News Portal

काठमाडौंमा ट्राफिक प्रहरीद्वारा सर्वसाधारणमाथि निर्घात कुटपिट : भिडियो सामाजिक सञ्जालमा भाइरल

संगीता गुरुङ
४७६ पटक

काठमाडौं, वैशाख ११ – काठमाडौं उपत्यकामा खिचिएको भनिएको एक भिडियोले अहिले सामाजिक सञ्जाल तताएको छ, जहाँ ट्राफिक प्रहरीले एक सर्वसाधारणलाई अत्यन्तै निर्घात रूपमा कुटपिट गरिरहेको देखिन्छ।

भिडियोमा कीर्तिपुर यातायात लेखिएको बस नजिकै चार जना ट्राफिक प्रहरी देखिन्छन्। तीमध्ये एक जनाले सर्वसाधारणलाई बुटले अनुहारमा हानेका छन् भने अन्य तीन जना त्यो घटनालाई हेरिरहेका मात्र देखिन्छन्। त्यसपछि उक्त पीडितलाई छाती समातेर थप प्रहार गरी उनको कागजात र मोबाइल फालिएको दृश्य पनि स्पष्ट देखिन्छ।

उक्त घटनाबारे उपत्यका ट्राफिक प्रहरी कार्यालयका वरिष्ठ प्रहरी उपरीक्षक (एसपी) दीपक गिरीले जानकारी दिँदै भिडियो कम्तीमा दुई महिनाभन्दा पुरानो भएको अनुमान गरे। “भिडियोमा ट्राफिकहरूले ज्याकेट लगाएका छन्, तर हामीले त्यो पोशाक प्रयोग गर्न छाडेको दुई महिनाभन्दा बढी भइसकेको छ,” गिरीले बताए।

भिडियो सार्वजनिक भएपछि सामाजिक सञ्जाल प्रयोगकर्ताहरू आक्रोशित छन्। धेरैले यसलाई “राज्य आतंक”को संज्ञा दिँदै प्रहरीको व्यवहारप्रति गम्भीर प्रश्न उठाएका छन्।

एसपी गिरीका अनुसार कुटपिटमा संलग्न देखिएका प्रहरी जवानबारे पहिचानको प्रक्रिया अगाडि बढाइएको छ। घटनाबारे विस्तृत छानबिन भइरहेको जानकारी दिँदै उनले दोषीमाथि कारबाही हुने स्पष्ट पारे।

यस घटनाले प्रहरीले आम नागरिकप्रति गर्ने व्यवहार र जवाफदेहीतालाई लिएर पुनः बहस सुरु गराएको छ।

 

प्रतिकृया दिनुहोस्

नियमावलीमै व्यवस्था, तर क्यालेन्डरमै छैन प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर

काठमाडौं-प्रतिनिधिसभा नियमावलीले प्रत्येक महिनाको पहिलो हप्तामा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम अनिवार्य गरे पनि आगामी जेठ...

शिक्षा मन्त्रालयबाट कर्मचारी नआउँदा शिक्षकलाई काज सरुवा, ६ वर्षदेखि शिक्षा शाखामै कार्यरत

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाको शिक्षा शाखामा कर्मचारी अभावका कारण एक शिक्षकलाई काज सरुवा गरेर...

मिनिल्यान्डले 4 GPA ल्याउने भानुभक्तलाई सम्मान गर्‍यो

रबिन्द्र बराल- मोरङको रङ्गेली–७ मा रहेको मिनिल्यान्ड इङ्लिस बोर्डिङ स्कुलले एसईई परीक्षामा 4 GPA प्राप्त...

शिक्षामा गुणस्तरको दाबी गर्ने नगरपालिकाको यथार्थ अवस्था

रबिन्द्र बराल-मोरङको सुनवर्षी नगरपालिकाले शिक्षामा गुणस्तरीय सुधारको दाबी गरिरहे पनि स्थानीय सामुदायिक विद्यालयहरूको वास्तविक अवस्था...

रंगेलीमा ब्राउन सुगरसहित ४ जना पक्राउ

रबिन्द्र बराल- मोरङको सीमावर्ती क्षेत्रमा पछिल्लो समय लागूऔषध ओसारपसार तथा बिक्री–वितरण बढ्दै गएको पाइएको छ।...