News Portal

  • अत्यधिक आयातले चुलियो व्यापार घाटा, चार महिनामा पेट्रोल मात्र ६९ अर्बको आयात

    हिमाली संचार संवाददाता
    ७८५ पटक

    एलिजा उप्रेती
    काठमाडौं : व्यापार घाटा बढ्दै जानेक्रमले चालू आर्थिक वर्ष (२०७५/०७६) को चार महिनामा पनि निरन्तरता पाएको छ । चार महिनामा देशले ५ खर्ब १३ अर्ब रुपैयाँ बराबरको वैदेशिक व्यापार गरेकोमा ९४.३ प्रतिशत आयातित व्यापार भएको छ ।

    जब कि यो चार महिनामा निर्यात भने ५.७ प्रतिशत मात्र रहेको छ, अर्थात २९ अर्ब २८ करोड रुपैयाँको मात्र सामान निर्यात गर्न सकेको छ । यद्यपि, व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रले निर्यात गत वर्षको तुलनामा १०.७ प्रतिशतले वृद्धि भएको जनाएको छ ।

    ४ खर्ब ८३ अर्ब ७५ करोड रुपैयाँ सामान आयात हुँदा निर्यातको यो अवस्था निकै निराशाजनक देखिन्छ ।निकासी थोरै मात्रामा भए पनि बढ्नुको कारण कच्चा धागो, ऊनीको गलैँचा र तयारी पोसाक निर्यातमा भएको वृद्धि नै हो ।

    चार महिनामा २ अर्ब ९३ करोड ३१ लाख ३३ हजार रुपैयाँ बारबरको कच्चा धागो नेपालले निर्यात भएको छ । यो भनेको १९ प्रतिशतको वृद्धि हो भने कुल निकासीमा यसको योगदान १० प्रतिशत हो । यसैगरी ऊनीको गलैँचा २ अर्ब ७६ करोड ४९ लाख ४५ हजार रुपैयाँ बराबरको निर्यात भएको छ ।

    चार महिनामा यो वस्तुको निर्यात १७.९ प्रतिशतले वृद्धि हो । गत वर्षको यसै अवधिमा यस्तो सामान २ अर्ब ३४ करोड ४२ लाख ७१ हजार रुपैयाँ थियो । अहिले सम्पूर्ण निर्यातमा यसको मात्र योगदान ९.४ प्रतिशत छ । तयारी पोसाक २ अर्ब ४० करोड रुपैयाँको निर्यात भएको छ ।

    नेपालले निर्यात गर्ने ठाउँहरूमा भारत, संयुक्त राज्य अमेरिका, जर्मनी, बेलायत, टर्की, चीन, बङ्गलादेश, इटाली जापान, फ्रान्स, क्यानडा, अस्ट्रेलिया, डेनमार्कलगायत रहेका छन् ।

    ४ महिनामा ६९ अर्बको पेट्रोलियम पदार्थ भित्रियो 

    नेपालमा सबैभन्दा बढी आयात हुनेमा पेट्रोलियम पदार्थ अग्रस्थानमा रहेको छ । चालु आर्थिक वर्षको चार महिनामा ६९ अर्ब ७ करोड ५८ लाख ४२ हजार रुपैयाँ बराबरको पेट्रोलियम पदार्थ नेपाल भित्रिएको छ ।

    यो भनेको गत वर्षको यसै अवधिको तुलनामा ६८.२ प्रतिशतले वृद्धि हो । गत वर्षको चार महिनामा ४१ अर्ब ७ करोड १५ लाख ३५ हजार रुपैयाँ बराबरको पेट्रोलियम पदार्थ आयात भएको थियो ।

    दोस्रो धेरै आयात हुने वस्तुमा फलाम तथा फलामजन्य उत्पादन देखिएका छन् । यस्तो वस्तु चार महिनामा ५८ अर्ब २० करोड ४१ लख ४१ हजार रुपैयाँ बराबरको भित्रिएको छ ।

     यो गत वर्षको तुलनामा ६२ प्रतिशतले वृद्धि हो । व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रका नायब कार्यकारी निर्देशक सुयेस खनालले फलाम धेरै भित्रनुले देशमा विकास निर्माणका कामहरू अघि बढिरहेको बुझ्न सकिने बताउँछन् । अरू सामानमा जस्तो धेरै फलाम भित्रनुमा आत्तिनुपर्ने अवस्था नरहेको उनको तर्क छ ।

    नेपालले भारत, चीन, फ्रान्स, यूएई, थाइल्यान्ड, इन्डोनेसिया, स्विटजरल्यान्ड, मलेसिया, क्यानडा, भियतनाम, अर्जेन्टिना, युक्रेनलगायतका देश रहेका छन् ।

    चालु आर्थिक वर्षको चार महिनामा समग्र निर्यातमा केही सुधार देखिए पनि आयातमा अत्यधिक वृद्धिका कारण देशले चार महिनामा ४ खर्ब ५४ अर्ब ४७ करोड रुपैयाँ व्यापार घाटा बेहोर्नुपरेको छ ।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    आज २०८२ साल असोज ४ गतेको राशिफल

    आज असोज ४, २०८२ (सेप्टेम्बर २०, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

    युक्रेनमा फँसेका दुई नेपाली नागरिक उद्धार

    काठमाडौं, असोज ३ – वैदेशिक रोजगारीको क्रममा भारत हुँदै युक्रेन पुगेका दुई नेपाली नागरिक सुरक्षित...

    राष्ट्रपति पौडेलः प्रतिनिधिसभा विघटन अपरिहार्य निर्णय

    काठमाडौं, असोज ३ – राष्ट्रपति रामचन्द्र पौडेलले प्रतिनिधिसभाबाट मन्त्रिपरिषद् गठन गर्ने कुनै उपाय नभएको कारण...

    महेश बस्नेतले गरे सुधन गुरुङ एमालेमा आउन सक्ने दाबी

    काठमाडौं, असोज ३ – नेकपा एमालेले संविधान दिवसको अवसरमा केन्द्रीय कार्यालय च्यासलमा कार्यक्रम आयोजना गरेको...

    देउवाको स्वास्थ्यमा सुधार, टाउकोमा १२ टाँका

    काठमाडौं, असोज ३ – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको टाउकोमा गम्भीर चोट लागेको छ। उपचारको...