News Portal

  • निर्मला बलात्कारसम्बन्धी समाचार सरकारी मिडियामा नल्याउन मन्त्री बास्कोटाको निर्देशन

    हिमाली संचार संवाददाता
    ४७१ पटक

    काठमाडौं : ओली सरकारका प्रवक्ता एवम् सूचना प्रविधि तथा सञ्चारमन्त्री गोकुल बास्कोटा निर्मला पन्तसम्बन्धी समाचार सरकारी मिडियामा नल्याउन निर्देशन दिएका छन् ।

    अंग्रेजी राष्ट्रिय दैनिक रिप्ब्लिकाको हिजोको प्रिन्टअनुसार केही समयअघि मन्त्रिपरिषद् बैठकको निर्णय सात दिनपछि मात्र सुनाउने भनेर चर्चामा आएका बास्कोटाले हालै सरकारी सञ्चारमाध्यमहरू गोरखापत्र, नेपाल टेलिभिजन, रेडियो नेपाल, राष्ट्रिय समाचार समितिमा निर्मला पन्त बलात्कारपछि हत्याका सामग्रीलाई स्थान नदिन निर्देशन दिएको बताइएको छ ।

    निर्मला प्रकरणसम्बन्धी समाचारले सरकारको लोकप्रियतामा ह्रास आएको भन्दै त्यससम्बन्धी समाचार, आलोचनात्मक लेख केही नदिन उनले निर्देशन दिएको रेडियो नेपालका एक पत्रकारले जानकारी दिए ।

    मन्त्री बास्कोटाले निजी सञ्चारमाध्यमले निर्मला पन्त प्रकरणलाई प्रमुख स्थान दिएको भन्दै आक्रोश व्यक्त गरेका थिए । सरकारी सञ्चारमाध्यमले निर्मला पन्तसम्बन्धी सामग्री नदिँदा सरकारलाई रचनात्मक सहयोग पुग्ने उनको अपेक्षा थियो । मन्त्री बास्कोटाको सो निर्देशनलगत्तै चारवटा सरकारी सञ्चारमाध्यममा निर्मला पन्त प्रकरणका सामग्री ‘ब्ल्याक आउट’ भएको छ ।

    अंग्रेजी राष्ट्रिय दैनिक रिप्ब्लिकाका अनुसार हिजो आइतबारको संस्करणमा गोरखापत्रले निर्मलाको बुवा सम्बन्धि कुनै पनि समाचारहरु कभर नगरेको दाबि गरेको छ ।

    सामाजिक संजालमा मन्त्रि बाँस्कोटाको चर्को आलोचना शुरु भैसकेको छ , मन्त्रि बाँस्कोटाको आदेशलाई गैरजिम्मेवार हर्कतको सबै पराकाष्ठ नाघेको आरोप लगाएका छन् सामाजिक संजाल प्रयोगकर्ताहरुले ।

    दुई तिहाइ बहुमतको केपी ओली नेतृत्वको सरकारलाई सबैभन्दा बढी आलोचित र विवादमा पार्ने मुख्य प्रकरण निर्मला पन्तको हत्या घटना भएको छ । निर्मलाको बलात्कारपछि हत्या भएको सोमबार चार महिना पुगेको छ ।

    तर, अहिलेसम्म उनको बलात्कार र हत्यामा संलग्नको पहिचान गर्न प्रहरीले सकेको छैन । प्रहरीको उच्च अधिकृतको नेतृत्व अहिले पनि निर्मला पन्त हत्याका दोषी खोजीकार्य भइरहेको छ । तर, सबै प्रमाण नष्ट पारिसकेकाले प्रहरीको प्रयास निरर्थक बन्दै गएको छ ।

    विज्ञान र प्रविधिको चरम बिकाशले गर्दा अहिलेका हरेक नागरिक आफैमा समाचारको श्रोत हो भने कुरा ओली सरकारका प्रवक्ताले बिर्सनु दुर्भाग्य हो ।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    राष्ट्रपति पौडेल: हिन्दूकुश हिमालयको जैविक विविधता संकटमा, समाधानका लागि सबै मिलेर कदम चालौँ

    काठमाडौं, भदौ २ – राष्ट्रपति रामचन्द्र पौडेलले हिन्दूकुश हिमालय क्षेत्रको जैविक विविधता संकटमा रहेको चेतावनी...

    तुलसीपुरमा किशोरीमाथि जबरजस्ती करणी, युवक पक्राउ

    दाङ, भदौ २ – तुलसीपुर उपमहानगरपालिका-४ रक्षाचौरमा १९ वर्षीया किशोरीमाथि जबरजस्ती करणी गरेको आरोपमा २०...

    प्रधानमन्त्री ओलीको पहलः विपिन जोशीको सुरक्षित र शीघ्र रिहाइका लागि सरकार सक्रिय

    काठमाडौं, भदौ २ – प्रधानमन्त्री केपी शर्मा ओलीले विद्रोही हमास समूहले बन्धक बनाएका नेपाली युवा...

    चितवनमा अपराधमा बालबालिकाको प्रयोग बढ्दो, प्रहरी चिन्तित

    चितवन, भदौ २ – पछिल्लो एक वर्षमा चितवन जिल्लामा बालबालिकालाई अपराधमा संलग्न गराउने घटनामा उल्लेख्य...

    कुवेतको रक्सी काण्डमा अस्पताल भर्ना भएकाहरू डिपोर्ट, मुख्य आरोपितलाई हत्याको मुद्दा लाग्ने

    कुवेत, भदौ २ – कुवेतमा भएको विषादीयुक्त रक्सी काण्डमा अस्पतालमा भर्ना भएका प्रवासीहरूलाई उपचारपछि डिपोर्ट...