News Portal

कुलमान घिसिङलाई हटाएको विषयमा प्रधानमन्त्रीको स्पष्टीकरण माग

नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई पदच्युत गरेको विषयमा विपक्षी दलहरूले प्रधानमन्त्री केपी शर्मा ओलीसँग स्पष्टिकरण माग गरेका छन्।

संगीता गुरुङ
२५४ पटक

चैत्र १३, काठमाडौं – नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई पदच्युत गरेको विषयमा विपक्षी दलहरूले प्रधानमन्त्री केपी शर्मा ओलीसँग स्पष्टिकरण माग गरेका छन्।

बुधबार बसेको प्रतिनिधि सभा बैठकमा विपक्षी सांसदहरूले सरकारको निर्णयप्रति गम्भीर आपत्ति जनाउँदै प्रधानमन्त्रीले संसदमा आएर स्पष्टीकरण दिनुपर्ने अडान राखेका हुन्।

बैठक सुरु भएपछि विपक्षी सांसदहरू एकसाथ उठेर संसद अवरुद्ध गरे। त्यसपछि सभामुख देवराज घिमिरेले माओवादी केन्द्रका सांसद शक्तिबहादुर बस्नेतलाई बोल्ने अवसर दिए।

सांसद बस्नेतले सरकारको कदमलाई आलोचना गर्दै भने, “हामी यो निर्णय फिर्ता हुनुपर्छ भन्ने चाहन्छौं। प्रधानमन्त्रीले संसदमा उपस्थित भएर यसबारे स्पष्टिकरण दिनुपर्छ।”

उनले प्रधानमन्त्रीले जवाफ नदिएसम्म संसद सञ्चालन हुन नदिने चेतावनी पनि दिए।

कुलमान घिसिङलाई हटाउने निर्णयप्रति जनस्तरमा व्यापक असन्तुष्टि छ। लोडसेडिङ अन्त्यमा ऐतिहासिक भूमिका खेलेका घिसिङलाई हटाउनु सरकारको अन्यायपूर्ण र राजनीतिक पूर्वाग्रहयुक्त कदम भएको भन्दै विपक्षी दलहरूले कडा आपत्ति जनाएका छन्।

प्रतिकृया दिनुहोस्

आज २०८३ साल वैशाख ७ गतेको राशिफल

आज वैशाख ७, २०८३ ( अप्रिल २०, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

भुटानी शरणार्थी समस्या समाधानका लागि सरकारसँग सक्रिय पहलको माग

लन्डन, वैशाख ६ — भुटानी शरणार्थी समस्या दीर्घकालीन रूपमा टुंग्याउन र भुटानमा रहेका नेपालीभाषी राजनीतिक...

अबैध रूपमा खोला उत्खनन, नगरपालिका मौन

मोरङ, वैशाख ६/रविन्द्र बराल – मोरङको रतुवामाई नगरपालिका–५ स्थित रतीलाल टोल नजिक रहेको बक्राहा खोलामा अवैध...

भोलिदेखि गोरखाका सामुदायिक विद्यालय सञ्चालनमा आउने

गोरखा, वैशाख ६ — गोरखा जिल्लाका सामुदायिक विद्यालयहरुमा भोलि सोमबारदेखि पठनपाठन सुरु गरिने भएको छ।...

आज २०८३ साल वैशाख ६ गतेको राशिफल

आज वैशाख ६, २०८३ ( अप्रिल १९, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...