News Portal

नव-निर्वाचित एनआरएनए कार्यसमितिद्वारा परराष्ट्रमन्त्रीको ध्यानाकर्षण

हिमालीसंचार संवाददाता
३८१ पटक

काठमाडौं, वैशाख ३१ – गैर आवासीय नेपाली संघ (एनआरएनए) को नव-निर्वाचित कार्यसमितिले परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाको ध्यानाकर्षण गराएको छ। अध्यक्ष महेश कुमार श्रेष्ठको नेतृत्वमा गएको टोलीले सिंहदरबारमा मन्त्री राणालाई भेटी संस्थागत गतिविधिबारे जानकारी गराउँदै ज्ञापनपत्र बुझाएको हो।

अध्यक्ष श्रेष्ठले निर्माणाधीन ‘एनआरएनए ऐन’ सम्बन्धी संस्थागत सुझावहरू मन्त्रीलाई हस्तान्तरण गरेका थिए।

त्यसैगरी, एकता महाधिवेशनबाट निर्वाचित कार्यसमितिले हालका गतिविधिबारे जानकारी दिँदै मन्त्रालयले निर्वाचित कमिटीसँग सहकार्य गर्ने वातावरण निर्माण गर्न पहल थाल्न आग्रह गरेको प्रवक्ता गंगाधर गौतमले जानकारी दिए।

महासचिव बाबुराम (बीआर) लामाका अनुसार, एकता महाधिवेशनबाट पारित ‘काठमाडौं घोषणापत्र’ कार्यान्वयन गर्ने र विदेशमा रहेका नेपालीहरूको मुद्दाहरू सम्बोधन गर्न परराष्ट्रमन्त्रीको ध्यानाकर्षण गराइएको हो।

कार्यसमितिको विवरण समेत हस्तान्तरण गर्दै विभिन्न निकायहरूसँग पत्राचार गरिदिन अनुरोध गरिएको थियो। जवाफमा मन्त्री राणाले एनआरएनएको वर्तमान कार्यसमितिसँग सरकार सहकार्य गर्दै अघि बढ्ने बताउँदै उठाइएका विषयहरू सम्बोधन गर्न पहल गर्ने प्रतिबद्धता व्यक्त गरिन्।

प्रतिकृया दिनुहोस्

शिक्षामा गुणस्तरको दाबी गर्ने नगरपालिकाको यथार्थ अवस्था

रबिन्द्र बराल-मोरङको सुनवर्षी नगरपालिकाले शिक्षामा गुणस्तरीय सुधारको दाबी गरिरहे पनि स्थानीय सामुदायिक विद्यालयहरूको वास्तविक अवस्था...

रंगेलीमा ब्राउन सुगरसहित ४ जना पक्राउ

रबिन्द्र बराल- मोरङको सीमावर्ती क्षेत्रमा पछिल्लो समय लागूऔषध ओसारपसार तथा बिक्री–वितरण बढ्दै गएको पाइएको छ।...

राजनीतिक संरक्षणमा वर्षौंदेखि विद्यालयको जग्गा कब्जा

रंगेली -नेपाल सरकारले सामुदायिक विद्यालयहरूको अतिक्रमित जग्गाको अभिलेख माग गर्न थालेपछि रंगेली नगरपालिका भित्रका विद्यालयहरूले आफ्नो...

रेविज खोप अभावले रङ्गेली क्षेत्रमा सर्वसाधारण मारमा, महँगो मूल्यमा खरिद गर्न बाध्य

रबिन्द्र बराल- नेपाल सरकारले विगत दुई महिनादेखि देशभरिका सरकारी अस्पतालहरूमा निःशुल्क उपलब्ध गराउँदै आएको रेविजविरुद्धको...

देशले पाउन नसकेको राज नेता

– कमला थापा २०८३ वैशाख २२ गते। नेपाली समाजमा निकै चलन चल्तिमा आएको प्रचलित शब्द...