News Portal

  • सम्मानित भए पत्रकार जीवन शर्मा

    हिमालीसंचार संवाददाता
    ३३४ पटक

    काठमाडौं, जेठ १८ – ‘खोज पत्रकारिता’मार्फत सामाजिक चेतना फैलाउँदै आएका गोरखा जिल्लाका पत्रकार जीवन शर्मा खोज पत्रकारितामा महत्वपूर्ण योगदान पुर्‍याएको भन्दै आर्या मिडिया हाउसकाे अायाेजना तथा संयुक्त मेला महाेत्सव ग्रुप प्रालिकाे व्यवस्थापनमा संचालित आज कागेश्वरी मनोहरा (मुलपानी) महाेत्सव- २०८२ काे अवसरमा नेपाली ‘खाेजी पत्रकारिता’मा पुर्याउनु भएकाे याेगदानकाे सम्मान गर्दै सम्मानित भएका छन्।

    विसं २०४० साल कार्तिक १५ गते गोरखा जिल्लाको साविक दहरबुङ्गा गाविस वडा नं. ६ (हाल गण्डकी गाउँपालिका वडा नं. ५) मा पिता विष्णुप्रसाद खनाल र माता दुर्गादेवी खनालको जेष्ठ सुपुत्रका रूपमा जन्मिएका शर्माको बाल्यकाल सामान्य गाउँले परिवेशमा बित्यो।

    तर विचार र प्रस्तुतिका हिसाबले उनी सधैं पृथक थिए। समाजमा दबीएका आवाजहरूलाई निर्भीक रूपमा सार्वजनिक गर्न रुचाउने शर्मा सामाजिक न्यायका लागि कलम चलाउने तीखो पत्रकारका रूपमा चिनिन्छन् पत्रकार शर्मा।

    वि.सं. २०६१ साल वैशाख १४ गते न्यु एक्टिभ मिडियाबाट पत्रकारिता तालिम लिएका शर्माले सोही वर्ष पोखरा एफएम ९५.८ मेगाहर्जबाट “लोक सुसेली” र साहित्य कार्यक्रम “पल प्रति पल” कार्यक्रममार्फत आफ्नो पत्रकारिता यात्रा सुरु गरे। रेडियो कार्यक्रममार्फत जनसरोकारका विषय उठाउँदै आएका उनलेपछि छाँपा माध्यममा पनि सशक्त उपस्थिति जनाए।

    उनका लेख, रिपोर्ट र फिचर लेखहरू अफ्लिमेन्ट, न्युजलाईनस् पाँछिक, जनसभाल राष्ट्रिय दैनिक, मध्यान्ह दैनिक लगायतका राष्ट्रिय तथा क्षेत्रीय पत्रपत्रिकामा प्रकाशित हुँदै आएका छन्।

    शर्मा खोज पत्रकारिताका साथै भूगोल केन्द्रित विश्लेषणात्मक समाचारमा विशेष रुचि राख्छन्।

    उनी विगतमा देशको भौगोलिक र सीमावर्ती क्षेत्रहरूमा देखिएका अनियमितता, वन पैदावार तस्करी, सार्वजनिक सम्पत्तिको दोहन, तथा अवैध कारोबार जस्ता विषयमा गहिरो अनुसन्धानसहितका समाचार प्रकाशित गर्दै आएका छन्।

    हाल उनले स्थानीय सराेकार पत्रिका छापा र निगरानी दैनिक डटकम नामक अनलाइन संचालन गरि रहेका छन् ।

    खोज पत्रकारिताको क्रममा उनले विभिन्न दबाब, आर्थिक संकट, भौतिक धम्की र मानसिक यातना भोग्नु परेको अनुभव सुनाउँदै भन्छन्,“सत्य लेख्न सक्नु खोज पत्रकारिताको आत्मा हो, तर यो यात्रा निकै कठिन र जोखिमपूर्ण हुन्छ।”

    उनका अनुसार खोजी पत्रकारितामा सरकार, समाज र गैरकानुनी सञ्जालहरू सबैबाट प्रतिरोध हुन सक्छ, तर सत्य र न्यायको पक्षमा कलम चलाउनु पत्रकारको धर्म हो। यिनै अविचल प्रयास र सामाजिक योगदानलाई मध्यनजर गर्दै उनलाई खाेजी पत्रकार विशेष सम्मान प्रदान गरेको हो।

    कार्यक्रममा बोल्दै आयोजकले शर्माको निर्भीक पत्रकारिता, तथ्यमा आधारित रिपोर्टिङ, र सामाजिक उत्तरदायित्वप्रति देखाएको प्रतिबद्धतालाई उदाहरणीय बताए।

    देशका अन्य पत्रकारलाई पनि साहसी र तथ्यपूर्ण पत्रकारिताका लागि प्रेरणा दिन सक्ने उदाहरणका रूपमा लिइने शर्माको यात्राले नेपाली पत्रकारिताको क्षेत्रमा थप उचाइ प्रदान गर्ने विश्वास गरिएको छ।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    संविधानभित्रै अन्तरिम सरकार गठन गर्न सकिन्छ : सुदन गुरुङ

    काठमाडौँ, भदौ २६ – जेनजी आन्दोलनका अभियन्ता सुदन गुरुङले संविधान खारेज नगरीकै सीमाभित्र अन्तरिम सरकार...

    देशभर पेट्रोलियम पदार्थ पर्याप्त, आपूर्ति सहज रह्ने आयल निगमको दाबी

    काठमाडौँ, भदौ  २६ – नेपाल आयल निगमले देशभर पेट्रोलियम पदार्थको पर्याप्त मौज्दात रहेको जनाएको छ।...

    अहंकारी नेताहरुका कारणले निम्ताएको दुर्गति

    – कमला थापा ०८२ भदौ २६ गते। काठमाण्डौ। जेन्जी साथिहरुलाई थोरै कुरा गर्न मन लाग्यो।...

    ८ सेप्टेम्बरपछि भिसा सकिएका पर्यटकले विमानस्थलमै नवीकरण पाउने

    काठमाडौं, भदौ २६ – ८ सेप्टेम्बरपछि भिसा सकिएका विदेशी पर्यटकले अब त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमै आफ्नो...

    गगन थापाको जेनजीलाई सन्देश: संविधानको निरन्तरता कायम गर्न आग्रह

    काठमाडौं, भदौ २६ – नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले जेनजी आन्दोलनपछि उत्पन्न परिस्थितिबारे आफ्नो धारणा...