (विपी)ले राम्रोसंग बुझेका छन्। जस्ले १५ बर्ष देखि यो अभियानको अगुवाइ गर्दै आएका छन्। बांकी रह्यो राजसंस्थाको कुरा त्यो परम्परा अनुसारन नै राजसंस्थाको उत्तराधिकारी तोक्ने छन्। जहाँसम्म पारस शाहको कुरा छ। उनि आफैले भनिसकेका छन्, म राजा हुन जन्मिएको होईन यसैबाट हामी बुझ्न सक्छौ। राजा ज्ञानेन्द्र शाहले जनताको चाहना अनुसारनै गर्ने छन्।”

    शान्तिपूर्ण आन्दोलनका अगुवाहरुले पनि आफुलाई केही सच्याउन जरुरि छ। “राजा ज्ञानेन्द्र शाहले नयाँ बर्ष ०८२ बैशाख १ गते दिइबक्सेको संदेशमा सबै कुरा प्रष्ट देखिन्छ। ०४७ सालको संबिधान अनुसार आफु संबैधानिक राजतन्त्र बहुदलीय प्रजातन्त्रप्रति प्रतिबद्ध रहने कुरा उल्लेख गरिसकेको अबस्थामा केही ब्यक्तिहरुले नबिन सम्झौताका कुरा उठाउनु दुर्भाग्य हुनेछ। के हो नबिन सम्झौता ? त्यो १२ बूंदेको अर्को निरन्तरताको रुप हो। यस्तो शासन पद्धति, उस्तो राजा, फलानो राजा भनेर उपबुरुक बन्न खोज्नु जनताको आन्दोलनलाई बिथोल्न खोज्नु हो। राजा रोज्ने काम अगुवाहरुको होईन। जुन संविधान अन्तर्गत जनताको नासो जनतालाई बुझाएर शान्तिपूर्वक बिना रक्तपात राजा ज्ञानेन्द्र शाह हाँसीहाँसी बिदा भएका थिए, पहिलो प्रबेश उनकै हुनुपर्नेछ। राजाको बिदाई पछि सबै नेताहरुको सामुन्ने पत्रकार सम्मेलन गर्दै स्व. गिरिजाबाबुले भन्नुभएको छ। राजसंस्था भएको मूलुकमा राजाले यसरी बिना रक्तपात हाँसीहाँसी सिंहासन छोडेको ईतिहास छैन। यो श्री ५ महाराजधिराज ज्ञानेन्द्र सरकारको देशप्रेम र देशप्रतिको ठुलो योगदान हो। हामिले यो कुरालाई भुल्नु हुंदैन भन्नु भएको छ। आजकल त्यो भिडियो निकै भाइरल भैरहेको छ, भने त्यो कुरा आज कसरी बिर्सिएका छन्। गणतन्त्रका भ्रष्टहरुले। उक्त कुरा “राष्ट्रिय शक्ति नेपालका अध्यक्ष केशर बहादुर बिष्ट” र नेपाली कांग्रेस (विपी)ले राम्रोसंग बुझेका छन्। जस्ले १५ बर्ष देखि यो अभियानको अगुवाइ गर्दै आएका छन्। बांकी रह्यो राजसंस्थाको कुरा त्यो परम्परा अनुसारन नै राजसंस्थाको उत्तराधिकारी तोक्ने छन्। जहाँसम्म पारस शाहको कुरा छ। उनि आफैले भनिसकेका छन्, म राजा हुन जन्मिएको होईन यसैबाट हामी बुझ्न सक्छौ। राजा ज्ञानेन्द्र शाहले जनताको चाहना अनुसारनै गर्ने छन्। हामिले यति नै बुझ्दा सबैलाई न्याय होला भन्ने लाग्छ।

    “तत्कालीन अबस्थामा माधव नेपाललाई हत्याकाण्ड छानविन आयोगको अध्यक्ष बनाईएको थियो। किन भाग्नु भयो ? अर्को आन्दोलन आधा सच्चियो भनेर ज्ञानेन्द्र शाहकै उपप्रधानमन्त्री खान जानु भएको होईन ? आज राजसंस्था फर्किन लाग्यो भनेर जो बौलाईरहेका छन्। यदि यो शक्तिशाली गठबन्धन सरकारसंग क्षमता छ भने यस्ता ब्यक्तिहरुलाई तुरुन्त कानुनको दाएरामा ल्याएर प्रमाण पेश गर्न लगाईयोस्।”

    शासनसत्ता चलाउन नसक्ने भ्रष्ट केही नेताहरु आफुलाई सच्याउने भन्दा राजालाई तथानाम गाली गर्न उत्रिएका छन्। दरवार हत्याकाण्ड माधव नेपाल, बाबुराम भट्टराई, प्रचण्ड र बर्तमान प्रधानमन्त्री केपि ओलीले देखेका, सुनेका रहेछन्। कानुनी रुपमा देखि जान्ने, सुनी जान्ने दुबै प्रमाण मानिन्छ। यदि त्यस्तो थियो त तत्कालीन अबस्थामा माधव नेपाललाई हत्याकाण्ड छानविन आयोगको अध्यक्ष बनाईएको थियो। किन भाग्नु भयो ? अर्को आन्दोलन आधा सच्चियो भनेर ज्ञानेन्द्र शाहकै उपप्रधानमन्त्री खान जानु भएको होईन ? आज राजसंस्था फर्किन लाग्यो भनेर जो बौलाईरहेका छन्। यदि यो शक्तिशाली गठबन्धन सरकारसंग क्षमता छ भने यस्ता ब्यक्तिहरुलाई तुरुन्त कानुनको दाएरामा ल्याएर प्रमाण पेश गर्न लगाईयोस्। कानुनमा प्रमाण लुकाउने ब्यक्तिलाई अपराध गर्नेलाई भन्दा पनि बढी कसूरदार मानिन्छ। यी दुइ पूर्वप्रधानमन्त्री वालुवाटार ललिता निवास बेचिखाने ब्यक्तिहरु हुन्। किन कारवाही हुदैन ? छिटो कारवाही गरियोस। श्री पशुपतिनाथले सबैको रक्षा गरुन जय नेपाल।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    प्रधानमन्त्री कार्कीको आग्रह अस्वीकार, डा. रुइतको जवाफ– ‘बिरामीलाई छाडेर सरकारमा आउन सक्दिन’

    काठमाडौं, भदौ ३१ – प्रधानमन्त्री सुशीला कार्कीले वरिष्ठ नेत्र रोग विशेषज्ञ डा. सन्दुक रुइतलाई सरकारले...

    पार्टी कार्यालयको अवलोकनमा प्रचण्ड

    काठमाडौं, भदौ ३१ – नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज पार्टीको केन्द्रीय...

    आज २०८२ साल भदौ ३१ गतेको राशिफल

    आज भदौ ३१, २०८२ (सेप्टेम्बर १६, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

    विराटनगरको भाटभटेनीमा शव फेला

    विराटनगर, भदौ ३० – जेनजी आन्दोलनका क्रममा आगजनी भएको विराटनगर–६ स्थित भाटभटेनी सुपरमार्केटमा सोमबार जलेको...

    भाग्य न्यौपानेले सामाजिक सञ्जालबाट विवादास्पद भिडिओ हटाए

    काठमाडौं, भदौ ३० – युट्युबर भाग्य न्यौपानेमाथि जेनजी प्रदर्शनको क्रममा भ्रामक र उत्तेजक सूचना फैलाएको...