आज : २०२६-०७-२८, मङ्गलबार

कबिता ~ पत्थर माैन छ !

– प्रिती अर्याल

बिबश छ रहर
गर्ब छ कि उस्लाई नारी हुनुमा
मनमा एक प्रिथक्तताको निलो
पछ्योउरी ओढेर मुस्कुराउछे
तर एकैछिनमा
आभास हुन्छ उस्लाई
दुर्बल्ताले ग्रस्त पारी थिछेको
अनी आसुँ तप्प चुहिन्छ
पटक पटक पत्थरको माझमा
बिडम्बना!
पत्थरले बुझ्दैन आशुको मूल्य कती हुन्छ पुन: सानत्वोना आउछ
बेदनाले ग्रस्त चेहरामा मुस्कान छर्दै भन्छेकी
दूर्बलताले मन इच्छा र रहर थिच्छ?साच्चै थिच्छ ?
साचै थिच्ने भए पारीजात र झामक झरेकै हो त?
प्रश्न मनमा छ उस्को
षिरीस झरेको छ !
महत्व बुझ्नेले बुझ्नेन हुन
सुबाश चारै तिर छरेको
मात्रित्व पलाएर आउछ
मनमा उस्को
काखममा मत्रित्वोको मुर्ती
टोलाएको हेर्नेछु
र भन्नेछु
शौभाग्ये को निकट्मा बसेर
ग्रस्त दूर्बलताकोलाई चुनौती दिदै
दुलहीको भेषमा सजिएर
अनौढो अनुभब बटुल्दै
अचानक !
सपना बिपना भएर बिउझन्छ
र आशु मोती बनेर झर्छ
बिडम्न्बना !
कल्पनाको महल बालुवाको घर बनेर भात्किन्छ
कठै!
उस्को सपना पुन: पत्थरमा ठोकिन्छ
पत्थरन हो,के बुझ्छ
मत्रित्व र शौभाग्यको चिनारी
बस पत्थर मौनछ।।।