News Portal

  • आजको राशिफल

    आज चैत्र २२, २०८१ (अप्रिल ४, २०२५) को राशिफल यस प्रकार रहेको छ:

    हिमालीसंचार संवाददाता
    १४० पटक

    आज चैत्र २२, २०८१ (अप्रिल ४, २०२५) को राशिफल यस प्रकार रहेको छ:

    मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ):

    व्यापार व्यवसायमा प्रगति हुनेछ। शुभचिन्तकहरूको साथ मिल्नेछ। कार्यक्षेत्रमा सानोतिनो बाधाले मन अप्रसन्न रहनेछ। हतारमा लिएका निर्णयहरू परिवर्तन गर्नु पर्ला। (शुभ रंग: हरियो, शुभ अंक: १)

    वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो):

    सम्बन्धमा चलिरहेको वाद विवाद सुल्झीनेछ। शत्रुहरू परास्त हुनेछन्। कार्यक्षेत्रमा भावुकतामा आएर निर्णय नलिनुहोला। मित्रहरूको साथमा रमाइलो समय व्यतीत हुनेछ। (शुभ रंग: गुलाबी, शुभ अंक: २)

    मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा):

    कार्यक्षेत्रमा अनुभवको फाइदा मिल्नेछ। अरुले आफ्नो स्वार्थ पूरा गर्न उपयोग गर्लान्, सजग रहनुहोस्। कीर्तिमान कार्य गर्ने अवसर जुट्नेछ। (शुभ रंग: हल्का निलो, शुभ अंक: ३)

    कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो):

    वैदेशिक यात्रा सफल रहनेछ। अरुको लागि बुद्धि र श्रम खर्च गर्नुपर्ला। यात्रा गर्दा आफ्नो सामानको जिम्मेवारी स्वयं राख्नुहोस्। (शुभ रंग: पहेलो, शुभ अंक: ४)

    सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे):

    नोकरी वा पेशामा अधिकारी वर्गहरू कार्यबाट प्रसन्न हुनुहुनेछ। सहयोगी वर्गहरूको साथ मिल्नेछ। कार्यक्षेत्रमा नयाँ कार्य हात लाग्नेछ। (शुभ रंग: केशरी, शुभ अंक: ३)

    कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो):

    रोकिएको कार्य प्रारम्भ हुनेछ। कार्यक्षेत्रमा पिताको साथ र सहयोग मिल्नेछ। आम्दानीका स्रोतहरू बन्नेछन्। चलचित्र वा मिडियाको क्षेत्रमा विशेष सफलता पाइनेछ। (शुभ रंग: बैजनी, शुभ अंक: ४)

    तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते):

    धैर्य र आत्मविश्वासले अगाडि बढ्नुहोस्, सफलता मिल्नेछ। विद्यार्थीहरूलाई शिक्षाको क्षेत्रमा शिक्षकको साथ र सहयोग मिल्नेछ। विशेष सफलताको लागि केही समय प्रतीक्षा गर्नुपर्ने देखिन्छ। (शुभ रंग: सुन्तला, शुभ अंक: १)

    वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु):

    अप्ठ्यारा परिस्थितिहरूसँग सम्झौता गर्नुपर्ला। प्रतिभाको उच्च मूल्याङ्कन हुनेछ। कानुनी मामलाहरूमा पक्ष कमजोर होला। कृषिमा र पशुधनबाट लाभ आर्जन गर्न सकिनेछ। (शुभ रंग: रातो,  शुभ अंक: १)

    धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे):

    साझेदारी व्यापारबाट लाभ आर्जन गर्न सकिनेछ। दाम्पत्य जीवन सुमधुर रहनेछ। विद्यार्थी वर्गहरू समयको वेवास्ता नगर्नुहोला, पछाडि पर्न सक्नुहुनेछ। स्वास्थ्यमा खानपिनमा सावधानी राख्नुहोस्। (शुभ रंग: पहेलो, शुभ अंक: ६)

    मकर (भो, जा, जि, जु, जे, जो, ख, खि, खु, खे, खो, गा, गि):

    प्रतियोगी परीक्षामा सफलता मिल्नेछ। नयाँ नोकरी पाउन सफल हुनुहुनेछ। अध्ययन अध्यापनमा मन लाग्नेछ। (शुभ रंग: नीलो, शुभ अंक: १)

    कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा):

    जोखिम लिएर कुनै कार्य प्रारम्भ नगर्नुहोला। प्रतियोगितामा सफलता मिल्नेछ। रोजगार र व्यापारको क्षेत्रमा सफलता मिल्नेछ। परिवारसँग घुम्ने योजना बन्ने योग छ। (शुभ रंग: बैजनी, शुभ अंक: १)

    मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि):

    राजनीतिक क्षेत्रमा सफलता मिल्नेछ। जग्गा जमिनबाट लाभ आर्जन गर्न सकिएला। साहित्य वा कलाको क्षेत्रबाट लाभ मिल्नेछ। (शुभ रंग: गाढा पहेलो, शुभ अंक: ८)

    तपाईंको दिन शुभ रहोस्!

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    राष्ट्रपति पौडेल: हिन्दूकुश हिमालयको जैविक विविधता संकटमा, समाधानका लागि सबै मिलेर कदम चालौँ

    काठमाडौं, भदौ २ – राष्ट्रपति रामचन्द्र पौडेलले हिन्दूकुश हिमालय क्षेत्रको जैविक विविधता संकटमा रहेको चेतावनी...

    तुलसीपुरमा किशोरीमाथि जबरजस्ती करणी, युवक पक्राउ

    दाङ, भदौ २ – तुलसीपुर उपमहानगरपालिका-४ रक्षाचौरमा १९ वर्षीया किशोरीमाथि जबरजस्ती करणी गरेको आरोपमा २०...

    प्रधानमन्त्री ओलीको पहलः विपिन जोशीको सुरक्षित र शीघ्र रिहाइका लागि सरकार सक्रिय

    काठमाडौं, भदौ २ – प्रधानमन्त्री केपी शर्मा ओलीले विद्रोही हमास समूहले बन्धक बनाएका नेपाली युवा...

    चितवनमा अपराधमा बालबालिकाको प्रयोग बढ्दो, प्रहरी चिन्तित

    चितवन, भदौ २ – पछिल्लो एक वर्षमा चितवन जिल्लामा बालबालिकालाई अपराधमा संलग्न गराउने घटनामा उल्लेख्य...

    कुवेतको रक्सी काण्डमा अस्पताल भर्ना भएकाहरू डिपोर्ट, मुख्य आरोपितलाई हत्याको मुद्दा लाग्ने

    कुवेत, भदौ २ – कुवेतमा भएको विषादीयुक्त रक्सी काण्डमा अस्पतालमा भर्ना भएका प्रवासीहरूलाई उपचारपछि डिपोर्ट...