News Portal

  • पूर्व अध्यक्षहरू सहभागी नभएको ‘एनआरएनए कन्क्लेभ’, प्रधानमन्त्री ओलीद्वारा अदालतको मानमर्दन

    हिमालीसंचार संवाददाता
    १९८ पटक

    काठमाडौँ, वैशाख ३१ — बद्री केसी समूहले बुधबार आयोजना गरेको ‘एनआरएनए कन्क्लेभ’मा गैरआवासीय नेपाली संघ (एनआरएनए) का संस्थापक अध्यक्ष तथा अन्य पूर्व अध्यक्षहरू सहभागी भएनन्।

    सर्वोच्च अदालतको परमादेशअनुसार एनआरएनए उच्चस्तरीय समितिले गत वैशाख २० र २१ गते काठमाडौँमा सफलतापूर्वक एकता महाधिवेशन सम्पन्न गरेको थियो। सो महाधिवेशनबाट महेश कुमार श्रेष्ठको नेतृत्वमा नयाँ कार्यसमिति निर्विरोध निर्वाचित भइसकेको छ।

    महाधिवेशन सम्पन्न भएको केही समयमै बद्री केसी समूहले ‘कन्क्लेभ’ आयोजना गरे पनि गृह मन्त्री तथा परराष्ट्र मन्त्रीसमेत सो कार्यक्रममा उपस्थित भएनन्। केसीले सर्वोच्च अदालतमा महाधिवेशनबाट निर्वाचित कार्यसमितिको काम रोक्न माग गर्दै रिट दायर गरेका थिए। तर, सर्वोच्चले अन्तरिम आदेश दिन अस्वीकार गरेपछि केसीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रमुख अतिथिका रूपमा आमन्त्रण गरेर कार्यक्रम आयोजना गरेका हुन्।

    “सर्वोच्च अदालतको स्पष्ट परमादेशअनुसार आयोजित एकता महाधिवेशनबाट महेश श्रेष्ठको नेतृत्वमा वैधानिक कार्यसमिति निर्वाचित भइसकेको अवस्थामा अर्को समिति कायम छैन। यस्तो अवस्थामा प्रधानमन्त्री स्वयं बद्री केसी समूहको कार्यक्रममा जानु अदालतकै मानमर्दन हो,” अधिवक्ता डा. नारायणदत्त कँडेलले टिप्पणी गरे।

    एनआरएनए आइसिसीका नवनिर्वाचित महासचिव बी. आर. लामाले पनि महेश श्रेष्ठको नेतृत्वको समिति नै एक मात्र वैधानिक समिति भएको स्पष्ट पार्दै कसैलाई भ्रममा नपर्न आग्रह गरे। “हामी कसैसँग द्वन्द्व गर्न चाहँदैनौं, तर हाम्रो संयमलाई कमजोरी नठानियोस्,” उनले भने।

    पूर्व अध्यक्षहरूको सहभागिता नरहेको, विवादास्पद कार्यक्रम आयोजना गरेर केसी समूहले संघको कोषको दुरुपयोग मात्र गरेको आरोप एनआरएनए अभियन्ताहरूले लगाएका छन्।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    कारागारमा रविलाई भेट्न नपाएपछि निकोलस भुसालको आक्रोश

    काठमाडौं, असोज १३ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई भेट्न नख्खु कारागार पुगेका...

    रूपन्देहीका उद्योगीहरू विद्युत महसुल विवादमा तनावमा

    बुटवल, असोज १३ – नेपाल विद्युत प्राधिकरणले डेडिकेटेड र ट्रंकलाइनमार्फत विद्युत प्रयोग गर्ने उद्योगीहरूलाई बक्यौता...

    अस्पतालमा उपचाररत देउवाले सामाजिक सञ्जालमार्फत शुभकामना पठाए

    काठमाडौं, असोज १३ – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले जेनजी आन्दोलनका क्रममा भएका घटनालाई नेपालको...

    जनताले चाहे प्रधानमन्त्री बन्न तयार : सुदन गुरुङ

    काठमाडौं, असोज १३ – भदौ २३–२४ मा भएको जेनजी आन्दोलनपछि चर्चामा आएका सुदन गुरुङले अलजजिरासँगको...

    रास्वपाको निर्देशन : चाडपर्वमा उपहार नलिनु, रातो पासपोर्ट बुझाउनू

    काठमाडौँ, असोज १३ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्ना सबै तहका नेताहरूलाई यस वर्षको...