News Portal

विप्लवका लेखकको राष्ट्रिय सम्मेलन सम्पन्न, दुलालको अध्यक्षतामा २९ सदस्यीय केन्द्रीय समिति गठन

हिमाली संचार संवाददाता
६०८ पटक

काठमाडौं : नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीसम्बद्ध अखिल नेपाल जनसांस्कृतिक महासंघको एउटा घटक संगठन– अखिल नेपाल लेखक संघको दोस्रो राष्ट्रिय सम्मेलन सम्पन्न भएको छ ।

राजधानीमा सोमबार सम्पन्न सम्मेलनले शोभा दुलालको अध्यक्षतामा लम्जेल ‘संघर्षशील’ उपाध्यक्ष, खोमा तरामु मगर महासचिव, मुक्तान थेबा सचिव र प्रतिबद्ध कोषाध्यक्ष रहेको २९ सदस्यीय केन्द्रीय समिति चयन गरेको छ । नेकपाका केन्द्रीय सदस्य एवं उपत्यका विशेष ब्युरो इन्चार्ज माइला लामाले सम्मेलनको उदघाटन गरेका थिए ।

सम्मेलनमा महासंघका निवर्तमान महासचिव खेम थपलियाले विधान र प्रतिवेदन प्रस्तुत गरेका थिए । महासंघ र पार्टीले लिएका लक्ष्य पूरा गर्न संघले कुनै कसर बाँकी नराख्ने प्रतिबद्धता नवनिर्वाचित अध्यक्ष दुलालले जनाइन् ।

डा. शिवशंकर बस्याल, प्रसिद्ध शर्मा, भीम भारती, करन दयाल, मणि शर्मा, सीता विक ‘सम्झना’, सिद्ध खड्का, जानकी दहित, प्रदीप जैसी, पूर्ण इन्फादा, अम्बिका पाठक, एसके श्रेष्ठ, बीपी विद्रोही, गणेश लोहार, ध्रुवलाल शर्मा, युवराज नास्तिक, ममता सुर्खेती, रामप्रसाद खनाल, प्रतिमा गहतराज, कुमार धामी, ज्ञानु केसी र अम्बिका राई केन्द्रीय सदस्य चयन भएका छन् ।

सम्मेलनले अश्लील साहित्यको प्रकाशन–प्रशारण तथा नेपाल र संसारभरका मार्क्सवादी लेखक–स्रष्टामाथि भएको दमन बन्द गर्न, भारतीय जेलमा राखिएका बरबर राव, गौतम नौलखा लगायतका सबै स्रष्टाहरूलाई तत्काल विनाशर्त रिहा गर्न, सरकारी ढुकुटी खर्च गरी गठन गरिएका प्रज्ञा प्रतिष्ठान, साझा प्रकाशन लगायतका स्थानमा भएको भ्रष्टाचार र अनियमितता अन्त्य गर्न, भ्रष्टहरूमाथि कडा कारबाही गर्न, प्रज्ञा प्रतिष्ठानमा राखिएको भारतीय झन्डा तत्काल हटाउन, स्रष्टाहरूमाथि लादिएको एनजीओकरण–आईएनजीओकरण तथा आदर्शवादीकरण अन्त्य गर्न माग गरेको छ ।

प्रतिकृया दिनुहोस्

ओलीले भने, ‘देशभक्तिका काम गर्न नदिने हो’

काठमाडौं, फागुन ४ — नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले झापा–५ मा आयोजित चुनावी घरदैलोमा...

झापामा चुनावी संवाद: बालेन र शिक्षकबीच रोचक बहस

झापा, माघ ४ — प्रतिनिधि सभा निर्वाचनको माहोल तातिँदै जाँदा झापा–५ मा एक चुनावी कार्यक्रममा...

प्रहरी कार्यालयबाट लुटिएको पेस्तोलसहित दुई जना पक्राउ

झापा, फागुन ४ — बिर्तामोडस्थित इलाका प्रहरी कार्यालयबाट लुटिएको हतियार प्रकरणमा दुई जनालाई प्रहरीले पक्राउ...

गंगाजमुना–५ मा रमेश धमलाको घरदैलो अभियान, पञ्चेबाजासहित भव्य स्वागत

धादिङ – प्रतिनिधि सभा सदस्य निर्वाचन धादिङ क्षेत्र नं. २ का नेपाली कांग्रेस उम्मेदवार रमेश...

आज २०८२ साल फागुन ४ गतेको राशिफल

आज फागुन ४, २०८२ ( फेब्रुअरी १६, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...