News Portal

सर्जल चुर्ण पुन मगरको “ज्यान बचाउनै गाह्रो छ मलेसियामा” गीत सार्वजनिक (भिडियो सहित)

हिमाली संचार संवाददाता
७२४ पटक

काठमाडौं : सल्यानमा जन्मिएका चुर्ण पुन मगर, हाल बर्दियामा बसोबास गर्दै अाएका छन् । रोजगारीको शिलशिलामा प्रवासमा रहेपनि सानै देखि गीत संगीत तथा साहित्य सिर्जना प्रति रुचि राख्ने सच्चा लेखक पनि हुन ।

साहित्य सिर्जनाका लहरहरु फेसबुक तथा टुइटरका भित्ताहरुमा सजाउदै अाएका पुनले, मगरहरुको पहिलो कृर्ति झोर्ले संयुक्त गजल संग्रहमा अाफ्नो शब्द राख्न सफल भएका छन्,भने फुट्करमा धेरै कृर्तिहरुमा अाफ्नो शब्द राखिसकेका छन् ।

गीत लेखनमा पहिलो प्रयास “अाउ है सानू अनलाइन रोधीघर” बाट सुरु भएको उनको साङ्गितिक यात्रा “पाखै भरि फुलेको प्याउलिको फुल” हुँदै यो पटक “ज्यान बचाउनै गाह्रो छ मलेसियामा” भन्ने गीतको शब्द सिर्जना गरेका हुन् ।

सुखल भट्टराई र सावित्रा रिमालको संयुक्त प्रस्तुतिमा बजारमा ल्याउनु भएको छ, लाखौं श्रमजीवी नेपाली दाजुभाई बाध्यताले मलेसियामा श्रम बेच्नु पर्ने यो अवस्थामा यहाँ कार्यरत हजारौं श्रमकले भोग्नु परेको सास्ती र चरम श्रम शोषणको उपज, एउटै अावाज बोल्ने “ज्यान बचाउन गाह्राे छ मलेसियामा” कारुणिक गीति संग्रह बजारमा ल्याएका छन।

रोजगारीका लागि सबैको ध्यान केन्द्रित रहेको मलेसिया यतिबेला सबैले छिछि गरिरहेका छन् । लाखौंको संख्यामा मलेसियामा कार्यरत रहेका दाजुभाइ वर्षेनी सयौंको संख्यामा अकालमा ज्यान गुमाउनु परेको छ भने कति कुटपिटमा परेका छन् । मोबाइल गायब भएका छन्, कसैको ज्यान समेत गुमाएका छन् । धेरैको यहीँ कथन छ ज्यान जोगाउन गाह्रो छ मलेसियामा ।

प्रियसी म्युजिक प्रालिले बजारमा ल्याएको यस गीतमा सर्जक चुर्ण पुन मगरले सम्पूर्ण परदेशीहरुका पिडालाई शब्दमा समेटेर जनचेतनामूलक सन्देश दिने कोसिस गरेका छन् भने गायक सुखल भट्टराई र गायिका सिर्जना हुमगाइको आवाजमा सजिएको यस गीतमा लय सावित्रा रिमालले भरेकि छन् । गोमा मगर, हिरु अाले मगर र बबिता मोक्तानको बिशेष सहयोगमा उक्त गीत तयार पारीएको हो।

रमा थपलिया र बुद्धि वीर थापाको अभिनय रहेको छ । बबिता श्रेष्ठको निर्देशन, मुकेश हुमगाइको भिडियो छायाङकनमा महत्त्वपूर्ण भुमिका रहेको छ ।

गीतको पूरा भिडियो हेर्नहोस।

प्रतिकृया दिनुहोस्

रंगेलीमा काद सिरुवा पर्व तथा सांस्कृतिक कार्यक्रम सम्पन्न, परम्परा जोगाउन आग्रह

मोरङको रंगेली नगरपालिका–८ स्थित दरवेशा चोकमा राजवंशी समाज विकास समितिले नयाँ वर्षको अवसरमा काद सिरुवा...

शीर्षक: नेपाली कांग्रेस भित्र विवाद चर्कियो: खड्काद्वारा ‘कार्यवाहक सभापति’ हैसियतमा विज्ञप्ति

काठमाडौं -नेपाली कांग्रेस भित्रको आन्तरिक विवाद थप चर्किएको छ। पार्टीभित्र स्पष्ट रूपमा दुई धार देखिएको...

भृकुटीमण्डपका भाडा नतिर्ने २० सटलमा तालाबन्दी

काठमाडौं, ३० चैत — समाज कल्याण परिषद् अन्तर्गत सञ्चालनमा रहेको भृकुटीमण्डप क्षेत्रमा लामो समयदेखि भाडा...

गृहमन्त्रीको भनाइप्रति रक्षा बमको आपत्ति, गरिबीलाई दोष दिन नहुने टिप्पणी

काठमाडौं, ३० चैत – गृहमन्त्री सुधन गुरुङको पछिल्लो अभिव्यक्तिलाई लिएर जेनजी अभियन्ता रक्षा बमले असन्तुष्टि...

सांसदहरूबाट सम्पत्ति विवरण बुझाउने क्रम सुरु, जेठ १० भित्र बुझाउन आग्रह

काठमाडौं, चैत ३० — प्रतिनिधिसभाका सांसदहरूले आफ्नो सम्पत्ति विवरण बुझाउने प्रक्रिया सुरु गरेका छन्। संघीय...