News Portal

आजको राशिफल

आज चैत्र १७, २०८१ (मार्च ३०, २०२५) को राशिफल यस प्रकार रहेको छ:

हिमालीसंचार संवाददाता
२१२ पटक

आज चैत्र १७, २०८१ (मार्च ३०, २०२५) को राशिफल यस प्रकार रहेको छ:

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ):

आज तपाईंले आँटेको कार्य समयमा सम्पादन गर्न सक्नुहुनेछ। घरपरिवारमा तपाईंभन्दा सानाको साथ र सहयोग मिल्नेछ, जसले आत्मविश्वासमा वृद्धि हुनेछ। (शुभ रङ्ग: पहेँलो, शुभ अंक: १)

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो):

विवादास्पद मामिलाहरू सुल्झिन सक्छन्। घरपरिवारबाट सोचे जस्तो सहयोग नमिल्ला, तर नयाँ नोकरीमा सफलता मिल्ने योग छ। व्यापार व्यवसायमा पनि राम्रै लाभ मिल्नेछ। (शुभ रङ्ग: गुलाबी, शुभ अंक: ३)

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा):

सामाजिक दायित्व निर्वाह गर्नुपर्ने समय छ। धर्म वा आस्थामा रुचि बढ्नेछ। युवा वर्गहरूलाई शुभचिन्तकहरूबाट भविष्यका विषयमा प्रभावकारी मार्गदर्शन मिल्नेछ। (शुभ रङ्ग: हरियो, शुभ अंक: १)

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो):

वैदेशिक रोजगारमा सफलता मिल्नेछ। उच्च शिक्षाका लागि नयाँ अवसरहरू प्राप्त हुनेछन्। अवसरवादीहरूबाट सावधान रहनुहोस् र स्वास्थ्यमा खानपानको विशेष ध्यान दिनुहोस्। (शुभ रङ्ग: सेतो, शुभ अंक: २)

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे):

घरपरिवारसँग रमाइलो समय बित्नेछ। अरूका लागि बुद्धि र श्रम खर्च गर्नुपर्ने हुन सक्छ। आर्थिक पक्ष सुदृढ रहनेछ। परिस्थिति आफ्नो अनुकूल बनाउन प्रयास गर्नुहोस्। (शुभ रङ्ग: रातो, शुभ अंक: ५)

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो):

व्यापार व्यवसायमा पिताको साथ सहयोग मिल्नेछ। अधिकारी वर्गहरूबाट प्रशंसा पाइनेछ र नयाँ कार्य प्रारम्भ गर्न उपयुक्त समय छ। आर्थिक कारोबारमा नयाँ प्रस्तावहरूबाट लाभ मिल्नेछ। (शुभ रङ्ग: नीलो, शुभ अंक: ४)

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते):

विद्यार्थीहरूको तर्क शक्तिमा वृद्धि हुनेछ र अध्ययनमा मन लाग्नेछ। व्यापार व्यवसाय सम्बन्धी यात्राहरू लाभदायक रहनेछन्। मेहनतको उचित मूल्याङ्कन हुनेछ। (शुभ रङ्ग: गुलाबी, शुभ अंक: ७)

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु):

कार्य क्षेत्रमा सकारात्मक ऊर्जाले दिनको सुरुवात गर्नुहोस्। नोकरी वा पेसामा चुनौतीहरूको सामना गर्नुपर्ने हुन सक्छ। कामको अतिरिक्त दबाब रहनेछ। घरेलु काममा सावधानी अपनाउनुहोस्। (शुभ रङ्ग: खैरो, शुभ अंक: ९)

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे):

महत्त्वपूर्ण कार्यमा अस्तव्यस्त रहने समय छ। परिस्थितिवश अरूका लागि श्रम खर्च गर्नुपर्ने हुन सक्छ। साझेदारी व्यापारबाट लाभ मिल्नेछ। दाम्पत्य जीवन सुमधुर रहनेछ। (शुभ रङ्ग: हरियो, शुभ अंक: ३)

मकर (भो, जा, जि, जु, जे, जो, ख, खि, खु, खे, खो, गा, गि):

कार्य क्षेत्रमा विरोधीहरूले तपाईंको कार्यमा प्रश्न तथा प्रतिकार गर्न सक्छन्। सफलताका लागि समयानुकूल चल्ने प्रयास गर्नुहोस्। स्वास्थ्यमा खानपानको विशेष ध्यान दिनुहोस्। (शुभ रङ्ग: पहेँलो, शुभ अंक: ८)

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा):

साहित्य वा कलाको क्षेत्रमा रुचि बढ्नेछ। विद्यार्थीहरूलाई नयाँ कुरा सिक्ने अवसर मिल्नेछ। अरूलाई सुझाव दिँदा विचार गर्नुहोस्। मित्रहरूको सहयोगले अप्ठ्यारा परिस्थितिहरूबाट छुटकारा पाउन सकिन्छ। (शुभ रङ्ग: सुन्तला, शुभ अंक: २)

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि):

रमाइलो जमघटमा स्वादिष्ट भोजनको आनन्द मिल्नेछ। व्यापार व्यवसाय वा राजनीतिक क्षेत्रमा नयाँ नेतृत्व निर्वाह गर्ने अवसर मिल्न सक्छ। अध्ययनमा प्रगति हुनेछ। (शुभ रङ्ग: नीलो, शुभ अंक: ८)

तपाईंको दिन शुभ रहोस्!

प्रतिकृया दिनुहोस्

पैदलयात्रीमाथि आक्रमण गर्ने कार चालक पक्राउ

काठमाडौं, फागुन ५ – काठमाडौंमा पैदलयात्रीमाथि मुक्का हानेको आरोपमा एक कार चालकलाई ट्राफिक प्रहरीले पक्राउ...

दुर्गा प्रसाईंलाई चार दिन हिरासतमा राख्न अनुमति

काठमाडौं, ५ फागुन — निर्वाचनसँग सम्बन्धित अफवाह फैलाएको आरोपमा मेडिकल व्यवसायी र ‘राष्ट्र, राष्ट्रियता, धर्म,...

पैदलयात्रीमाथि हातपात गर्ने चालकको खोजी तीव्र

काठमाडौं, फागुन ६ — सामाजिक सञ्जालमा भाइरल भएको एक भिडियोका आधारमा पैदलयात्रीमाथि कुटपिट गर्ने कार...

चितवन–३ मा सोविता गौतमलाई अघि सार्नु पार्टीको सामूहिक निर्णय : लामिछाने

चितवन, ५ फागुन — राष्ट्रिय स्वतन्त्र पार्टी का सभापति रवि लामिछाने ले सोविता गौतमलाई चितवन–३...

अफवाह प्रकरणमा दुर्गा प्रसाईंविरुद्ध म्याद थपको तयारी

काठमाडौं, ५ फागुन — निर्वाचनसम्बन्धी भ्रामक अभिव्यक्ति दिएको आरोपमा मेडिकल व्यवसायी तथा ‘राष्ट्र, राष्ट्रियता, धर्म,...