News Portal

जनताको सेवा गर्न कार्यकर्ताहरुलाई काँग्रेस नेता शाहीको निर्देशन

हिमाली संचार संवाददाता
६९३ पटक

कालिकोट : कर्णाली प्रदेश सभा प्रमुख प्रतिपक्ष दल काँग्रेसका नेता जीवन बहादुर शाहीले जनताको सेवा गर्न कार्यकर्ताहरुलाई निर्देशन दिएका छन् । कर्णाली प्रदेशको विभिन्न जिल्लाहरुमा भ्रमणमा क्रममा नेता शाहीले काँग्रेस कार्यकर्ताहरुलाई यस्तो निर्देशन दिएका हुन् ।

बुधबार कालिकोट खाँडाचक्र नगरपालिकामा काँग्रेस कार्यकर्तासँगको भेटमा नेता शाहीले जनताको सेवा गर्न निर्देशन दिए । उनले भने, ‘जनताको सेवालाई पहिलो प्राथमिकतामा राखेर काम गर्नुस्’, ‘लोकतन्त्रमा सरकार भनेकै जनता हुन् । कुनैपनि आफु आवद्व संघसंस्था तथा आफ्नो क्षमताले भ्याएसम्म जनताको सेवामा सर्मपित हुनुस् ।’

नेता शाहीले लोकतन्त्रको रक्षाका लागि नेपाली काँग्रेस सदैव अग्रसर हुने बताउदै पार्टीमा आवद्ध कार्यकर्ताहरुलाई संगठन बलियो बनाउनका लागि क्रियाशिलतामा थप प्रभावकारी बनाउन अनुरोध गरे। संगठन निर्माणमा स्थानीय कार्यकर्ताहरुको प्रभावकारी भुमिका रहने उनले धारणा व्यक्त गरे । स्थानीय कार्यकर्ताको जागरुपताले पार्टी बलियो बन्ने उनको धारणा थियो ।

स्थानीय कार्यकर्ताहरुसँगको भेटघाट कार्यक्रममा साविकको दह गा.वि.स.का सभापती भक्त बहादुर शाही, सुर्खेत काँग्रेसका सचिव टोप बहादुर रावल, नेपाल प्रेस युनियनका केन्द्रिय अध्यक्ष बद्री सिग्देल, सुर्खेत क्षेत्र नं. ३ का क्षेत्रीय सभापती लालविर भण्डारी, नेपाल प्रेस युनियन बर्दियाका अध्यक्ष विनयराज भण्डारी, दैलेखका काँग्रेस नेता प्रेम प्रकाश शाही, प्रेस युनियनका नेता सुशीलराज शर्मा लगायतको उपस्थिती रहेको नेपाल तरुण दल बराहतालका अध्यक्ष लोकेश आरसीले बताएका छन् ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल चैत २८ गतेको राशिफल

आज चैत २८, २०८२ ( अप्रिल ११, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

बिदाइमा भीड घटाउन विमानस्थलको अपिल: एक यात्रुका लागि तीन जना मात्रै

काठमाडौं, चैत २७ — त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले यात्रु बिदाइका क्रममा हुने भीड नियन्त्रण गर्न फेरि...

गोरखा–जितगढी एकीकरण पदयात्रा सुरु, आठ दिनमा २०७ किमि दूरी तय गर्ने लक्ष्य

गोरखा, चैत २७ — ऐतिहासिक गोरखा–जितगढी एकीकरण पदमार्गमा नेपाली सेनाले चौथो संस्करणको पदयात्रा सुरु गरेको छ।...

आज २०८२ साल चैत २७ गतेको राशिफल

आज चैत २७, २०८२ ( अप्रिल १०, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

सामान्य झगडाले लियो दुःखद मोड : पाटनमा छुरा प्रहारबाट दुई दाजुभाइको मृत्यु

ललितपुर, चैत २६ — पाटनको कृष्ण मन्दिर आसपास भएको छुरा प्रहारको घटनामा घाइते भएका दुई...