News Portal

  • हरेक क्षेत्रमा पहुँच नभएसम्म महिलाहिंसा अन्त्य नहुने उपेन्द्र यादवको ठोकुवा

    हिमाली संचार संवाददाता
    ५८९ पटक

    विक्रम रौनियार
    जनकपुरधाम : उपप्रधान एवं स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवले शक्ति, सत्ता र सम्पतिमा पहुँच नभएसम्म महिलामाथि हुने हिंसा अन्त्य नहुने बताएका छन् ।

    महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयद्वारा जनकपुरमा आयोजित १६ दिने लैङ्गिक हिंसाविरुद्धको अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उनले सामाजिक समानताको अवधारण लागू गरिए मात्र लैङ्गिक हिंसा अन्त हुने बताए ।

    उनले कुपरम्परा र गलत रितिरिवाजहरुले नै महिला हिंसालाई बढावा दिएको भन्दै यसका लागि समाज सच्चिएर अगाडि बढ्नुपर्ने बताए ।

    कार्यक्रममा प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले पुरुषवादी सोचको कारण लैङ्गिक हिंसामा वृद्धि भइरहेको उल्लेख गरे ।

    उनले अहिले महिला मात्र नभइ पुरुष, तेस्रोलिङ्गीहरुसमेत हिंसामा परिरहेको बताए । मुख्यमन्त्री राउतले लैङ्गिक हिंसाको प्रारम्भ घरबाटै सुरु हुने गरेको भन्दै अभिभावक सचेत हुनुपर्ने बताए ।

    महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्री थममाया थापाको अध्यक्षतामा भएको उक्त कार्यक्रममा प्रदेश सरकारका आन्तरिक मामिला तथा कानून मन्त्री ज्ञानेन्द्र यादव, आर्थिक मामिला तथा योजना राज्यमन्त्री उषा यादव, समाजिक विकास राज्यमन्त्री अभिराम शर्मा, कृषि राज्यमन्त्री योगेन्द्र राय यादव, प्रतिनिधिसभा सदस्य जुली महासेठ सहितको उपस्थिति रहेको थियो ।

    दुई दिनसम्म चल्ने कार्यक्रममा प्रदेश भरिकै प्रदेशसभा सदस्य, स्थानीय तहका प्रमुख उपप्रमुखसहितको सहभागिता रहेको छ ।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    विश्व चर्चित दुई ठूला राष्ट्रपतिको भेट – कमला थापा

    २०८२ भदौ २ गते सोमबार। यो साता अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्प र रुसका राष्ट्रपति भ्लादिमिर...

    आज २०८२ साल भदौ २ गतेको राशिफल

    आज भदौ २, २०८२ (अगस्त १८, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

    कुवेतमा हरितालिका तीज विशेष सांगीतिक कार्यक्रम–प्रमुख आकर्षण प्रीति आले

    कुवेत, भदौ १ – नेपाली कला र संस्कृतिको संरक्षण तथा प्रवर्द्धनका लागि कुवेतमा आयोजित हुने...

    विद्युत् प्राधिकरणले सरकारसँग ५ अर्ब रुपैयाँ ऋण लिएर काम सुरु

    काठमाडौं, भदौ १ – नेपाल विद्युत् प्राधिकरणले नगद अभावका कारण सरकारले उपलब्ध गराएको ५ अर्ब...

    गोंगबुमा श्रीमतीको हत्या गरेर फरार भएका सन्तोष वीरगञ्जबाट पक्राउ

    काठमाडौँ, भदौ १ – गोंगबुमा आफ्नै श्रीमतीको हत्या गरी शव बक्स पलङभित्र लुकाएर फरार भएका...