News Portal

पूर्व अध्यक्षहरू सहभागी नभएको ‘एनआरएनए कन्क्लेभ’, प्रधानमन्त्री ओलीद्वारा अदालतको मानमर्दन

हिमालीसंचार संवाददाता
३७० पटक

काठमाडौँ, वैशाख ३१ — बद्री केसी समूहले बुधबार आयोजना गरेको ‘एनआरएनए कन्क्लेभ’मा गैरआवासीय नेपाली संघ (एनआरएनए) का संस्थापक अध्यक्ष तथा अन्य पूर्व अध्यक्षहरू सहभागी भएनन्।

सर्वोच्च अदालतको परमादेशअनुसार एनआरएनए उच्चस्तरीय समितिले गत वैशाख २० र २१ गते काठमाडौँमा सफलतापूर्वक एकता महाधिवेशन सम्पन्न गरेको थियो। सो महाधिवेशनबाट महेश कुमार श्रेष्ठको नेतृत्वमा नयाँ कार्यसमिति निर्विरोध निर्वाचित भइसकेको छ।

महाधिवेशन सम्पन्न भएको केही समयमै बद्री केसी समूहले ‘कन्क्लेभ’ आयोजना गरे पनि गृह मन्त्री तथा परराष्ट्र मन्त्रीसमेत सो कार्यक्रममा उपस्थित भएनन्। केसीले सर्वोच्च अदालतमा महाधिवेशनबाट निर्वाचित कार्यसमितिको काम रोक्न माग गर्दै रिट दायर गरेका थिए। तर, सर्वोच्चले अन्तरिम आदेश दिन अस्वीकार गरेपछि केसीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रमुख अतिथिका रूपमा आमन्त्रण गरेर कार्यक्रम आयोजना गरेका हुन्।

“सर्वोच्च अदालतको स्पष्ट परमादेशअनुसार आयोजित एकता महाधिवेशनबाट महेश श्रेष्ठको नेतृत्वमा वैधानिक कार्यसमिति निर्वाचित भइसकेको अवस्थामा अर्को समिति कायम छैन। यस्तो अवस्थामा प्रधानमन्त्री स्वयं बद्री केसी समूहको कार्यक्रममा जानु अदालतकै मानमर्दन हो,” अधिवक्ता डा. नारायणदत्त कँडेलले टिप्पणी गरे।

एनआरएनए आइसिसीका नवनिर्वाचित महासचिव बी. आर. लामाले पनि महेश श्रेष्ठको नेतृत्वको समिति नै एक मात्र वैधानिक समिति भएको स्पष्ट पार्दै कसैलाई भ्रममा नपर्न आग्रह गरे। “हामी कसैसँग द्वन्द्व गर्न चाहँदैनौं, तर हाम्रो संयमलाई कमजोरी नठानियोस्,” उनले भने।

पूर्व अध्यक्षहरूको सहभागिता नरहेको, विवादास्पद कार्यक्रम आयोजना गरेर केसी समूहले संघको कोषको दुरुपयोग मात्र गरेको आरोप एनआरएनए अभियन्ताहरूले लगाएका छन्।

प्रतिकृया दिनुहोस्

शिक्षामा गुणस्तरको दाबी गर्ने नगरपालिकाको यथार्थ अवस्था

रबिन्द्र बराल-मोरङको सुनवर्षी नगरपालिकाले शिक्षामा गुणस्तरीय सुधारको दाबी गरिरहे पनि स्थानीय सामुदायिक विद्यालयहरूको वास्तविक अवस्था...

रंगेलीमा ब्राउन सुगरसहित ४ जना पक्राउ

रबिन्द्र बराल- मोरङको सीमावर्ती क्षेत्रमा पछिल्लो समय लागूऔषध ओसारपसार तथा बिक्री–वितरण बढ्दै गएको पाइएको छ।...

राजनीतिक संरक्षणमा वर्षौंदेखि विद्यालयको जग्गा कब्जा

रंगेली -नेपाल सरकारले सामुदायिक विद्यालयहरूको अतिक्रमित जग्गाको अभिलेख माग गर्न थालेपछि रंगेली नगरपालिका भित्रका विद्यालयहरूले आफ्नो...

रेविज खोप अभावले रङ्गेली क्षेत्रमा सर्वसाधारण मारमा, महँगो मूल्यमा खरिद गर्न बाध्य

रबिन्द्र बराल- नेपाल सरकारले विगत दुई महिनादेखि देशभरिका सरकारी अस्पतालहरूमा निःशुल्क उपलब्ध गराउँदै आएको रेविजविरुद्धको...

देशले पाउन नसकेको राज नेता

– कमला थापा २०८३ वैशाख २२ गते। नेपाली समाजमा निकै चलन चल्तिमा आएको प्रचलित शब्द...