News Portal

कुलमान घिसिङलाई हटाएको विषयमा प्रधानमन्त्रीको स्पष्टीकरण माग

नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई पदच्युत गरेको विषयमा विपक्षी दलहरूले प्रधानमन्त्री केपी शर्मा ओलीसँग स्पष्टिकरण माग गरेका छन्।

संगीता गुरुङ
२०२ पटक

चैत्र १३, काठमाडौं – नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई पदच्युत गरेको विषयमा विपक्षी दलहरूले प्रधानमन्त्री केपी शर्मा ओलीसँग स्पष्टिकरण माग गरेका छन्।

बुधबार बसेको प्रतिनिधि सभा बैठकमा विपक्षी सांसदहरूले सरकारको निर्णयप्रति गम्भीर आपत्ति जनाउँदै प्रधानमन्त्रीले संसदमा आएर स्पष्टीकरण दिनुपर्ने अडान राखेका हुन्।

बैठक सुरु भएपछि विपक्षी सांसदहरू एकसाथ उठेर संसद अवरुद्ध गरे। त्यसपछि सभामुख देवराज घिमिरेले माओवादी केन्द्रका सांसद शक्तिबहादुर बस्नेतलाई बोल्ने अवसर दिए।

सांसद बस्नेतले सरकारको कदमलाई आलोचना गर्दै भने, “हामी यो निर्णय फिर्ता हुनुपर्छ भन्ने चाहन्छौं। प्रधानमन्त्रीले संसदमा उपस्थित भएर यसबारे स्पष्टिकरण दिनुपर्छ।”

उनले प्रधानमन्त्रीले जवाफ नदिएसम्म संसद सञ्चालन हुन नदिने चेतावनी पनि दिए।

कुलमान घिसिङलाई हटाउने निर्णयप्रति जनस्तरमा व्यापक असन्तुष्टि छ। लोडसेडिङ अन्त्यमा ऐतिहासिक भूमिका खेलेका घिसिङलाई हटाउनु सरकारको अन्यायपूर्ण र राजनीतिक पूर्वाग्रहयुक्त कदम भएको भन्दै विपक्षी दलहरूले कडा आपत्ति जनाएका छन्।

प्रतिकृया दिनुहोस्

प्रतिनिधिसभा निर्वाचनमा कांग्रेस–एमाले चुनावी गठबन्धनको तयारी, सिट बाँडफाँटमा गहन गृहकार्य

काठमाडौं– राष्ट्रियसभा निर्वाचनमा प्रमुख दलबीच बनेको गठबन्धनलाई निरन्तरता दिँदै प्रतिनिधिसभा सदस्य निर्वाचनमा पनि चुनावी गठबन्धन...

आज २०८२ साल पुष २५ गतेको राशिफल

आज पुष २५, २०८२ (जनवरी ९, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

आदर्श मावि रंगेलीले ४१औँ वार्षिक उत्सव मनाउँदै

रविन्द्र बराल/ मोरङ, पुष २४ – मोरङको रंगेली–७ मा रहेको आदर्श माध्यमिक विद्यालय रंगेलीले आफ्नो...

रुपन्देहीमा मोटरसाइकल ठोक्किँदा एकको मृत्यु, तीन घाइते

रुपन्देही, पुष २४ – रुपन्देहीको तिलोत्तमा नगरपालिका-२, तपाहा लाइनमा बिहीबार दिउँसो दुई वटा मोटरसाइकल ठोक्किँदा...

बालेन शाह–सुदन गुरुङबीच ज्वागलमा अनौपचारिक छलफल

काठमाडौं, पुस २४ – काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह र काउन्सिल अफ दी जेनजीका अगुवा...